काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगममार्फत् हुनुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् नेता रावलले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा नेपाल वायुसेवा निगमले नै सञ्चालन गर्न पाउनुपर्छ।’ निजी वायु सेवा प्रदायकलाई सञ्चालनको अधिकार दिने विषय उठेपछि नेता रावलले उक्त प्रतिक्रिया जनाएका हुन्।
सरकारी स्वामित्वमा रहेको निगमबाट प्रभावकारीरूपमा भूमिस्थ सेवा सञ्चालन गर्न व्यवस्थापनमा थप सुधार गर्नुपर्ने उनले बताए। सरकारी वायु सेवा निगमलाई प्रभावकारी बनाउन साधन र उपकरणको प्रबन्ध गर्न समेत उनले सरकारलाई सुझाव दिए। हवाई सेवामा एकरूपता र स्तरोन्नतिको आवश्यकता रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।