कस्तो जमाना!
अमूल्य सम्पत्ति मोबाइल भयो
नाताहरू यसमै कैद भए,
नेटवर्क बिना नचल्ने मोबाइल
नातासम्बन्ध पनि
मोबाइल नेटवर्ककै सहारामा चल्न थाले
कस्तो जमाना!
मोबाइल र नेटवर्क
आधारभूत आवश्यकता जस्तो भयो
बाँच्ने साहारा भयो!
कस्तो जमाना!
इन्टरनेट प्यारो भयो
इन्टरनेट छ, जे छ
इन्टरनेट छैन, केही छैन
सुनसान रातहरू प्रेमिल बन्छन् इन्टरनेटसँग
नजिक बनाउने इन्टरनेटले
लामो समय नजिक्याइरहन सक्दैन
प्रेम टिकाउन सक्दैन।
सुनसानलाई हल्लाखल्या ल्याउँछ इन्टरनेट
सबै आफूभित्रै सीमित भएका छन्
आफैंमा सबै व्यस्त छन्,
किनकी उनीहरू अनलाइन छन्।
तर संसारले देख्ने नाता मात्रै साँचो हुँदैन
अनलाइन नाता पनि मनबाट निभाइँदो पनि रहेछ,
कस्तो जमाना!
अनलाइन जीवन पो जीवन लाग्न थालेछ
अनलाइन जीवन पो रोमाञ्चक लाग्न थालेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।