• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन ६, २०८३ Wed, Jul 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पुरस्कारमा नांगिएका समाजका किस्सा र सन्दर्भ

64x64
पदम गौतम शुक्रबार, असोज १६, २०७७  ०७:५४
1140x725

ज्ञानेन्द्र शाह राजा भएपछि मुलुकमा राजनीतिक क्षेत्रजस्तै सामाजिक क्षेत्रका मान्छेको पनि मूल्य, मान्यता र निष्ठामा खुलेरै कमी आउन थाल्यो। लोभीपापीको संख्या बढ्दै गयो। नयाँ राजा र तिनका आसेपासेको चाकडी गर्न राजनीतिज्ञ मात्र हैन, राजनीतिलाई अर्ती, उपदेश दिने सिर्जना क्षेत्रका मान्छे पनि धेरै देखिए।

प्रजातन्त्रवादी भनेर बहुदलकालमा चिनिएका केही लेखकहरु ‘श्री ५ पारस की जय’ भन्दै उनको जन्मोत्सवमा कविता पढेर पारिश्रमिक लिन दौडिए। केही वामपन्थी नामको ‘ट्याग’ लागेका मान्छेहरु पनि थिए, त्यस हुलमा। विगतमा वाम वा कांग्रेस कित्तामा रहेको बताउने तिनीहरु त्यो संकट आउँदै गरेको समयमा फुत्त उफ्रिए, राजा र युवराजको जन्मोत्सवलाई राष्ट्रिय पर्व स्वीकार गर्न थाले। तिनका लागि सत्ताको रासबाट चुहिएको चारआना, आठआनाप्रतिको लोभ निकै ठूलो भयो। आफ्नो लेखनको दिशा र त्यसले इंगित गरेको समाज तिनले बिर्सिए। संकटको समयमा नै मान्छेको पहिचान हुन्छ भन्ने कुरा सत्य हुँदै थियो, त्यो समयमा। हाम्रा आँखै अगाडि वामपन्थी र प्रजातन्त्रवादी भनिनेहरु क्रमशः खुइलिँदै थिए, तिनको संख्या बढ्दै थियो। 

यही अवस्थामा एक दिन साहित्य क्षेत्रका पुरस्कारले यही क्षेत्रका मान्छेलाई कसरी नचाएको छ भन्दै हाम्रो अनामनगरस्थित ‘गोलमेच’मा बहस सुरु भयो। ‘गोलमेच’ नामको अनलाइनपछि केही समय चलाइए पनि सुरुमा त्यो चिया गफमा सिर्जनशील कुरा गर्ने र रमाइलोसँग वैचारिक छलफल गर्ने थलो थियो। बहसमा अग्रजहरु दाहाल यज्ञनिधि र रघु मैनालीले एउटा पुरस्कार खोलेर त्यसका लागि निवेदन मागेर समाजको मनोदशालाई राम्ररी पढ्ने प्रस्ताव गरे। दाहाल यज्ञनिधि आफूले विगतमा साहित्य संसार कार्यक्रममा निकै माया गरेर अघि बढाएको एउटा पुस्ता नै निष्ठा र चेतना बिर्सिएर उल्टो बाटो हिँडेकोमा निकै नै चिन्तित थिए। मैले पुरस्कारका कारण समाजको उल्टो चेतना सार्वजनिक गर्न त्यति धेरै मेहनत गर्नु नपर्ने भन्दै अर्को सजिलो सुझाव दिएँ।

हाम्रा आँखै अगाडि वामपन्थी र प्रजातन्त्रवादी भनिनेहरु क्रमशः खुइलिँदै थिए, तिनको संख्या बढ्दै थियो।

‘केही काल्पनिक पुरस्कार घोषणा गरेर हेरौं न, सबैभन्दा धेरै पुरस्कारको लोभ गर्ने व्यक्तिलाई छानौं। त्यसले हाम्रो साहित्य र संस्कृति क्षेत्रको मानसिकता पढ्न मद्दत गर्छ।’ मेरो प्रस्ताव सबैले मन पराए। त्यस दिन अर्को दिनको बैठकले कसलाई के नामको काल्पनिक पुरस्कार कसलाई दिने भन्ने बिषयमा टुंगो लगाउने निर्णय गर्‍यो। तर, हाम्रो सर्कलका एक जना साथी चन्द्रकुमार (परिवर्तित नाम) ले त्यसलाई आफ्नै ढंगले हतारमा प्रयोग गरिहाले। 

उनले त्यही साँझ एक विज्ञप्ति निकालेर हाम्रै छिमलको पुरस्कारमा अलिक लोभी साथी पहाडकुमार (परिवर्तित नाम)लाई एउटा पुरस्कार अर्पण गरेछन्। पुरस्कारको नाम कहिल्यै नसुनिएको लगनकुमारी साहित्य पुरस्कार थियो। त्यो विज्ञप्तिको भाव अहिले सम्झनामा भएसम्म यस्तो किसिमको थियो-

हरेक वर्ष सक्रिय कवि, लेखकलाई प्रदान गरिने लगनकुमारी स्मृति पुरस्कार यो वर्ष सक्रिय युवा लेखक तथा कवि श्री पहाडकुमारलाई प्रदान गरिने भएको छ।

उहाँले साहित्य लेखनका अतिरिक्त दौडधूपमा पनि सक्रियता देखाएर नेपाली साहित्यको श्रीवृद्धिका लागि गर्नुभएको योगदानका लागि यो पुरस्कार प्रदान गरिएको संस्थाको मुख्य कार्यालय धनकुटा स्पष्ट पार्न चाहन्छु।

nimb
nimb
Ncell 2
Ncell 2

अन्त्यमा भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन्।

व्यंग्य शैलीको यो विज्ञप्ति केही पत्रिकामा समाचार बनेर छापियो। दौडधूपमा पनि सक्रिय ती लेखकले पुरस्कार पाएपछि त्यो समाचार आफैं पनि अन्यत्र छपाए। अझ धेरै अखबारमा समाचार छापियो। त्यो चरण सकिएपछि उनले एक दिन अचानक आफैंलाई सोधेछन्, ‘पुरस्कार त पाइयो तर कहिले दिने, कसले दिने भन्ने टुंगो छैन। अब कता बुझ्ने?’ यो छटपटी समाधान गर्नका लागि पुरस्कृत लेखकले अब धनकुटाको सेरोफेरो बुझेको अर्को लेखकलाई सम्पर्क गरे। पहाडबहादुरले सम्पर्क गरेका लेखकले त्यस्तो नामको पुरस्कार धनकुटा त के पूर्वमै नभएको जवाफ दिएछन्। 

‘तिमी धेरै पुरस्कारका पछाडि लाग्थ्यौ, कसैले तिमीलाई बेवकुफ बनायो। त्यो काल्पनिक पुरस्कार हो। अब ढुक्कसँग घरमा सुतेर बस!’ धनकुटे लेखकले यस्तो जवाफ दिएपछि बल्ल ती युवा लेखक, कवि छाँगाबाट खसेझैं भए।

 मोदनाथले अहिले भन्दा झण्डै तीन दशक अगाडि विवादास्पद व्यक्तिले राखेका विवादास्पद पुरस्कार लिएर समाजका हरेक व्यक्ति लोभीपापी छन् भन्ने भाष्य स्थापित गरेका थिए। 

हामी नयाँ, पुराना सबै छिमलका सर्जकहरु मिलेर यस्ता सिर्जनशील उट्पट्याङ् पनि गर्थ्याैं। तर, हाम्रा ‘हरकत’हरु समाजमा एउटा सकारात्मक परिवर्तनका लागि थिए। हामी प्रजातन्त्रवादका नाममा रातारात राजा भएका ज्ञानेन्द्रलाई प्राविधिक राजा मात्र मान्थ्यौं। ०४६ सालमा बहुदल आउनासाथ मोदनाथ प्रश्रितको नेतृत्वमा भएको उल्टो परिवर्तनले वामपन्थी वृत्तमा नैतिक मूल्य र मान्यता ह्रास ल्याउन ठूलो भूमिका खेलेको हाम्रो ठहर थियो। मोदनाथले अहिले भन्दा झण्डै तीन दशक अगाडि विवादास्पद व्यक्तिले राखेका विवादास्पद पुरस्कार लिएर समाजका हरेक व्यक्ति लोभीपापी छन् भन्ने भाष्य स्थापित गरेका थिए। त्यसअघि नै ‘गौंथलीको गुँड’ नामको घर बनाएर उनले द्रव्यमोहमा फसेको पहिलो वामपन्थीको उपाधि पाइसकेका थिए।

यहाँनेर एउटा कुरामा म प्रष्ट हुन चाहन्छु, कसैले घर बनाउनु अपराध हैन। तर, प्रजातन्त्र आउनुअघि साथमा केही नभएको मान्छेले कसरी एकाएक काठमाडौंमा घर बनाउन सक्छ? त्यस समयमा प्रश्रितमाथि उठेको प्रश्न पनि यही थियो। पार्टीभित्र र बाहिर निकै पेचिलो बनेको यो प्रश्नको जवाफमा प्रश्रितले पार्टी निकट एक साप्ताहिकमा लामो जवाफ दिए। तर, त्यो जवाफ खुलारुपमा अवसरवादको सैद्दान्तिकीकरण गर्ने कार्यपत्र मात्र बन्यो।

त्यसलगत्तै प्रश्रितले तिनै व्यापारीले थापेका विवादास्पद पुरस्कार पनि लिए। विवादास्पद व्यापारीले नै आफूले थप रकम पनि घर बनाउन सहयोग गरेको भन्दै खुलेर भनेपछि नैतिकता भन्ने कुरा प्रश्रित र वाम सांस्कृतिक फाँटमा मिथकमात्र बन्न पुग्यो। त्यो घरको रचनागर्भको नयाँ भाष्य ‘अब जति पनि र जताबाट पनि मिलाएर खाए हुन्छ’ भन्ने भयो। त्यसलाई सांस्कृतिक परिवर्तनको वकालत गर्ने एमालेले लाहाछाप लगाएसँगै नैतिक पतन र द्रब्यमोह पछ्याउने ठूलो हुल समाजमा देखा पर्‍यो।

कामरेड प्रश्रितको योगदान हाम्रो पुस्तालाई वाम चेतनामा ल्याएर कलिलैमा क्रान्तिप्रेमी बनाउनमा जति छ, त्यसभन्दा बढी नेपाली समाजलाई अहिलेको स्तरको बनाउनुमा छ।

तिनै समूहका मान्छेले पार्टी अनि विस्तारै राजनीति, साहित्य, कला र अर्थतन्त्र कब्जा गरे। अहिले प्रश्रितको पक्षमा आँखा चिम्लिएर बोल्नेहरु यही स्कुलिङ्‌का कार्यकर्ता हुन्। त्यही समयदेखि   खस्किँदो मूल्यमान्यताका कुरा उठाउनेहरु देशको मूलधारबाट गायब भए, अहिलेसम्म गायब नै छन्। यसर्थ पनि कामरेड प्रश्रितको योगदान हाम्रो पुस्तालाई वाम चेतनामा ल्याएर कलिलैमा क्रान्तिप्रेमी बनाउनमा जति छ, त्यसभन्दा बढी नेपाली समाजलाई अहिलेको स्तरको बनाउनुमा छ। 

पुरस्कारसँग जोडिएको लेखकका मित्रमण्डली मध्येकै अर्को उदाहरण यहाँनेर प्रस्तुत गर्न चाहन्छु। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष असार दोस्रो साता कविता महोत्सवका नाममा कविता प्रतियोगिता गर्थ्यो। ०५३ सालमा हुनुपर्छ, मेरा साथी कवि शशी लुमुम्बुले कला राईका नाममा कविता पठाए।

वाचनका समयमा उनी अनुपस्थित भए पनि कविता पुरस्कृत भयो। तर, उनलाई पुरस्कार दिइएन। कविता फाँट हेर्ने तत्कालीन प्राज्ञले जवाफ दिए, ‘यो पुरस्कार त महिला कवियित्रीको कोटालाई पो दिइएको त!’

राज्यको नागरिक भएर पनि सांस्कृतिक फाँटका मान्छेहरुको कुनै न कुनै समूहले किन यसरी वितृष्णा देखाउँदै अराजक भएर विरोध गरिरहन्छन्?

त्यही समयदेखि हामी केही युवाहरु सरकारी पुरस्कारको विपक्षमा लाग्यौं। मेरा साथीहरु राजन मुकारुङ् र हाङ्युग अज्ञातले त ०५६ सालमा एकेडमीको कार्यक्रमकै दिन समानान्तर प्रतियोगिता आयोजना नै गरेका थिए। यो काम पुरस्कार नामका बासी चलनलाई निरन्तरता दिने कामको विरुद्ध गरिएको थियो। धेरै कविहरुले पुरस्कार बहिस्कारको नारा लगाए, प्रतियोगितामा भाग लिएनन्। यस्ता अभियानका पछाडिको मानसिकता चर्चामा आउनका लागि मात्र थिएन, गलत संस्कारबाट विद्रोह थियो। 

यहाँनेर एउटा प्रश्न उठ्छ, राज्यको नागरिक भएर पनि सांस्कृतिक फाँटका मान्छेहरुको कुनै न कुनै समूहले किन यसरी वितृष्णा देखाउँदै अराजक भएर विरोध गरिरहन्छन्? यसमा समाजशास्त्रीहरुको वर्षौंदेखिको अध्ययनले केही देखाउला, अर्थशास्त्रीहरुको समूहले अर्कै देखाउला। तर, जसरी राजनीतिप्रति जनतामा चरम असन्तुष्टि छ, त्यसरी नै सिर्जनात्मक फाँटका निजी वा सरकारी पुरस्कार सबैजसो विवादास्पद छन्। सरकारी पुरस्कार एउटा ढर्रा र स्तुतीको परम्पराबाट बाहिरिन सकेका छैनन्।

निवेदन दिएर, सिफारिस गराएर लिइने त्यस्ता पुरस्कारबारे राज्यकोषको दुरुपयोग गरेको बाहेक अन्य टिप्पणी आवश्यक पनि देखिँदैन। यस्तै राज्य सञ्चालक जीवित रहेसम्म, यही संयन्त्रमा ती जनमुखी र निश्पक्ष बन्ने संभावना पनि छैन। तिनले हिजो देवकोटालाई मात्र महान कवि देखे, आज बल्ल माधव घिमिरेसम्म आइपुगेका छन्। अझै गोपालप्रसाद रिमाललाई नचिन्नेहरुले अहिलेको चेतना र चिन्तन बुझ्न अर्को जुनी नै लिनुपर्छ। सरकारी पुरस्कारबारे यति नै काफी होला।

यहाँनेर निजी क्षेत्रबाट स्थापित भएर चर्चित् (प्रतिष्ठित हैन) भएका पुरस्कारबारे थोरै टिप्पणी गर्नुपर्ने हुन्छ। त्यसका लागि कवि विमल निभाको एउटा व्यंग्यात्मक विश्लेषण स्मरण गर्दा सान्दर्भिक नै हुन्छ। ०५४ सालमा प्रतिपक्ष साप्ताहिकमा काम गर्दा निभा प्रधान सम्पादक थिए भने यो पंक्तिकार प्रमुख संवाददाता। एक दिन कुराकानीका क्रममा कवि निभाले भनेका थिए, ‘हाम्रा पुरस्कारहरु गोलो घेराशैलीका छन्। एउटाले अर्कोलाई, अर्कोले अर्कोलाई र त्यो अर्कोलाई अर्कोले दिएर त्यही सर्कलमा घुम्छन्। केटाकेटीले बल पास खेलेजस्तो।’

जसरी राजनीतिप्रति जनतामा चरम असन्तुष्टि छ, त्यसरी नै सिर्जनात्मक फाँटका निजी वा सरकारी पुरस्कार सबैजसो विवादास्पद छन्। सरकारी पुरस्कार एउटा ढर्रा र स्तुतीको परम्पराबाट बाहिरिन सकेका छैनन्।

कवि निभाको करिब २३ बर्ष अघिको यो टिप्पणीको सन्दर्भ अझै छ। अहिले निजी क्षेत्रका धेरै पुरस्कारहरु यही शैलीले बाँडिन्छन्। पुरस्कारलाई सम्मान हैन, सापटी र दायित्वको रुपमा दिइन्छ। नेपालका केही पुरस्कारहरु सर्कल बाहिर भनसुनले पनि दिइन्छन्। त्यसका लागि प्रापकले निकै ठूलो चाकडी र गुटको तालमेल चाहिँ मिलाउनुपर्ने हुन्छ। केही पुरस्कार चाहिँ ठूलाबडालाई अर्पण गरेर दिने संस्था स्थापित गराइन्छन्। विगत डेढ दशकयता देखिएको माधव घिमिरे र सत्यमोहन जोशीलाई हप्तैपिच्छे पुरस्कार अर्पण गर्नेहरुको लस्करले यही कुराको पुष्टि गर्छ।

यो पंक्तिकारले सन् २०१३ मा एउटा कविता लेखेर एक हजार अमेरिकी डलरको पुरस्कार पाएको थियो। त्यसबारे अहिले लेख्नु उपयुक्त नहोला, भविष्यमा गतिलै आलेख बन्ला। तर, अनुभव के रह्यो भने दौडधूप नगरी पुरस्कार पाइयो भने त्यसको रकमले थोरै भए पनि आर्थिक सहयोग हुनेरहेछ। बस्, त्यसभन्दा बढी पुरस्कारको महत्व केही देखिएन। न ती आयोजकले अहिले मेरा कविता पढ्छन्, न मैले तिनको नाम र काम नै याद गरेको छु। यही सन्दर्भमा हेर्दा अहिले नेपाली साहित्यमा थोरै भए पनि पाठक बढेका छन्।

एउटा ढर्राभित्र बसेर लेखेमा ‘राम्रो’ लेखेर मात्र पनि बाँच्ने अवस्था छ। त्यसैले हर्कमाया, दिलबहादुर, लगनकुमारी या यस्ता पुरस्कारलाई असल सर्जकले बढी महत्व दिइरहनु जरुरी छैन। जसलाई दिने हो दिन्छन्, पाउनेले केही महिना आरामसँग खर्च गर्छ। हामीलाई इज्जतसाथ दिए लिऊँ, नदिए तिनका ब्रह्मले जसलाई महान देख्छ, उसैलाई दिन्छन्। हामी सकेसम्म राम्रो लेखौं, बाहिरी जगतको फराकिलो संसार पनि पढौं। पाठकलाई खुसी पार्न चाहने र सक्नेले त्यहीअनुसार लेखौं र कमाऔं। नसक्ने र आफ्नो लागि लेख्नेले त्यहीअनुसार लेखेर इतिहासका लागि साँचौंं। तर, आत्मरतिका निजी पुरस्कार र त्यसका साहुजी अनि तिनका ग्राहकमाथि धेरै समय खर्च नगरौं न, है!

(कवि तथा पूर्वपत्रकार गौतमलाई  ट्वीटरमा भेट्न सकिन्छ)

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  ०७:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पदम गौतम
लेखकबाट थप
किन यस्ता भए नेपालका वामपन्थीहरू?
'विश्रामपुर'का दुई अंश : 'नखानेलाई अण्डा, भोकालाई टमाटर' र 'माई किनारका वामे दाइ'
ओलीको अन्तर्वार्ता र अबको बाटो 
सम्बन्धित सामग्री
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
ताजा समाचारसबै
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु बुधबार, साउन ६, २०८३
जम्मू–कश्मिरमा अमरनाथ यात्रा सुरक्षामा खटिएका प्रहरीमाथि आतंकवादी हमला, एक प्रहरीको हत्या बुधबार, साउन ६, २०८३
निजी स्वास्थ्य र शिक्षाको ‘समता कर’ हटाउने मन्त्रिपरिषदको निर्णय बुधबार, साउन ६, २०८३
आत्मदाहबाट ज्यान गुमाएका गणेश नेपालीको घटनामा सरकारले बनायो छानबिन समिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
एमालेसँगको सहकार्य अघि बढिसक्यो : प्रचण्ड मंगलबार, साउन ५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णयहरू बुधबार, साउन ६, २०८३
विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल मंगलबार, साउन ५, २०८३
जम्मू–कश्मिरमा अमरनाथ यात्रा सुरक्षामा खटिएका प्रहरीमाथि आतंकवादी हमला, एक प्रहरीको हत्या बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्