• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

डा केसीका मागमाथि चिरफार-३ : दुई वर्षअघिको सहमति किन सम्झाइयो? 

64x64
किशोर दहाल शुक्रबार, असोज ९, २०७७  १४:४६
1140x725

काठमाडौं- डा गोविन्द केसीले आफ्नो १९औं अनसन सुरु गरेको शुक्रबार १२ दिन पुगिसकेको छ। जुम्लाबाट अनसन सुरु गरेका उनी गत मंगलबार काठमाडौं फर्किएका छन् र अनसनलाई निरन्तरता दिएका छन्। तर सरकारले उनको अनसनप्रति कुनै प्रतिक्रिया दिएको छैन। वार्ताको लागि पहल गरेको पनि छैन।

१९औं अनसन सुरु गर्दा डा केसीले राखेका मागबारे नेपाल लाइभले चिरफार गर्नका लागि यो शृंखला सुरु गरेको छ। सोही अनुसार आज उनको ६ बुँदे मागमध्ये तेस्रो बुँदामा विमर्श गर्दैछौं। डा केसीका मागका पहिलो र दोस्रो बुँदाबारे हामीले अघिल्ला अंकमा चर्चा गरेका थियौं।

डा केसीको मागमध्ये तेस्रो बुँदामा भनिएको छ- 'हामीसँग  २०७५ साउन  १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्।' यो बुँदामा गत बुधबार अद्यावधिक गर्दै अर्को विषय पनि थपिएको छ- ‘चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गरियोस्।’

डा गोविन्द केसीले १५औं अनसन २०७५ असार १६ देखि साउन १० सम्म १५औं अनसन बसेका थिए। उनले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अनसन सुरु गरेका भए पनि २०औं दिनमा सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो।

अनसन अन्त्य गर्न ९ बुँदे सहमति भएको थियो। त्यसमा सरकारी वार्ता टोलीका संयोजक खगराज अधिकारी र डा केसीले हस्ताक्षर गरेका थिए। त्यो सहमति डा केसीले चाहेजस्तै गरी भएको थियो। त्यसैले उनले त्यतिबेलाको सहमति पालना हुनुपर्नेमा जोड दिने गरेका हुन्।

१६औं अनसनका क्रममा पनि उनले पहिलो बुँदामा सोही सहमति पालना हुनुपर्नेमा जोड दिएका थिए। त्यतिबेला राखेको मागको पहिलो बुँदामा भनिएको थियो- १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता बमोजिम अक्षरसः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरियोस्। त्यस्तै, १७औं अनसनका क्रममा राखेको मागको पहिलो बुँदामा थियो- २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्।

साउन १० गतेको सहमतिमा अन्य विषयका अतिरिक्त  संसदमा सोही वर्ष असार २२ गते दर्ता भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा संशोधन गरिने विभिन्न बुँदाहरु थिए। विभिन्न २२ वटा उपबुँदामा आधारित रहेर विधेयकमा संशोधन गर्ने सहमति गरिएको थियो। अहिले उनले राखेको माग त्यही उपबुँदाहरुसँग सम्बन्धित छ।

त्यसबेलाक सहमतिका बुँदाहरुः
 

Ncell 2
Ncell 2
nimb
nimb

विश्वास र धोका
अनसन चलिरहँदा सरकार डा केसीप्रति सरकार अत्यन्तै आक्रोशित थियो। प्रधानमन्त्री केपी ओलीले समेत कठोर अभिव्यक्ति दिएका थिए। जस्तो कि, २०७५ साउन ७ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ४० औं पुष्पलाल स्मृतिसभामा उनले डा केसी समस्या खडा गर्न अनसन बसेको आरोप लगाएका थिए। ओलीले थपेका थिए, 'यस्ता इस्युमा नअल्झऔं। म डा केसीलाई भन्न चाहन्छु– आउनुस्, स्वास्थ्य शिक्षामा कस्तो सुधार गर्नुपर्छ, तर्कपूर्ण बहस गरौं।'

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीज्यू, डा केसीसँगका बाचा नभुल्नुस्बुधबार, माघ २, २०७५

तर केही दिनमै सरकार झुक्नुपर्‍यो। सरकारको तर्फबाट ओलीका दुई विश्वास पात्रहरु विष्णु पौडेल र सुवास नेम्वाङ अनसन अन्त्य गराउन खटिए। उनीहरुकै मध्यस्थतामा डा केसीले चाहेजस्तो सहमति भएको थियो। केसीलाई जुस खुवाउने मध्येका एक नेम्वाङ नै थिए। उनले सहमतिलाई व्यवहारमा उतारिने बताएका थिए।

यो सहमतिको राम्रो पक्ष के थियो भने प्रधानमन्त्रीले डा केसीको माग सही नै रहेछ र आफूलाई गलत सूचना पुगेको भनेर स्वीकार गरेका थिए। सोही वर्ष साउन २६ गते बालुवाटारमै भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले डा केसीले उठाएका मागहरु नागरिककै लागि भएको र फेरि अनसन बस्न नपर्ने गरी सरकारले काम गरिहेको जानकारी गराएका थिए। उनले डा केसी र आफ्नो बुझाइ एउटै रहेको बताउँदै माग ठम्याउन समय लागेको तर अब चिन्ता गर्नु नपर्ने आश्वासन दिएका थिए। भेटपछि डा केसीले सम्झौता पूरा हुनेमा आशावादी बने।

Xtrem

Xtrem

प्रधानमन्त्री ओली बिरामी भएर त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोभास्कुलर तथा थोरासिक सेन्टरमा भर्ना हुँदा भेट्न पुगेका डा केसीलाई पनि उनले माग पूरा हुने बताएका थिए। अस्पतालको शय्याबाटै उनले भनेका थिए, 'तपाईंसँगको सहमति अनुसार नै काम अगाडि बढेको छ। तपाईंको माग पूरा हुन्छ। ढुक्क हुनुहोस्।'

तर विधेयकमाथि छलफल गरिरहेको शिक्षा तथा स्वास्थ्य समितिमा डा केसीसँगको सहमति विपरीतका प्रावधान राख्ने चलखेल सुरु भए। सत्तापक्षको बहुमत रहेको सो समितिले डा केसीसँगको सहमतिलाई लत्याउँदै माफियालाई सहयोग पुग्ने छिद्रहरु राखेर बहुमतले विधेयक प्रतिवेदन पारित गर्‍यो। डा केसीसँगको सहमति मात्रै होइन, प्रधानमन्त्रीको वाचा पनि लत्याइयो। कतिपयले संसदीय सर्वोच्चताको कुरा उठाए। तर, त्यो अरुलाई झुक्याउने शाब्दिक चालबाजी मात्रै थियो भन्ने विश्लेषण त्यतिबेला नै नेपाल लाइभले गरको थियो। 

यो पनि पढ्नुहोस्

डा केसीको मागमा संसदको अधिकार जोड्नु प्राेपोगान्डा मात्रैबिहीबार, साउन १०, २०७५

सहमति विपरीत पुस २५ गते शिक्षा तथा स्वास्थ्य समितिले विधेयक प्रतिवेदन पारित गरेसँगै त्यसका विरुद्ध डा केसीले सोही दिन इलामबाट १६औं अनसन सुरु गरेका थिए।

माघ ११ गते प्रतिनिधिसभाबाट बहुमतले विधेयक पारित भयो। त्यस्तै माघ १७ गते राष्ट्रियसभाबाट पनि पारित गरियो। फागुन १० मा राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण गरिन्।

यो पनि पढ्नुहोस्

डा केसीसँगको सम्झौता र समितिको प्रतिवेदनमा कहाँ छ फरक?बिहीबार, पुस २६, २०७५

आफू अनसनरत रहँदै दुवै सदनबाट विधेयक पारित भएपछि डा केसीले २४औं दिनमा अर्थात् माघ १८ गते असनन तोडे। अनसन तोड्दा सार्वजनिक गरिएको अपिलमा उनले भनेका थिए- ‘चिकित्सा शिक्षा विधेयकमै सम्बन्धनका प्रावधान लगायतमा सुधारको जति काम सरकारको बदनियतका कारण अधुरो रहन गएको छ, त्यो पूरा गर्न तथा सुधार र सुशासनका बाँकी कार्यभार पूरा गर्न म निरन्तर फरक रुपमा लडिरहने प्रतिबद्धता व्यक्त गर्दछु।‘

पछिल्ला अनसन त्यही प्रतिबद्धताको उपज हो।

डा केसीसँगको सहमति र राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा प्रशस्तै अन्तर भेटिन्छ। त्यस्ता अन्तरहरुमा कतिपय स्वार्थ समूहको हित सुनिश्चित हुने छिद्र राखिएका छन्। कतिपय प्रावधानले विगतका भद्रगोललाई निरन्तरता दिन सघाउँछन्।

यो पनि पढ्नुहोस्

सरकार र डा केसीबीचकाे सहमति : हुनुपर्ने के, भयो के?सोमबार, कात्तिक २५, २०७६

सहमति र ऐनमा केही साना परिवर्तन गरिएका छन्, केही गम्भीर। त्यस्ता परिवर्तनले चिकित्सा शिक्षा क्षेत्रमा भविष्यसम्मै प्रभाव पार्ने आकलन गरिएको छ। प्रस्तावना, विश्वविद्यालयले मेडिकल कलेजलाई सम्बन्धन दिन पाउने संख्या, सिटिइभिटी अन्तर्गतका कार्यक्रम, मेडिकल विश्वविद्यालय लगायतका विषयमा सहमति विपरीतका प्रावधान राखिएका छन् र तिनमा चलखेलका कैयौं छिद्र पनि छाडिएका छन्।

उदाहरणको रुपमा, प्रस्तावनालाई केलाऔं। डा केसीसँगको सहमति पत्रमा प्रस्तावनामा 'चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०७२ को मर्म र भावना तथा अन्य कार्यदलको प्रतिवेदनलाई समेतलाई दृष्टिगत गरी' भनिएको छ। तर ऐनमा भने 'चिकित्सा शिक्षा सुधार गर्ने सम्बन्धमा विभिन्न समयमा गठित आयोग, समिति तथा कार्यदलको प्रतिवेदनको मर्म र भावना समेतलाई दृष्टिगत गरी' बनाइयो।

डा केसीसँगको सहमति अनुसार नै ऐनको प्रस्तावनामा कार्यदलको नाम तोकेर राख्दा ऐन र त्यसपछि बन्ने अन्य नियमावली, निर्देशिका तथा अन्य कानुनका कतिपय प्रावधानमा आफू अनुकूल अर्थ लगाउने बाटो बन्द हुन्थ्यो। कतै विवाद आएमा सोही कार्यदलको प्रतिवेदनको मर्म र भावना प्रमुख हुन्छ। अर्थात्, सो कार्यदल नै चिकित्सा शिक्षा ऐनको मेरुदण्डको काम गर्न सक्थ्यो।

तर, सो कार्यदललाई नतोकी विभिन्न समयमा गठित आयोग, समिति तथा कार्यदलको प्रतिवेदनको मर्म र भावना भन्ने कुरा ऐनमा राखियो। यसले विगतका कतिपय समितिबाट आएका विरोधाभाषी र विवादित प्रतिवेदनलाई देखाएर चलखेल गर्ने र आफू अनुकूल अर्थ लगाउने बाटो खुला राख्यो।

जस्तो कि, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्रभावशाली पदाधिकारीले आफू निकटकालाई एमबिबिएस भर्ना गराउन उत्तीर्णांक ५० बाट ४० मा ल्याएका थिए। जबकि, यस्तो चलखेललाई अन्त्य गर्न माथेमा प्रतिवेदनमा ५० नै राख्ने सहितका अन्य बलिया सुझाब छन्।

सहमति र ऐनमा परेका केही मुख्य अन्तर हेर्नुहोस्:

 

यसरी हेर्दा देखिन्छ, डा केसीले मेडिकल शिक्षामा ल्याउन खोजेको सुधारलाई २०७५ साउन १० गतेको सहमतिले सुनिश्चित गर्ने थियो। तर सरकारले त्यसलाई लागू गरेन। बरु निश्चित समूहलाई फाइदा पुर्‍याउने हिसाबले ऐन ल्यायो। त्यसैमा सुधार गराएर आफूले चाहेजस्तो ऐन ल्याउने डा केसीको चाहना देखिन्छ।

यो पनि पढ्नुहोस्

केसी अनसन र जितको भ्रमसोमबार, माघ २१, २०७५

त्यस्तै, डा केसीको मागमा थपिएको 'स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सीट कायम गरियोस्' भन्ने विषय केहीअघि मन्त्रिपरिषद्बाट पारित नियमावलीसँग सम्बन्धित छ। चिकित्सा शिक्षा नियमावलीको नियम १७ मा स्नातकोत्तर तहमा विद्यार्थी छनौट गर्दा खुला प्रतियोगिताबाट ५० प्रतिशत, सरकारी सेवामा कार्यरत व्यक्तिबाट ४० प्रतिशत र विदेशी विद्यार्थीबाट १० प्रतिशत हुने व्यवस्था छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगले तयार गरेको नियमावलीको प्रस्तावमा खुलाका लागि ७० प्रतिशत नै थियो। तर, पछि मन्त्रिपरिषद्ले त्यसलाई ५० प्रतिशतमा सीमित गर्‍यो।

अहिले एमडी/एमएसको परीक्षा दिन योग्यता पुगेका सरकारी सेवाका २०० र गैरसरकारीका ७००० हाराहारीमा चिकित्सक रहेको बताइन्छ। तसर्थ, अहिले छुट्याइएको सिट प्रतिशत अमिल्दो भएको सरकारी चिकित्सकहरुको भनाइ छ। यस किसिमको आरक्षणले उच्च नम्बर ल्याउनेलाई कैयौं गैरसरकारी चिकित्सकले अवसरबाट वञ्चित हुनुपर्ने हुनसक्छ।

केहीअघि स्वास्थ्य मन्त्रालयले सरकारी, खुला र विदेशी विद्यार्थीलाई क्रमश: ५०, ४० र १० प्रतिशत सिट निर्धारणको तयारी गरेपछि गैरसरकारी चिकित्सकहरूको तर्फबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको थियो। अहिले ती प्रतिशतमा केही परिवर्तन गरिएको भए पनि उनीहरूको मुख्य चासो बुझ्न सकिन्छ। 'उच्च शिक्षाको अध्ययनको अवसरको अभावमा अहिले पनि सयौं चिकित्सक वर्षेनी विदेशिन्छन्। विगत ३ वर्षदेखि चिकित्सकको लोकसेवा नखोलिनु, हरेक वर्ष १५००-२००० संख्यामा एमबिबिएस सकेका चिकित्सक थपिनु तर उच्च शिक्षाका लागि भएका न्यून अवसर पनि आरक्षणका नाममा कुण्ठित पारिनुले चिकित्सक जस्तो महत्त्वपूर्ण जनशक्ति विदेश पलायन भएर जाने क्रम बढेर जान्छ जुन निकै दुःखद हो। सार्वजनिक संस्थाका आधि अवसर लोकसेवालाई आरक्षण दिँदा आगामी झन्डै आधा दशकसम्म अधिकांश नेपाली चिकित्सक उच्च शिक्षा अध्ययनबाट वञ्चित हुने र विदेशिने निश्चित छ', ज्ञापनपत्रमा भनिएको छ।

सम्बन्धित सामग्रीः
डा केसीका मागमाथि चिरफार-१ : पहिलो बुँदाका माग पूरा गर्न कति मुस्किल? कति सहज?

डा केसीका मागमाथि चिरफार-२ : दोस्रो बुँदा किन महत्त्वपूर्ण छ?

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७  १४:४६
  • #सत्याग्रह
  • #अनसन
  • #drkc
  • #डाकेसी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्