• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

केसी अनसन र जितको भ्रम

64x64
किशोर दहाल सोमबार, माघ २१, २०७५  १७:४२
1140x725

डा गोविन्द केसीले आफ्नो १६औं अनसन २४औं दिनमा तोडे। जटिल बन्दै गएको स्वास्थ्य अवस्था र सरकारको बेवास्ताका कारण चिन्तित हुन पुगेका उनका समर्थकलाई उनको यो निर्णयले खुसी तुल्याएको छ। आफ्ना समर्थक तथा अन्य लब्धप्रतिष्ठित व्यक्तिहरुको सुझाव मनन गरेकोमा डा केसीलाई धन्यवाद।

तमाम छिद्रका बाबजुद चिकित्सा शिक्षालाई केही हदसम्म व्यवस्थित बनाउने डा केसीको प्रयासले एउटा सिँढी उक्लिएको छ। बाँकी सिँढीतर्फको यात्राका लागि उनको सक्रिय संघर्ष आवश्यक छ। उनको निगरानी र प्रश्नले आगामी दिनमा पनि सरकारका नेतृत्वकर्ताहरु र सारथिहरुलाई दबाब सिर्जना गरिरहने नै छ। शक्तिको बलमा सरकार फरक बाटोमा हिँड्नु एउटा कुरा, विवेक प्रयोग गर्ने अवस्थामा भने उनको निगरानीले पक्कै काम गर्नेछ। जताततै नैतिक बलको खडेरी लागेको अहिलेको समयमा डा केसीजस्ता नैतिकवान् व्यक्ति बाँच्नु जरुरी थियो।

यसपटक सरकारले वार्ताका लागि कुनै पहल गरेन बरु मन्त्रीहरुका तर्फबाट बेवास्तापूर्ण अभिव्यक्ति प्रवाह भए। डा केसीलाई अनसन बस्न उक्साउनेहरुले नै तोडाउनुपर्ने धारणा सार्वजनिक भए। वार्ताबाट निकास खोज्ने होइन कि अनसन तोड्नमात्रै सुझाव दिइए। अर्थात्, अनसन तोड्ने भए तोड नभए उत्पन्न परिस्थितिका लागि तयार होऊ भन्ने दम्भ सरकारको देखियो। सिधै भन्दा, डा केसीको मृत्यु भए होस् तर सरकारले वार्ता गर्दैन भन्ने शैली सरकार पक्षको देखियो।

सामाजिक सञ्जाल वा वक्तव्यमार्फत सहजै प्रतिक्रिया नदिने भएकाले डा केसीको अनसन तोड्ने निर्णयले सरकारलाई कति उत्साहित बनायो थाहा छैन, तर उत्साहको पारो उच्च नै रहेको अनुमान गर्न सकिन्छ। तर, यो जितको अनुभूति एउटा सुन्दर भ्रम हो।

यसपटक प्रचारित केही तर्कहरु रोचक थिए। उनलाई अरुले उचालेको भन्ने आरोप झिनो रुपमा यसअघिका अनसनका क्रममा पनि नउठेका होइनन् तर यसपटक भने उनलाई कांग्रेसको निर्देशनमा अनसन बसेको भनेर सामाजिक सञ्जालमा खुबै प्रचार गरियो। कम्युनिस्ट विरोधी करार गर्ने प्रयास पनि गरियो। उनका ९५ प्रतिशत माग पूरा भएको, सबै माग पूरा भएको, सम्झौता भएभन्दा बढी कुरा विधेयकमा रहेको जस्ता प्रचार पनि गरियो। डा केसीका अडानलाई हठ भनेर विकृत बनाउने प्रयास गरियो।

आक्रामक प्रचार र वार्ताप्रतिको बेवास्ताले संकेत गर्थ्यो- डा केसीको ज्यान तलमाथि भएमा पनि उनलाई र उनका समर्थकलाई नै दोषी करार गर्न सरकार पक्षसँग प्रशस्तै तर्क तयार थियो। डा केसीको विवेकसम्मत निर्णयले सो अवस्थामा पुग्नुपरेन।

डा केसीले अनसन तोडेसँगै सरकार समर्थक एउटा समूहले उनको हार र सरकारको जित भएको भन्दै प्रतिक्रिया व्यक्त गरिरहेका छन्। सामाजिक सञ्जाल वा वक्तव्यमार्फत सहजै प्रतिक्रिया नदिने भएकाले डा केसीको अनसन तोड्ने निर्णयले सरकारलाई कति उत्साहित बनायो थाहा छैन, तर उत्साहको पारो उच्च नै रहेको अनुमान गर्न सकिन्छ।

तर, यो जितको अनुभूति एउटा सुन्दर भ्रम हो।

Ncell 2
Ncell 2
nimb
nimb

चिकित्सा शिक्षा ऐनमा हुनुपर्ने प्रावधानको विषयमा बहस हुन थालेको केही समय बितिसकेको छ। तर, यो सरकारको चाहेको ऐन कस्तो हो भन्नेचाहिँ उसले गत असार २२ गते संसदमा दर्ता गरेको विधेयकबाट बुझिन्छ। त्यस विधेयकमाथि पछिल्ला समय जति सुधारका प्रयास भए, त्यो डा केसीको संघर्षको प्रतिफल हो, संसदको विशेषाधिकारका कारण होइन। प्रतिनिधि र राष्ट्रियसभाबाट पारित विधेयकमा रहेका केही राम्रा विषयलाई नेकपाका केही सांसद र सरकार समर्थित व्यक्तिहरुले जसरी प्रचारित गरिरहेका छन्, त्यो उनीहरुको जित होइन, हार नै हो। किनकि, त्यस्ता प्रावधानहरु डा केसीकै अनसनका परिणाम हुन्।

विधेयकमा 'ऐन प्रारम्भ भएको मितिले १० वर्षपछि नेपाल राज्यभित्र सञ्चालित चिकित्सा सम्बन्धी शिक्षण संस्था क्रमशः गैरनाफामूलक र सेवामूलक संस्थाका रुपमा रहनेछन्' भन्ने उल्लेख छ। तर, अहिलेदेखि नाफामूलक मेडिकल खोल्ने आधार पनि तय गरिएको छ।

उदाहरणका लागि, अहिले प्रचारित ७५ प्रतिशत छात्रवृत्तिको विषयलाई लिन सकिन्छ। सरकार पक्षका मानिसहरुले यसलाई विधेयकमा व्यवस्था गरिएको राम्रो प्रावधान भनेर चर्चा गरिहरेका छन्। पक्कै राम्रो हो। तर, यसमा सरकारले चाहेको के थियो? असार २२ मा संसदमा दर्ता गरिएको विधेयकको दफा १७ को उपदफा ७ मा भनिएको छ– सार्वजनिक शिक्षण संस्थाले मेडिकल र डेन्टल विषयको स्नातक स्तरको कार्यक्रममा उपलब्ध सिटमध्ये आयोगले तोकेको सिट संख्या निःशुल्क छात्रवृत्तिको लागि व्यवस्था गर्नुपर्नेछ।

यो सरकारले चाहेको यत्ति थियो। तर, डा केसीको १५औं अनसन तोडाउने क्रममा भएको सम्झौतामा यसलाई परिमार्जन गर्ने सम्झौता भएको थियो। सम्झौतामा उल्लेख थियो– सार्वजनिक शिक्षण संस्थाले स्नातक स्तरको कार्यक्रममा उपलब्ध सिट संख्याको कम्तीमा ७५ प्रतिशत सिट निःशुल्क छात्रवृत्तिको लागि व्यवस्था गर्नुपर्नेछ र आयोगको परामर्शमा त्यस्तो सिट क्रमशः वृद्धि गर्दै लैजान सकिनेछ।

Xtrem

Xtrem

डा केसीकै कारण आज सरकार पक्षलाई फुर्ती लगाउने बहाना मिलेको छ। यो त एउटा उदाहरण मात्रै हो, यस्ता धेरै विषय डा केसीको अनसनले सरकारको विधेयकलाई परिमार्जन गर्न बाध्य पारेको थियो।

तर, विधेयकमा केही यस्ता छिद्रहरु राखिए, जसले चिकित्सा शिक्षामा भद्रगोलको सम्भावनालाई निरन्तरता दिएको छ। उदाहरणका लागि, एउटै विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन सक्ने प्रावधानलाई लिन सकिन्छ।

चिकित्सा शिक्षा ऐनको औचित्य किन हो भने यो क्षेत्रलाई चुस्त निगरानीमार्फत व्यवस्थित गर्नु आवश्यकता थियो। यसमा भद्रगोल कायम रहँदा चिकित्सा शिक्षामा व्यापार गरिरहेका केही व्यापारीलाई फाइदा पुग्थ्यो। व्यवस्थित गर्न सकिएमा भने जनताको सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने आधार तयार हुन्थ्यो। तर, विधेयकले चिकित्सा शिक्षालाई व्यवस्थित गर्ने दिशामा जहाँबाट अवरोध थिए, त्यहीँ छिद्र राखिदियो। यसअघि प्रशस्तै सम्बन्धन दिएका विश्वविद्यालयको नियमन क्षमतामा वृद्धि गर्न कुनै विशेष प्रावधानको खोजी गरेन तर केही व्यापारीलाई मेडिकल कलेज खोल्न दिन भने बाटो खुला गरिदियो। नियमन बिनाका मेडिकल कलेजले निम्त्याउने जोखिमका दायरा समयक्रममै देखिनेछ।

प्रचारित गरिएजस्तो डा केसीका ९५ प्रतिशत माग पूरा भएको अवस्था होइन। त्यसको कुनै आधार पनि छैन। बरु जसले मेडिकल शिक्षालाई व्यापारको सुन्दर क्षेत्र देखे, अहिलेको जित उनीहरुको हो।

चिकित्सा शिक्षामा भद्रगोल हुने सम्भावना कायमै रहेको र गुणस्तरीय स्वास्थ्य सेवामा जोखिम बढाउने आधार तयार गरेकोमा सरकार पक्षले जितेको केचाहिँ होला त?

यसका साथै, सिटिइभिटीबाट उत्पादन भइरहेका प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रमलाई पाँच वर्षभित्रमा फेजआउट गर्ने सहमति पालना गरिएन। छिटोभन्दा छिटो फेजआउट गर्नुपर्ने कार्यक्रमलाई निरन्तरता दिएर अर्को भद्रगोललाई स्वागत गर्न खोजिएको छ।

अर्को रोचक कुरा के छ भने विधेयकमा 'ऐन प्रारम्भ भएको मितिले १० वर्षपछि नेपाल राज्यभित्र सञ्चालित चिकित्सा सम्बन्धी शिक्षण संस्था क्रमशः गैरनाफामूलक र सेवामूलक संस्थाका रुपमा रहनेछन्' भन्ने उल्लेख छ। तर, अहिलेदेखि नाफामूलक मेडिकल खोल्ने आधार पनि तय गरिएको छ। 

जब १० वर्षपछि गैरनाफामूलक हुने दिशातिर जाँदैछौं भने अहिलेदेखि नै त्यसको आधार तयार गर्दै जानु बुद्धिमतापूर्ण हुन्थ्यो। मानौं न, सरकारले कुनै रोग आगामी १५ वर्षमा निर्मूल पार्ने अठोट लियो भने के गर्ला? उसले अहिलेदेखि त्यसको आधार तयार गर्छ। कार्यक्रम बनाउँछ। खोप लगाएर हुने रहेछ भने लगाउन थाल्छ। जनचेतनाले मात्रै हुने रहेछ भने फैलाउन थाल्छ। १५ वर्षपछि निर्मूल पार्ने हो भनेर १४ वर्ष ३ सय ६४ दिनपछि कार्यक्रम सुरु गर्दैन। हो, १० वर्षपछि गैरनाफामूलक हुने भनेपछि सम्भव भएसम्म अहिलेदेखि त्यसको आधार तयार पार्दै जानुपर्छ।

तर, विधेयकले केही मेडिकल कलेजलाई १० वर्षपछि गैरनाफामूलक बन्ने हो, त्यसैले अहिल्यै 'लुटिहाल' भनेर डाडुपन्युँ सुम्पिने काम गरेको छ। जबकि, अहिले रहेका मेडिकल कलेजलाई गैरनाफामूलक बनाउने बाटोतिर सहजीकरण गर्दै जाने र नयाँ खुल्नेलाई सुरुमै गैरनाफामूलक बनाउनेतिर सोचिएको भए १० वर्षपछि गैरनाफामूलकको परिकल्पना साकार हुने थियो। तर, फलानो र फलानो पार्टी निकटका व्यापारीले कैयौं वर्षदेखि नाफा कमाउन हुने अनि हाम्रो पार्टीका व्यापारीले चाहिँ किन नहुने भन्ने प्रतिप्रश्न गर्न थालियो। गैरनाफामूलक बनाउन सक्रिय भूमिका खेल्नुपर्ने सरकार पक्षका सांसदहरु नै नाफामुखी व्यापारीको प्रतिरक्षामा उत्रिएका कारण विधेयकमा नाफामुखी प्रावधान परे।

सरकार समर्थितहरुलाई निम्ति चिकित्सा शिक्षा विधेयक मूतको न्यानोबाहेक केही होइन। सम्पूर्ण दललाई 'मेडिकल माफिया'को सहयोगीको रुपमा परिचित गरेर हासिल भएको जितको के काम?

अब १० वर्षपछि पनि अनेक तर्कको आडमा नाफामूलक प्रावधानलाई निरन्तरता दिइने सम्भावना छ। त्यतिबेला सायद 'मार्सीवाद'कै पनि सैद्धान्तिकरण भइसक्ला कि!

यसरी, शिक्षा र स्वास्थ्य दुवै जोडिएको क्षेत्रलाई 'माफिया'को रुपमा चित्रित मेडिकल व्यापारीको हातमा सुम्पेर कम्युनिस्ट भनिने दलले के पो जिते होला र? समाजवादको आधार तयार गर्ने रणनीति त पक्कै होइन यो।  

प्रचारित गरिएजस्तो डा केसीका ९५ प्रतिशत माग पूरा भएको अवस्था होइन। त्यसको कुनै आधार पनि छैन। बरु जसले मेडिकल शिक्षालाई व्यापारको सुन्दर क्षेत्र देखे, अहिलेको जित उनीहरुको हो। जस्ता प्रावधानले उनीहरुलाई फाइदा पुग्थ्यो, त्यस्ता प्रावधानसहित विधेयक पास भएको छ। र, त्यसका सहयोगी बनेका छन्, नेकपाका सांसदहरु।

शक्तिको आडमा, विशेषाधिकारको नाममा, दम्भका आधारमा आइपर्ने जित सधैं सही नहुन पनि सक्छ। किनकि, विवेक र बृहत्तर हित विपरीतका जितले क्षणिक तुष्टिबाहेक केही पनि दिँदैन। एउटा प्रचलित उखान छ- मूतको न्यायो। सरकार समर्थितहरुका निम्ति चिकित्सा शिक्षा विधेयक मूतको न्यानोबाहेक केही होइन। सम्पूर्ण दललाई 'मेडिकल माफिया'को सहयोगीको रुपमा परिचित गरेर हासिल भएको जितको के काम?

यो जित पनि यस्तो कि, एक सत्याग्रहीलाई धोका दिएर, प्रधानमन्त्री जस्तो गरिमामय पदमाथि आम अविश्वास खडा गरेर 'मार्सी भातको गुन' तिर्न खोजिएको आम बुझाइ छ। कम्युनिस्ट पार्टीका निम्ति 'मा'बाट मार्क्सवाद होइन, मार्सीवाद हुनु कस्तो जित होला? 

डा केसीलाई गलत देखाउन खोजेर कसैले केही जित्नेछैन। आखिर सगरमाथालाई होचो देखाउन खोजेर कसले के जित्छ र? डा केसी नैतिकता र इमानका सगरमाथा हुन्।

प्रकाशित मिति: सोमबार, माघ २१, २०७५  १७:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्