काठमाडौं– गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले विश्वका अन्य देशहरुको तुलनामा बलत्कारका घटना चिन्ताजनक नभएको बताएका छन्।
नेपालमा पछिल्लो समय बलात्कारका घटना बढिरहँदा गृहमन्त्री थापाले संसदका राज्य व्यवस्था समितिमा विदेशको तथ्यांक प्रस्तुत गर्दै चिन्ता मान्नु नपर्ने तर्क गरे।
गृहमन्त्री थापाले विश्वका २ सयभन्दा बढी देशको तथ्याङ्क विश्लेषण गर्दा नेपालमा बलात्कारका घटनामा कमी रहेको बताए। उनले भने,‘ नेपालको स्थान पछाडिबाट हेर्दा सबा दुई सय देशमध्ये टप १५ मा रहेको छ।’
उनले सरकारले बलात्कारका घटना न्यूनीकरणमा प्रयास गरिरहेको समिति बैठकमा जानकारी गराए। छलफलमा नेपाली प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला पन्तको बलात्कार र हत्याको निष्कर्षमा छिटो पुग्नेगरी काम भइरहेको बताए। उनले घटनाको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयबाट नै अधिकृत पठाइएको जानकारी दिँदै निर्मला पन्तको अनुसन्धानमा खटिएका अधिकृत अहिले बझाङको सम्झना कामीको बलात्कार तथा हत्याको अनुसन्धानको सहयोगीका रूपमा पनि खटिएको बताए।
समाजले फौजदारी अभियोगमा मिलापत्र गर्ने पराम्पराले यस्ता घटनाहरुलाई मलजल गरेको बुझाइ नेपाल प्रहरीको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।