• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

यसरी कति दिन चल्छ?

64x64
सविन मिश्र बुधबार, भदौ ३१, २०७७  १५:४०
1140x725

काठमाडौं- सोमबार मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडालाई नियुक्त गर्‍यो। प्रधानमन्त्री केपी शर्मा ओलीको अनिच्छाका बाबजुद अर्थमन्त्रीबाट बहिर्गमनमा परेका खतिवडालाई ओलीले आफ्नै साथमा राख्ने निर्णय गरे। 

अर्थमन्त्रीबाट राजिनामा दिएसँगै धेरैले खतिवडा अमेरिकाका लागि नेपाली राजदूत बन्ने चर्चा गरेका थिए। तर खतिवडा स्वयंले अर्थ मन्त्रालयबाट बिदा हुँदै गर्दा खतिवडाले 'योभन्दा सानो भूमिकामा नजाने' बताएका थिए। प्रधानमन्त्री ओलीले मन्त्रीसरहको सुविधा दिँदै उनलाई विशेष सल्लाहकार नियुक्त गरेका छन्। 

खतिवडाको नियुक्तिसँगै प्रधानमन्त्री ओलीले प्रष्ट संकेत दिएका छन्- अब अर्थमन्त्री अरु कोही होइन, म आफैँ। अर्थात् अर्थमन्त्रीको जिम्मेवारीमा ओली देखिनेछन्। उनको मुख्य सहयोगीका रूपमा हस्ताक्षरबाहेकका सबै काम खतिवडाले सम्हाल्नेछन्। 

अर्थ मन्त्रालयको जिम्मेवारी ओली स्वयंले राखेसँगै फाइल बोकेर अर्थसचिव शिशिरकुमार ढुंगाना हरेक दिन बालुवाटार धाइरहेका छन्। दोस्रोपटक मिर्गौला फेरेसँगै सिंहदरबार नआएका ओली कोरोनाको जोखिम बढेसँगै बालुवाटारबाट बाहिर निस्केका छैनन्। जसका कारण अर्थ मन्त्रालयको फाइल बोकेर सचिव बालुवाटार गइरहनु परेको छ। 

प्रधानमन्त्री ओली राजनीतिकदेखि अन्य कामका लागि पनि व्यस्त हुने भएकाले अर्थ मन्त्रालयका लागि उनले पर्याप्त समय दिन सक्दैनन्। कर्मचारीको भरमा मन्त्रालय सञ्चालन हुँदा अर्थ मन्त्रालयको भूमिका नै कमजोर बन्दछ। 

नीतिगत विषयमा सबै मन्त्रालय ठोक्किने निकाय अर्थ मन्त्रालय हो। चाहे सरकारले कसैलाई २ रूपैयाँ अनुदान दिन होस् चाहे २ रूपैयाँ राजस्व छुट दिन अर्थमन्त्रीको हस्ताक्षर विना कुनै निर्णय हुँदैन। यस्ता सामान्य कामका लागि पनि अब फाइल प्रधानमन्त्री ओली समक्ष नै पुर्‍याउनुपर्छ। 

प्रधानमन्त्री ओली राजनीतिकदेखि अन्य कामका लागि पनि व्यस्त हुने भएकाले अर्थ मन्त्रालयका लागि उनले पर्याप्त समय दिन सक्दैनन्। जसका कारण अर्थ मन्त्रालयले तत्कालीन् विषय सम्बोधन र दीर्घकालीन् नीति तर्जुमामा जति ध्यान दिनुपर्ने हो त्यो दिन सक्दैन। कर्मचारीको भरमा मन्त्रालय सञ्चालन हुँदा अर्थ मन्त्रालयको भूमिका नै कमजोर बन्दछ। 

सरकारी तथा सार्वजनिक निकायले नीति/नियम तर्जुमा गर्दा त्यसमा सक्रिय भूमिका अर्थ मन्त्रालयको हुन्छ। त्यसका अतिररिक्त अन्य मन्त्रालयले मन्त्रिपरिषदमा लैजाने प्रस्तावमा पनि अर्थमन्त्रीले ध्यान दिएर हेर्नुपर्ने हुन्छ। खतिवडा अर्थमन्त्री हुँदा अन्य मन्त्रालयबाट जाने प्रस्तावबारे मन्त्रिपरिषदमा छलफल हुँदा ओलीले 'यसमा अर्थमन्त्रीको के छ?' भनेर सोध्ने गरेका थिए। खतिवडाको सहमतिपछि मात्रै मन्त्रिपरिषदबाट प्रस्ताव स्वीकृत हुने गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्थ मन्त्रालयभित्रका अधिकारीहरू पनि तत्काल मन्त्री नपठाउने हो भने काम गर्न कठिनाइ उत्पन्न हुने बताउँछन्। 'अहिले पनि दैनिक ८/१० वटा फाइल प्रधानमन्त्रीसमक्ष नै पुर्‍याउनुपर्ने अवस्था छ, काम बढ्दै जाँदा भविष्यमा यसको मात्रा अझै बढ्छ,' अर्थका एक सहसचिवले भने, 'अर्कोतर्फ महत्वपूर्ण विषयमा अर्थ मन्त्रालयले आफ्नो धारणा राख्ने तथा अरूलाई सहजीकरण गर्नुपर्ने अवस्थामा पनि हाम्रो भूमिका नदेखिने अवस्था आउँदैछ।' 

आर्थिक वर्षको पहलो चौमासिकमा अर्थ मन्त्रालयले रकमान्तर नगर्ने भनेको छ। तर अत्यावश्यक कामका लागि निकासा दिनुपर्ने हुन्छ। सहसचिव र सचिवलाई धेरै रकम निकासा दिने अधिकार दिइएको हुँदैन। जसका कारण दैवीप्रकोप तथा अन्य विपत्तीमा सरकारले तत्काल थप रकम दिनुपरे पनि प्रधानमन्त्रीसमक्ष नै फाइल पुर्‍याउनुपर्छ। 

अर्थ मन्त्रालयका कर्मचारीहरू मन्त्री ल्याउन ढिला गर्न नहुने बताउँछन्। अर्थ मन्त्रालयले तयार गरेको बजेट कार्यान्वयन कार्ययोजनाअनुसार पनि साउन, भदौ र असोजमा बजेट कार्यान्वयनका लागि पूर्वतयारी गर्नुपर्ने हो। त्यसैगरी बजेटमा उल्लेखित व्यवस्थाअनुसार कानुन संशोधन र नयाँ कानुन निर्माणका लागि पनि अर्थमन्त्रीले सक्रियतापूर्वक काम गर्नुपर्छ।

विगतमा के भएको थियो?
२०४८ सालको आम निर्वाचनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वमा नेपाली कांग्रेसले बहुमतको सरकार बनाएको थियो। त्यसबेला कोइराले अर्थमन्त्रीको जिम्मेवारी आफैँसग राखेका थिए भने क्याबिनेटमा उपस्थित हुने गरी महेश आचार्यलाई अर्थ राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए। 

Xtrem

Xtrem

आचार्य अर्थ राज्यमन्त्री भएका बेला सरकारले सरकारी संस्थान निजीकरण गर्नेदेखि आर्थिक उदारीकरण र खुला बजार स्थापित हुने गरी महत्वूर्ण निर्णय गर्‍यो। यो सबै कामका लागि आचार्यको 'ब्याकअप'मा थिए राष्ट्रिय योजना आयोगका तत्कालीन् उपाध्यक्ष डा रामशरण महत। 

'अहिले पनि प्रधानमन्त्रीले कसैलाई जिम्मेवारी दिने र निवर्तमान अर्थमन्त्रीलाई ब्याकअपमा राखेर काम गर्न सक्नुहुन्थ्यो,' पूर्व अर्थसचिव भन्छन्, 'पार्टीभित्रको राजनीतिकका कारण उहाँले तत्काल कसैलाई जिम्मेवारी नदिने मनसाय नबनाउनु भएको हुनसक्छ।' 

शक्तिशाली प्रधानमन्त्रीको कमजोर प्रदर्शन
प्रधानमन्त्री ओलीसँग अहिले सरकार सञ्चालनका लागि चाहिनेभन्दा अत्याधिक धेरै शक्ति छ। तर उनको संरचनाले अपेक्षाअनुसार कुनै पनि क्षेत्रमा काम गर्न सकेको छैन। अर्थतन्त्र सञ्चालनका हिसाबले पनि ओलीले बलियो टोली खडा गरेका छन्। तर अर्थ मन्त्रालय भने कमजोर बनाइएको छ। 

'अर्थमन्त्रीको जिम्मेवारी कसैलाई नदिएसम्म प्रभावकारीरूपमा काम गर्न सक्ने अवस्था नै रहँदैन,' एकजना पूर्व अर्थसचिवले भने, 'विज्ञ व्यक्ति नै मन्त्री हुनुपर्छ भन्ने छैन। प्रधानमन्त्रीले आफूले विश्वास गरेका व्यक्तिलाई मन्त्री बनाउन सक्नुहुन्छ, तर यसरी आफैँ चलाउन खोज्ने कुरा ठिक होइन।' 

प्रधानमन्त्री ओलीसँग अहिले सरकार सञ्चालनका लागि चाहिनेभन्दा अत्याधिक धेरै शक्ति छ। तर उनको संरचनाले अपेक्षाअनुसार कुनै पनि क्षेत्रमा काम गर्न सकेको छैन।

अर्थ मन्त्रालय मात्रै होइन खतिवडाको बहिर्गमनसँगै रिक्त रहेको सञ्चार मन्त्रालय पनि ओलीसँगै छ। सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई दिइएको छ। बाँकी काम प्रधानमन्त्रीले नै गर्नेछन्। 

सबैभन्दा धेरै पुँजीगत बजेट हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको जिम्मेवारी पनि एकैमन्त्रीलाई दिइएको छ। बसन्तकुमार नेम्वाङले अहिले दुईवटै मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। सहरी विकासमा रामवीर मानन्धरलाई राज्यमन्त्री पनि बनाइएको छ। 

दुईवटा ठूला मन्त्रालयको जिम्मेवारी दिँदा नेम्वाङ पनि त्यसै हराएका छन्। मन्त्री नियुक्त भएलगत्तै काठमाडौंका सडक टालेर केही चर्चामा देखिएका मन्त्री नेम्वाङ त्यसयता 'सिन'मा छैनन्। 'उहाँ अहिले मन्त्रालयभित्रै हराउनु भएजस्तो छ,' नेम्वाङको काम हेरिरहेका एक निजामती कर्मचारीले भने। 

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १५:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्