मेरो आत्मा चिच्याई रह्याे,
मुख बन्द गर्याे।
नराम्ररी कस्याे उसले,
शरीर मेरो नांगाे बनायो।
एकान्त अँध्यारोमा,
तानेर मेरो शरीर
नंग्राहरु घुमाउन थाल्यो।
विरोध गरेँ कति मैले,
पशु बनी लुछिरह्यो
बालापनको मेरो शरीर,
मेरो शक्ति सबै चुसिरह्यो।
वरिपरि कालो बादलले ढाक्यो
ध्यारोमा भयो।
उसको यौनेच्छाको पराकाष्ठाले,
मेरो शरी छियाछिया भयो।
खलखली पसिनाले,
शरीर मेरो भिजिरह्यो
रगतका छिटाहरु,
जमीनमा झर्दै गयो।
कोपिलामा लुटी गयो,
मेरो प्यारो बालापन।
मेरो मन जलिरह्यो,
उसको मन भरियाे।
उसको प्यास मेटियो
मेरो शरीर जीवित लास बन्यो।
पापी उसको आत्मा हाँसिरह्यो।
चित्कार मेरो कसैले सुनेन,
अँध्यारो त्याे रातमा।
मेरो सास बन्द भयो,
उसको पापी यौनक्रिडामा।
(पाल्पा स्थायी ठेगाना भएका कोइराला हाल संयुक्त अरब ईमिरेट्स (यूएई)मा बसोबास गर्छन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।