काठमाडौं- नेपाली कांग्रेस रूपन्देहीले प्रदेश ५ को स्थायी राजधानीका विषयमा सरकारले शुक्रबार संसदको बैठकमा पेश गरेको प्रस्तावको विरूद्धमा सडक आन्दोलन गर्ने जनाएको छ।
शुक्रबार एक विज्ञप्ति निकाल्दै रुपन्देही कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाकले संसदीय मर्यादाविपरीत र बहुसंख्यक जनताको भावनालाई कुल्चिँदै गरेको प्रस्तावले स्तब्ध बनाएको भन्दै प्रस्तावको विरूद्धमा कडा आन्दोलन सञ्चालन गर्ने जनाएका हुन्।
‘संसदीय मर्यादाविपरीत विपक्षी सांसदहरूसँग बिना कुनै छलफल र बहुसंख्यक जनताको भावनालाई कुल्चिँदै गरिएको प्रस्तावले हामीलाई निकै स्तब्ध र मर्माहत बनाएको छ‚’ विज्ञप्तिमा भनिएको छ‚ ‘यस्तो प्रस्तावको खिलाफमा कडाभन्दा कडा खालका आन्दोलनहरू संचालन गर्ने जानकारी समेत दिन चाहन्छौं।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।