• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन ८, २०८३ Fri, Jul 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

स्थानीय सरकारका चुनौती र समाधानका उपाय

शारदा अर्याल मंगलबार, भदौ ३०, २०७७  १४:३५
1140x725

संविधानले तोकेको क्षेत्राधिकारभित्र रही प्रत्यक्ष रुपमा स्थानीय जनताद्वारा निर्वाचित भएका स्थानीय आवश्यकता, जनताका रुची र अपेक्षा अनुसार कार्य गर्ने जनादेश प्राप्त गरेका जनप्रतिनिधिहरुद्वारा तोकिएको भूगोलभित्र शासन व्यवस्था सञ्चालन गर्ने शासकीय संगठन र यसको संरचनालाई  स्थानीय सरकार भनिन्छ। 

अझ भन्नुपर्दा, जनताको जीवन, स्वतन्त्रता र सम्पत्तिको उच्चत्तम सुरक्षा, संरक्षण र सम्बर्द्धन गर्न संविधान र कानुनले काम, कर्तव्य र अधिकार समेत प्रदान गरी पहिचान र परिभाषित गरेको जनमत प्राप्त सरकारको सबैभन्दा तल्लो युनिट नै स्थानीय सरकार हो।

स्थानीय सरकार स्थानीय जनता र समस्यासँग सबैभन्दा नजिक र प्रत्यक्ष प्रभावित हुन्छ। जसलाई नेपालको संविधानको प्रस्तावनामा नेपाल लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भएको राष्ट्र हुने व्यवस्थादेखि भाग ५ को धारा ५६(१) मा राज्यको मूल संरचना संघ, प्रदेश र स्थानीय गरी तीन तहको हुने व्यवस्था छ। त्यस्तै, धारा ५६(२) मा राज्य शक्तिको प्रयोग पनि संघ, प्रदेश र स्थानीय गरी तीन तहले संविधान र कानुन बमोजिम गर्नेछन् भन्ने व्यवस्था गरेको छ। धारा ५६(४) ले स्थानीय तह अन्तर्गत गाउँपालिका, नगरपालिका र जिल्ला सभा रहने भन्ने व्यवस्था गरेको छ। धारा ५७ मा राज्य शक्तिको प्रयोग बाँडफाँड गरी अनुसूचीहरु ५, ६, ७, ८ र ९ मा एकल र साझा अधिकारहरुको सूचीकरण समेत गरेको छ।

धारा ३०६ (ढ) मा  स्थानीय तह भन्नाले यस संविधान बमोजिम स्थापना हुने गाउँपालिका, नगरपालिका र जिल्ला सभालाई सम्झनुपर्दछ भनी स्पष्ट परिभाषित गरेको छ। यो गाउँसभा, गाउँकार्यपलिका र न्यायिक समिति जस्ता इकाईमा विभाजन गरी कानुन बमोजिम कार्य सञ्चालन एवं सेवा प्रवाह गर्ने राज्यको सबैभन्दा सक्रिय सरकार हो। यसले जनताको घरआँगनमा पुगेर सेवा दिने र जनताका समस्याहरुको नजिकबाट शीघ्र अवलोकन र सम्बोधन समेत गर्ने हुँदा जनतालाई सरकारको वास्तविक उपस्थितिको प्रत्याभूति समेत दिलाएको छ।

स्थानीय सरकार संविधानको अनुसूची ८ मा रहेका २२ वटा विषयमा र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को अधिनमा रही आफ्नो कानुन आफैं बनाउन सक्छन्। तर यही कुरालाई सही सदुपयोग गर्न नसक्दा कानुन बनाउने बिषय जटिल र कानुनको विज्ञता नभएकाले कतिपय स्थानीय तहहरु मुद्दा मामिलामा अल्झिनु परेको तीतो यथार्थ छ।

स्थानीय तहले गरेका र गर्न प्रयत्न गरेका कार्यहरु:
स्थानीय तहले धेरै समस्या र अप्ठेरोहरुका बीचमा पनि केही कामहरु गर्ने प्रयत्न गरेको छ। जसमध्येः 
- आफ्नो एकल अधिकार भित्रका विषयहरुमा कानुन बनाउने,

- स्थानीय स्तरमा हुने स-साना विवादहरुको यथाशीघ्र निरुपण गर्ने, थप कारबाहीका लागि सिफारिस गर्ने, 

- कानुन बमोजिम स्थानीय क्षेत्राधिकारभित्र रहेर कर निर्धारण गर्ने एवं कर उठाउने,

nimb
nimb
Ncell 2
Ncell 2

- विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गरी स्थानीय जनताहरुलाई स्वावलम्बी बन्ने,

- अवसर प्रदान गर्ने,

- स्थानीय नीति, योजना तथा कार्यक्रम तर्जुमा गरी सञ्चालन र सम्पन्न गर्ने, 

- बजेटको तर्जुमा गर्ने, राजस्व संकलन गर्ने, प्रदेश र संघबाट आर्थिक अनुदान प्राप्त गर्ने,

- कानुनको कार्यान्वयन गर्न आवश्यक नियम, मापदण्ड र निर्देशिकाहरु बनाउने,    

- स्थानीय शान्ति सुरक्षा कायम गर्न गाँउ तथा नगर प्रहरीहरु को व्यवस्था गर्ने,

- स्थानीय उत्पादनलाई बढावा दिन कृषि तालिम, उन्नत बीउ बिजन, मल र बजारीकरण गर्न सघाउने,

- महामारी र प्राकृतिक एवं दैवी विपत्तिमा शीघ्र उद्धार, सहयोग, जोखिम व्यवस्थापन र न्यूनीकरण गर्ने  आदि लगायतका कामहरु सञ्चालन र व्यवस्थापन गर्ने।

स्थानीय तहमा देखिएका समस्याहरुः
यसरी कार्य र अधिकारहरुको प्रयोग गर्दागर्दै पनि स्थानीय स्तरमा थुप्रै समस्याहरु छन्:
- कर्मचारी समायोजन र व्यवस्थापनको बिषय,

- एकल अधिकारको रुपमा रहेका बिषयमा कानुन निर्माण गर्ने तथा स्थानीय राजपत्रमा प्रकाशन गर्ने कार्य,

- करको दर वा दायरा बढाउने बिषय,

- शिक्षक नियुक्ति र सरुवा सम्बन्धी बिषय, 

- स्थानीय सडक निर्माण गर्दा स्थानीय जनताहरुबाट हुने अवरोध, 

- स्थानीय तहमा उत्पन्न हुने विवादहरुको समाधान गर्न बनेको कानुनी साक्षरता बिनाको न्यायिक समिति,

- स्थानीय तहको केन्द्र परिवर्तन,

- स्थानीय पुर्वाधार निर्माणमा भएका अवरोधहरु,    

- स्थानीय स्रोत र साधनको परिचालन र वितरणमा उत्पन्न भएका समस्याहरु,

- वर्तमान समयमा देखिएको कोरोना माहामारीको सुरक्षित र शीघ्र स्वास्थोपचारको व्यवस्था गर्नु 

स्थानीय तहमा देखिएका चुनौतीहरुः
- जनतासमक्ष गरेका प्रतिबद्धता सम्पन्न्न र कार्यान्वयन गरी आगामी राजनीतिक मार्ग प्रशस्त पार्नु,

- स्थानीय जनताका रुची, आवश्यकता र अपेक्षा अनुरुपका नीति र योजना सञ्चालन र सम्पन्न गर्नु,

- संस्थागत र नेतृत्वगत क्षमता, सीप र दक्षताको विकास गर्नु तथा जनप्रतिनिधिहरु बीच समन्वय सरसल्लाह गर्नु र सक्रिय सहभागी बनाउनु,

- स्थानीय स्तरमा हुने र भएका विवादहरुको दिगो समाधान गर्दा निष्पक्षता र पूर्वाग्रहरहित तवरले समाधान गर्नु,

- स्थानीय स्रोत र साधनको समुचित उपयोग, वितरण र पुनर्वितरण गर्नु,    

- संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहकारिता र सहअस्तित्वको व्यवहार कायम र विकास गर्नु,

- कानुन बमोजिम जनताको कर तिर्न सक्ने क्षमता र लाभ लागत अनुपातको आधारमा करको दर र दायरा निर्धारण गर्नु, 

- आफ्नो स्थानीय भौगोलिक स्वरुप अनुसारको पूर्वाधार निर्माण र सम्पन्न गर्नु,

- भ्रष्टाचाररहित सरकारको रुपमा प्रतिस्पर्धीहरुका बीच बेग्लै अस्तित्व निर्माण गर्नु,

- संविधान र स्थानीय सरकार सञ्चालनको अधिनमा रही एकल अधिकार भित्रका कानुन निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नु,

- वर्तमान परिप्रेक्ष्यमा देखिएको कोरोना संक्रमण र संक्रमितहरुको उचित समयमा परीक्षणको व्यवस्था गरी मनोबल उच्च राख्न सहयोग गर्न मानवीय व्यवहार गर्ने, गराउने।

- सुशासन कायम गर्नु, गराउनु।

समस्या समाधानका उपायहरुः
स्थानीय तहमा देखिएका समस्याहरु समाधानको लागि सर्वप्रथम संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदान गरेका अनुसूची ८ मा रहेका एकल अधिकारहरुको विषयमा कानुन बनाउने। त्यस्ता कानुन बनाउँदा स्थानीय आवश्यकताहरुलाई प्राथमिकीकरण गर्ने, कानुनविज्ञहरुको सहयोग लिने, कानुनी सल्लाहकार नियुक्त गर्ने र कानुनले तोकेको सम्पूर्ण प्रक्रिया पूरा गरी स्थानीय राजपत्रमा प्रकाशन गर्ने र एक प्रति प्रदेश सरकारलाई बुझाउने।

- स्थानीय विवादहरु निरुपणको लागि कानुनी साक्षरताको कमी भएका जनप्रतिनिधीहरुबाट न्याय पूर्वाग्रही नहोस् र अन्याय नहोस् भन्नको लागि कानुनी परामर्श लिने।

- स्थानीय पुर्वाधार विकासमा थप सहजता ल्याउनको लागि जनताहरुलाई योगदान र विकासको महत्त्व बुझाउने।

- संघ र प्रदेशसँग आवश्यकतानुसार सहकार्य, समन्वय र सहकारिताको सिद्धान्तनुरुप कार्य गर्ने।

- जनताहरुका समस्या र आवाजहरुलाई यथाशीघ्र सम्बोधन गर्ने।

- सिमाना जोडिएका स्थानीय तहहरुका कार्यहरु समेतलाई आधार लिने।

- जनमुखी, पारदर्शी, जवाफदेही र उत्तरदायी सरकार निर्माणको लागि कार्यहरुको प्रकाशन, सूचना र उजुरपेटिका समेतलाई मध्यनजर गर्ने।

- वर्तमान परिपेक्ष्यमा देखिएको कोरोना संकमण र संक्रमितहरुको उचित समयमा परीक्षण र व्यवस्थापनको लागि आवश्यक पूर्वाधार तयार गर्ने। विपद पूर्वसूचना दिएर नआउने हुँदा तत्काल जोखिम कम गर्न र प्रकोप न्युनीकरणका विकल्पहरु तयारी अवस्थामा राख्ने।

- आफ्नो स्थानीय भौगोलिक जटिलता, आवश्यकता अनुसारको पूर्वाधार निर्माण गर्नु,

- नागरिक समाजका सल्लाह सुझावहरुलाई पनि समावेश गर्नु।

निष्कर्षमा भन्नुपर्दा, स्थानीय सरकार राज्यको सबैभन्दा तल्लो तहको सरकार हो। कार्य सम्पादनका हिसाबले यो राज्यको सबैभन्दा सक्रिय र जनताका नजिकमा भएको अनभुति दिलाउने एक मात्र र वास्तविक सरकार हो। तसर्थ यसकलाई सघाउन र सेवा लिन हामी सबै‌ले सक्रिय बन्ने बेला भएको छ। घरदैलोमा सेवा पुर्‍याउने, जनताको आपत् विपदमा सबैभन्दा छिटो उपस्थित हुने, शीघ्र उद्धार र सहयोगको मानवीय व्यवहार देखाउने हुनाले यो राज्य निर्माण र दिगो विकासको एकमात्र मियो बन्न पुगेको छ। जसमा केही जटिलता र अवरोधहरु छन्। तैपनि समाधान खोज्दै अगाडि बढनु नै सर्वोपरि हितमा हुनेछ। जसले सुखी, समृद्ध र खुसी गाँउ सहर तथा समृद्ध नेपाली बनाउने हामी सबैको अठोट पूरा गर्ने बलियो आधार बनाउने छ। यसले नै सबै नेपालीहरुको इच्छा आवश्यकता र अपेक्षा पूरा गर्ने जमर्को गरेको छ।

(अर्याल अधिवक्ता हुन्।)

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  १४:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विश्वकप लिग २: नामिबियापछि नेदरल्यान्ड्ससँग पनि नेपालको लज्जास्पद हार
वैदेशिक व्यापारमा सुधार, तर घाटा झण्डै १८ खर्ब
नेपाली ब्याटिङ लाइन फेरि धराशायी, नेदरल्यान्ड्ससामु मात्र १५८ रनको लक्ष्य
सम्बन्धित सामग्री
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
ताजा समाचारसबै
विश्वकप लिग २: नामिबियापछि नेदरल्यान्ड्ससँग पनि नेपालको लज्जास्पद हार बिहीबार, साउन ७, २०८३
वैदेशिक व्यापारमा सुधार, तर घाटा झण्डै १८ खर्ब बिहीबार, साउन ७, २०८३
नेपाली ब्याटिङ लाइन फेरि धराशायी, नेदरल्यान्ड्ससामु मात्र १५८ रनको लक्ष्य बिहीबार, साउन ७, २०८३
अब विश्वविद्यालय मेरिटोक्रेसीको आधारमा चल्छ, राजनीतिक हस्तक्षेप हुँदैन : शिक्षामन्त्री पोखरेल बिहीबार, साउन ७, २०८३
लामो संघर्षबाट ल्याइएको लोकतन्त्र अहिले अपहरणमा परेको छ : ओली बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, साउन ७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णयहरू बुधबार, साउन ६, २०८३
जम्मू–कश्मिरमा अमरनाथ यात्रा सुरक्षामा खटिएका प्रहरीमाथि आतंकवादी हमला, एक प्रहरीको हत्या बुधबार, साउन ६, २०८३
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्