• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मन्त्री हेरफेरको चर्चा : नाच्न जान्दैन, आँगन टेढो

64x64
भानु बोखिम मंगलबार, असोज १३, २०७७  १७:५७
1140x725

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलको अध्यक्षतामा बनेको कार्यदलले दिएको प्रतिवेदनले नेकपाको घर झगडालाई साम्य बनाएको छ। यो पूर्ण र स्थायी उपचार भने होइन। प्रतिवेदनले 'पेनकिलर'का रुपमा काम गरेको मात्र हो। त्यही कारण अहिले नेकपा र सरकारसँग जोडिएर लामो समय चलेको दुई अध्यक्षको द्वन्द्वको ठाउँ मन्त्रीमण्डल हेरफेरको विषयले लिएको छ। 

मन्त्री हेरफेरको विषय पनि नौलो भने होइन। यो विषय स्थायी र शक्तिशाली भनिएको सरकारको विशेषताले केही नौलो बनेर देखिएको मात्र हो। मन्त्री हेरफेरको चर्चा बारम्बार चलिरहेको छ। निश्चय नै मन्त्रीहरु फेरिन सक्छन् र फेरिएका पनि छन्। तर मन्त्री हेरफेरको चर्चा बाह्रैकाल चलिरहनु चाँहि स्वाभाविक होइन। मन्त्रीको कार्यसम्पादन हेर्ने तथा त्यसको आधारमा मन्त्रीको जिम्मेवारी तथा मन्त्री नै फेर्ने काम प्रधानमन्त्रीको हो। तर के को आधारमा मन्त्रीहरु फेरिन्छन्? उनीहरुको कामको मूल्यांकन कसरी गरिन्छ?  मूल्यांकन र हेरफेर निश्पक्ष छैन भन्ने कुरा योभन्दा अघिको मन्त्रीको हेरफेरले पुष्टि गरिसकेको छ। 

विगतका मन्त्रीमा गोकर्ण विष्ट र लालबाबु पण्डितलाई तुलनात्मक रूपमा जनताले रुचाएका मन्त्री थिए। तर उनीहरू नै पहिलोपल्ट मन्त्रीमण्डल फेरिँदा जिम्मेवारीबाट बाहिरिनु पर्‍यो। जनताले प्रधानमन्त्रीले जसलाई हटाउन् भनेर चाहेका थिए, उनीहरूको मन्त्री पद थमौती भयो। उनीहरुको पद फेरि मन्त्रीहरु फेरिँदापनि रहिरहन सक्छ। मन्त्रीको हेरफेर कार्यसम्पादनको आधारमा गरिएको छैन। यसमा केही हदसम्म प्रधानमन्त्रीको तजबिजी र नेकपाका अर्का अध्यक्ष प्रचण्डको स्वार्थले काम गरेको छ। उनीहरुको स्वार्थ र तजबिजीमा कार्यसम्पादन मूल्यांकन र जनचाहनाको कुनै स्थान छैन भन्ने प्रष्ट छ। यो कुरामा प्रधानमन्त्रीले कुलमानको प्रसंगमा प्रष्ट संकेत दिइसकेका छन्। 

भर्खरै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको कार्यकाल पूरा गरेका कुलमानलाई पुनर्नियुक्ति दिनुपर्छ भन्ने जनचाहना थियो। यसको पक्षमा नेकपाका केही नेताहरु पनि थिए। तर प्रधानमन्त्रीलाई कुलमानको काम हेरेनन्। अर्कोतिर अर्का अध्यक्षसँगको द्वन्द्वको कोपभाजनमा पर्न पुगे कुलमान घिसिङ। कुलमानलाई नियुक्ति हिजो प्रचण्ड प्रधानमन्त्री हुँदा भएको थियो। यसले प्रधानमन्त्रीको लागि कुलमान राम्रो भन्ने त प्रमाणित भयो, तर हाम्रो भन्ने प्रमाणित गरेन। परिणामतः फेरि पनि कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएको हेर्ने जनताको चाहना पूरा भएन। 

प्रधानमन्त्रीको बोली उति सुन्न पाइँदैन। सुनिँदा पनि सुशासन र विकासको कुरा विरलै उठ्छन्। सधैं प्रमले प्राथमिकतामा राखेको छु भन्ने सुसाशन र विकास व्यवहारमा भने देखिएको छैन। प्रधानमन्त्रीको कथनी र करणीमा भेद भएकोले यस्तो भएको हो। यसमा दुईवटा प्रमुख कारण छन्। पहिलो प्रधानमन्त्रीको नियत अनि दोश्रोमा स्वास्थ्य। 

उनीहरुको स्वार्थ र तजबिजीमा कार्यसम्पादन मूल्यांकन र जनचाहनाको कुनै स्थान छैन भन्ने प्रष्ट छ। यो कुरामा प्रधानमन्त्रीले कुलमानको प्रसंगमा प्रष्ट संकेत दिइसकेका छन्। 

नियतको कुरा धेरै चर्चा गरिहरनु पर्दैन। प्रधानमन्त्री सुसाशन र लोकतन्त्रप्रति कति प्रतिबद्ध छन् भन्नको लागि विगतका उनका निर्णय नै काफी छन्। मन्त्रीहरु हेरफेर आफ्नो टाउको माथिको दोष पन्छ्याउने काम मात्र हो। यो भनेको नाच्न जान्दैन, आँगन टेढो मात्र हो। जो नाँच्न नजानेर लड्छ, ऊ आँगनमा खोट देखाएर आफ्नो असक्षमता लुकाउन चाहन्छ। प्रधानमन्त्रीले आफ्नो र आफ्नाको बचाउमा अरुप्रति खोट देखाउने काम प्रशस्तै गरेका छन्। आफ्नो र आफ्नाको कमजोरी औंल्याउनेप्रति प्रधानमन्त्री अति नै असहिष्णु छन्। यसमा प्रतिपक्षी दलभन्दा बढी मिडिया तारो बनेका छन्। 

अर्को समस्या भनेको प्रधानमन्त्री स्वयंको स्वास्थ्य समस्या हो। देशकै कार्यकारीले कति खट्नुपर्छ? यसको उत्तर असीमित भन्ने हुन्छ। यतिउति भनेर मापन गर्न सकिँदैन। असीमित खटाइको लागि असीमित ऊर्जा र मनोबल चाहिन्छ। निश्चय नै प्रधानमन्त्री मनोबलका खानी हुन्। प्रधानमन्त्री ओलीको मनोबलको प्रसंशा नै गर्नुपर्छ। तर मनोबल जत्तिकै शारीरिक ऊर्जा उनमा छैन र हुन पनि सक्दैन। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको तथ्य जगजाहेर छ। मिर्गौला प्रत्यारोपणले आयु थप्छ तर मानिसमा पहिलेझैं शारीरिक ऊर्जा कायम रहँदैन। र कुनैपनि कार्यकारी पदमा शारीरिक ऊर्जा पनि चाहिन्छ। शारीरिक ऊर्जाले मानसिक ऊर्जापनि प्रदान गर्छ। हाम्रो प्रधानमन्त्रीमा शारीरिक ऊर्जा अन्य नेताको तुलनामा कम छ भन्ने कुरामा जगजाहेर छ र यस्तो हुनु स्वभाविक पनि हो।  

विश्व राजनीतिको इतिहासमा सार्वजनिक पद धारण गर्ने नेताले आफ्नो स्वास्थ्य समस्या लुकाएको धेरै उदाहरण छन्। कतिपय देशमा नेताको स्वास्थ्य बारेमा सोधीखोजी वा चर्चा गर्न पनि पाइँदैन। कम्युनिस्ट देशमा नेताको स्वास्थ्य रहस्य वा गुपचुप नै रहन्छ। अफ्रिकाका कतिपय देशमा राष्ट्रपति वा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे टिकाटिप्पणी गर्नु अपराध नै हो।

समग्रमा नेताको स्वास्थ्य अवस्थालाई कति लोकतान्त्रिक राष्ट्रले नै गोप्य राख्ने गरेका छन्। भर्खरै भारतको क्याराभान म्यागेजिनले मोदी सरकारका गृहमन्त्री अमित शाह धेरै समयदेखि सार्वजनिक रुपमा नदेखिएको र उनको स्वास्थ्य स्थिति रहस्यमय भएको लेख प्रकाशित गरेको थियो। तर हाम्रा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था यस्तो रहस्यमय छैन। बस्, यस्तो बेला प्रधानमन्त्रीले के गरे राम्रो भन्ने मात्र हो। 

प्रधानमन्त्रीले सधै आफूलाई ऊर्जावान् देखाउने प्रयास गरिरहेका छन्। आफूलाई ऊर्जावान् देखाउने प्रयास भनेको आफ्नो स्वास्थ्य स्थिति सही छ भन्न खोजेको हो। तर शारीरिक अवस्था वा विरामले देखिने थकान मानिसको मुहारमा झल्किन्छ। प्रधानमन्त्रीको मुहारमा पनि थकान र अस्वस्थता देखिएको छ। निश्चय नै आफ्नो स्वास्थ्यको यथार्थ बोध प्रधानमन्त्रीले गरेका छन्। 

Xtrem

Xtrem

निश्चय नै प्रधानमन्त्री १८ घण्टा जाग्नुहोला र ६ घण्टा मात्र निदाउनु होला। तर जागै बसेको समय जति मान्छेले काम नै गर्छ भन्ने हुँदैन।

आफ्नो स्वास्थ्यको यथार्थ बोध गरेका छन् भने प्रधानमन्त्रीले यो पनि बुझ्न पर्छ कि उनले परिकल्पना गरेजति काम गर्न उनको शरीरले सक्दैन। प्रधानमन्त्री ओलीको सवालमा एक सय दैनिक १८ घण्टा खटिने कुरा चर्चामा थियो। यसलाई उनका सहयोगी,  समर्थक र आसेपासेले बहुत प्रशंसा गरे। तर यथार्थ यो हो कि एउटा शरीरले दैनिक १८ घण्टा काम गर्छ भन्दा पत्याउन मुस्किल छ।

कामको लागि प्रधानमन्त्रीको स्वास्थ्य मात्र होइन, उनको उमेरको पनि ख्याल गर्नुपर्छ। निश्चय नै प्रधानमन्त्री १८ घण्टा जाग्नुहोला र ६ घण्टा मात्र निदाउनु होला। तर जागै बसेको समय जति मान्छेले काम नै गर्छ भन्ने हुँदैन। यसरी निरन्तर काम गर्‍यो भने न त दिमागले सोच्न सक्छ न शरीरले थेग्न? त्यसैले प्रधानमन्त्रीले १८ घण्टा खटिने कुरा आफैमा अपत्यारिलो छ। 

अर्को यथार्थ के हो भने हाम्रो प्प्रधानमन्त्री अरु मान्छेले खट्ने औषत समय जति खट्न सक्दैनन्। यो यथार्थ अब ढाकछोप गरेर ढाकिनेवाला छैन। उनको जुन शारीरिक अवस्था छ, त्यो समस्या भएका मानिस देशमा अरु पनि धेरै छन्। उनीहरु कति खटिन सक्छन् वा कति गर्न सक्छन् भन्ने जगजाहेर छ। अह्रनखटन गर्न पनि ऊर्जा नै चाहिन्छ। तर त्यो ऊर्जा देखिँदैन हाम्रा प्रधानमन्त्रीमा। आफै थकित प्रधानमन्त्रीले मन्त्रीको हेरफेर गरेरमात्र सरकारले गती लिँदैन। 

मन्त्री हेरेफेर गरेर केपी ओलीले पूरै कार्यकाल प्रधानमन्त्रीमा कटाउन त सक्लान्। तर यसले उनको स्वास्थ्यमा धपेडी, देशको स्वास्थ्यमा नकरात्मक असर पर्छ। स्वास्थ्यको कारण देखाएर जापानी प्रधानमन्त्री सिञ्जो आवेले जुन कदम चाले, त्यो कदम प्रधानमन्त्री ओलीले पनि चाल्ने हो भने उनको सम्मान झन् बढाउँछ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  १७:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ बुधबार, असोज ७, २०८३
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो बुधबार, असोज ७, २०८३
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्