complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

 खै! कहाँ छ सरकार?

निखिल गिरी आइतबार, असोज १८, २०७७  १८:०३
1140x725

विश्वका धेरै देशहरु कोरोनासँग लडिरहेका छन्। कति देशहरुले कोरोनालाई नियन्त्रणमा लिइसकेका पनि छन्। नेपाल पनि करिब ६ महिनादेखि बन्दाबन्दीमा बितेको छ। यो बीचमा लकडाउन खोलिएको पनि थियो तर बीचमा फेरि थपिएको पनि जगजाहेर नै छ।

सरकारले दिनदिनै परीक्षण क्षमता बढाएको बढाएकै भनेर दाबी गरिरहेको छ। तर परीक्षण भने बढ्न सकेको छैन। देशभरको तथ्यांकसँग तुलना गर्ने हो भने घना आवादी क्षेत्र काठमाडौं उपत्यकामा ५० प्रतिशतभन्दा बढी संक्रमित देखिन थालेका छन्। तर सरकारले परीक्षणको दायरा भने खुम्च्याएको खुम्च्याएकै छ।   

अर्कोतिर पच्चीस हजार सक्रिय कोरोना संक्रमित पुगे भने पुन: बन्दाबन्दी गर्न सरकारले सिफारिस पनि गरेको छ। यो बीचमा नेपाली जनतामा निक्कै नै उतार-चढ़ाव आइरहेका छन्, मानिसका समस्याहरु दिन प्रतिदिन बढिरहेका छन्, धेरै मानिसहरु घरवारविहीन भएका छन्। मान्छेहरु रोगले भन्दा भोकले मरिरहेका छन्। आत्महत्या दर निकै बढिरहेको छ। कति  व्यापार व्यवसाय सदाको लागि बन्द भैसके। कति व्यवसाय बन्द हुने अवस्थामा छन्। रोज़गारी भएका मानिसहरु बेरोजगार भएका छन्।

मानिसहरुका सपनाहरु चकनाचुर भएका छन्। शहरदेखी गाउँसम्म मानिसहरु तनावले मानसिक रोगी बन्ने क्रम तिव्र गतिमा बढिरहेको छ। तर जनताले पाँच वर्षको लागि अत्यधिक बहुमतले जिताएको स्थिर र शक्तिशाली सरकार जनसेवामा भने देखिएको छैन। भोट लिन फकाइतुल्याइमा उतिबेला पोख्त सरकार यतिबेला भने नागरिकका दुःखमाथि दुःख वर्षाउन जतिबेला पनि तम्तयार छ। वर्षाइरहेको पनि छ। 

यति धेरै विश्वासप्राप्त सरकारलाई नागरिकका सास्तीले कति पनि पिरोलेको छैन, कुनै तदारुकता देखिन्न। सरकारका केही मानिस कतै रूमलिएपनि यत्रो ठूलो पार्टीका कोही त नेता हुनुपर्ने नि सरकारलाई ट्र्याकमा ल्याउन। तर अहँ केही देखिएको छैन। 

यत्रतत्र सर्वत्र मपाईतन्त्र, ठालुतन्त्र, आफन्ततन्त्र मात्र। यी तन्त्रहरु लोकतन्त्र र गणतन्त्रका मूल्यवान बृहत् शब्द भएका छन्। 

नागरिकका सास्ती टुलुटुलु हेरे बस्न सक्ने सरकार कहाँ रुमलिएको छ? कहाँ अलझिएको छ? किन दोधारमा छ? किन आम नागरिक लागि सरकार भएको आभाष दिन सकेको छैन? केन्द्रदेखि स्थानीय सरकारको तालमेल गज्जबको छ। केन्द्रले गरेन हामी किन गर्ने? प्रदेशले गरेन हामी किन गर्ने? यत्रतत्र सर्वत्र मपाईतन्त्र, ठालुतन्त्र, आफन्ततन्त्र मात्र। यी तन्त्रहरु लोकतन्त्र र गणतन्त्रका मूल्यवान बृहत् शब्द भएका छन्। 

सर्वसाधारण नागरिकलाई लाग्दैन, देशमा सरकार छ, दुःख पर्दा अभिभावक छ। तर सरकारका लागि मात्र सरकार छ। मन्त्री र मन्त्रीहरूका अघिपछि लागेर हिन्ने, सामाजिक सञ्जालमा अरिंगाल बनेर पार्टीका नेताको समर्थन गर्दै विरोधीको खैरो खन्नेलाई बचेखुचेको सरकार छ। सरकार किन छ? कस्का लागि छ? नागरिकाका लागि सरकार कहाँ छ? कस्तो छ? अत्तोपत्तो छैन।

Ncell 2
Ncell 2
nimb
nimb

यो लोकतन्त्र र गणतन्त्रपछिको सरकार मात्र होइन। योभन्दा पहिलेका शासन र तन्त्रमा पनि सर्वसाधारणको लागि सरकारको आभास थिएन। नेपालमा महामारी सुरु भइसकेपछि सरकारको क्रियाकलाप सम्झिने हो भने काण्डैकाण्ड मात्र छन्।

सरकारले कोरोनाको यो महामारीका बेला समृद्धिको गफ चुट्ने बेला होइन, पहिला भोका नागरिकको पेट भर्ने बेला हो।

यो सरकारलाई जनताको चिन्ता कहिले पनि भएन। अर्काको पार्टी कसरी फुटाउने, कुर्सी कसरी बचाउने, पद कसरी बचाउने, आफ्ना मान्छेलाई ठेक्का कसरी दिने, आफ्नालाई कसरी उच्च ओहोदामा पुर्‍याउने, विभिन्न भ्रष्टाचारमा मुछिएकालाई कसरी उन्मुक्ति दिने, हारेका हरुवालाई कसरी नेतृत्व तहमा ल्याउने जस्ता कुरा मात्र सरकारको प्राथमिकतामा परे तर यही देशका नागरिक कोरोनाले भन्दा भोकले मर्न थाले को यो देशका निति निर्माता र शासकहरुले देखेनन्।

तामझामसहित टुँडिखेलमा संविधान मनाउँदै गर्दा त्यही छेउको पुरानो बसपार्कमा एक छाक खान नपाएका मानिसहरुलाई खाना वितरण हुँदै थियो। त्यो पनि कुनै सरकारी पक्षले होइन, विभिन्न सामाजिक संघसंस्था र सामाजिक अभियन्ताहरूले के त्यो दृश्यले हामी त सरकार जनताको प्रतिनिधि हो, नागरिकको अभिभावक हो भन्ने मनमा आएन होला? सामाजिक सञ्जालका ती हृदयविदारक तस्बिरले थिएन होला? 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यही अवधिमा सरकारको नेतृत्व गरिरहेको नेकपाको बैठक कैयौँ पटक बस्यो तर ती बैठकमा एक प्रतिशत पनि कोरोना नियन्त्रणको कुरा उठेन। जनताको स्वास्थ्य अवस्थाको कुरा उठेन। देश कुन अवस्था मा छ त्योबारेमा कुरा उठेन। विदेशमा नेपालीले कति दुःख पाएका छन् ती कुराले पनि ठाउँ पाएनन्। केवल गुट उपगुटका कुरा, पदका कुरा, सत्ताका कुरा, स्वार्थका कुरा, तेरो र मेरो मान्छे भन्ने कुराले मात्र स्थान पाए।

देशका प्रधानमन्त्रीले कुन दिन जनताको दुःख र पीडाको बारेमा बोल्नुभयो? कुन दिन अग्रपंक्तिमा कोरोनासँग लड्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग भेट्नु भयो? कुन अस्पतालको कुन कोरोना संक्रमितसँग भेटनु भयो? वार्तालाप गर्नु भयो? प्रधानमन्त्री मातहतका कुन मन्त्रीले आफ्नो कार्यक्षेत्रको स्वतःस्फुर्त मन्त्रीको आभाष दिने खालको के काम गर्नु भयो? 

स्वास्थ्यमन्त्रीको त कुरा गरेर साध्य नै छैन। कोरोना परीक्षण गर्न चाहने मानिस झरीमा रुझेर लाइनमा कोच्चिएर पालो पर्खिरहेका छन्। विदेशबाट फर्किनेहरू महँगो हवाईभाडा तिर्न बाध्य छन्। किसानले मल नपाएर छट्पटाइरहेका छन् कसैले माने पनि नमाने पनि यो सरकार अवसरवादी हो।

सरकारले कोरोनाको यो महामारीका बेला समृद्धिको गफ चुट्ने बेला होइन, पहिला भोका नागरिकको पेट भर्ने बेला हो। सरकार सरकार जस्तो हुनुपर्‍यो।जनभावनाको क़दर गर्ने आँट गर्नुपर्‍यो। किन यति शक्तिशाली सरकार अलोकप्रिय भइरहेको छ भनेर ध्यान दिनु पर्‍यो।

कुलमान घिसिङ, डा. गोविन्द केसीसँग नेकपाका एकपाखे समर्थक किन डराउने! राम्रो काम गर्ने हो भने भोलि नै तमाम समर्थक तपाईंहरू (सरकारको) जयजयकार गर्न माइतीघर मण्डलामा भेला हुन्छन्। सामाजिक सञ्जालभर दुई तिहाई सरकारको प्रशंसा मात्र हुन्छ। तर बिडम्बना त्यो सरकार खोई?

प्रकाशित मिति: आइतबार, असोज १८, २०७७  १८:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्