काठमाडौं- मदन पुरस्कार विजेता लेखक विजयकुमारको दोस्रो कृति सम्बन्धहरू बिहीबार सार्वजनिक गरिएको छ। यो पुस्तक अस्ट्रेलिया र न्युजिल्यान्डमा भने केही दिनअघि सार्वजनिक गरिएको थियो।
कोभिड–१९ को बढ्दो संक्रमण, लकडाउन, निषेधाज्ञाजस्ता कठिन परिस्थितिलाई आत्मसात् गर्दै औपचारिक कार्यक्रम नगरी पुस्तक बजारमा पठाइएको फाइनप्रिन्टका सहसंस्थापक निरज भारीले बताए।
'जीवनको अस्थायीपनको किताब हो, सम्बन्धहरू। अनित्य र क्षणिकताबीच पनि प्रेम, साहस र अमरत्वको खोज हो, यो कृति। मदन पुरस्कारप्राप्त लेखकको यो दोस्रो कृति सिर्जनात्मक गैरआख्यान शैलीमा बुनिएको एक बेजोड रचना हो,' भारीले भनेका छन्।
पुस्तकको मूल्य ४९८ रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।