• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २९, २०८२ Sun, Jul 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
बुद्धिमान माझीको भोकले गिज्याइरहेको सरकार
64x64
भानु बोखिम मंगलबार, भदौ ३०, २०७७  २०:०६
1140x725

केही समयअघि एक राष्ट्रिय दैनिकको अग्रपृष्ठमा एक किशोरको भोक गाथासँगै तस्बिर पनि छापियो। समाचार अनुसार ती किशोरका थुप्रै सपना थिए। सपनाको निम्ति उनले अनेकौं प्रयास पनि गरेका थिए। कोभिडको महामारीमा ती प्रयास असफल हुँदै गए। अहिले कसैले बाँडेको खाना भरपेट खानको निम्ति ऊ काठमाडौंको सडकमा भौतारिरहेको छ।   

कान्तिपुर दैनिकमा प्रकाशित त्यो समाचारका पात्र थिए १९ वर्षीय बुद्धिमान माझी। सिन्धुलीका बुद्धिमानले होटल चलाउनेदेखि निर्माण क्षेत्रमा ज्याला मजदुरसम्म बन्ने प्रयास गरे। कोभिड-१९ को कारण सरकारले गरेका बन्दाबन्दीले उनका प्रयास सफल भएनन्। बुद्धिमानको प्रयास, असफलता र भोक उसको नियति थियो। तर यो कुनै एक किशोरको नियति मात्र भने थिएन। सिंगो सरकारको अर्कमण्यताको परिणाम पनि हो। बुद्धिमान जस्तै धेरै मानिसहरु काठमाडौंका गल्लीमा आफ्नो भोकको उपचार खोजिरहेका छन्। उदासी र पीडा सम्पूर्ण नेपाली युवा जगतको अवस्थाको चित्रण हो। जो पहिले नै गोधुली जस्तो धुमिल थियो र अब अझ गाढा र अँध्यारो हुदै गएको छ। 

बुद्धिमानजस्ता धेरै नेपाली भोकले छटपटाउँदै गर्दा परराष्ट्रमन्त्रीले कोरोनाको कारण विदेशबाट फर्किनेलाई स्वदेशमा रोजगारीको व्यवस्था गरिने बताए। मन्त्री ज्ञवालीको भनाइ समाचार बनेपनि त्यसले खासै तरंग ल्याएन। कारण देश र जनताको निम्ति सरकारले आफूले बोलेको कुरा दत्तचित्त भएर गर्छ भन्ने विश्वास कसैलाई छैन। यस्तो अविश्वास देशका बौद्धिक, पढालेखादेखि भुईंतहका साक्षरसम्म कायम छ। यो देशका धेरै युवाशक्ति रोजगारीको लागि विदेशिएका छन्।

बाँकी स्वदेशमा भएकालाई रोजगार दिन सकेको थिएन। उसमाथि विदेशबाट फर्केकालाई पनि रोजगार? आफ्नै सिङ भारी भइरहेको बोकाले भैसीको सिंङ बोक्न खोज्नु सम्भव काम हैन। यो कुरा बुझेरै सर्वसाधरण कोरोनाको बावजुद भारत जानका लागि दक्षिणी नाका पार गर्दैछन्। ती उभिनेहरू बुद्धिमान माझी जस्तै थिए/छन्।

भजनमण्डलीको स्तुतिगानमा हराएको सरकारले आफन्तमाथि लागेको भ्रष्टचारको ठाडै प्रतिकार गरिरहेको छ। विधिसंगत त्यसको छानबिन तथा निर्णय गर्ने कुरा त धेरै पर छ।

उनीहरुको ठूलो सपना थिएन पनि र छैन पनि। काम गरेर खान पाऔं भन्ने मात्र हो। उनीहरुमध्ये धेरैलाई काम नै दिनुपर्छ भन्ने पनि थिएन। काम गरेर खाने माहौल बनाई दिए पुग्थ्यो। तर सर्वसाधरणले गरिखाने माहौल बनाउन सरकार पहिलेदेखि नै चुक्दै आएको थियो। तसर्थ, सरकारले सहज अवस्थामा नगरेको काम असहज अवस्था गर्छु भन्दा नपत्याउनु स्वभाविक हो।  

दुई तिहाईको सरकार गफाडीको बादशाह भएको छ। गफाडीका बादशाहहरू हावामा सुन्दर महल ठड्याउँछन् तर ओत दिने सामान्य छाप्रो बनाउन चुक्छन्। सत्तारोहण गर्दैगर्दा ओली सरकारको सुँगा रटाई गजबकै थियो। मुखले दुईतिहाईको सरकारको शक्ति र सपनाको प्रचार राम्रैसँग गर्‍यो। व्यवहारमा भने दुई तिहाईको सरकार खरो उत्रिन सकेन। आधा कार्यकाल बितेको बेला सरकार जनताको नजरमा निरीह देखिएको छ। सरकारले कोरोनाको कारण देखाएर शंकाको लाभ लिने प्रयास त गर्ला तर दुई तिहाईको योजना कति हचुवा थियो भन्ने कुरा भने पहिले नै प्रमाणित भइसकेको थियो।

कोरोना आउनुअगावै हावाबाट बिजुली निकाल्ने कुरा चर्चामा थियो। प्रधानमन्त्रीले नै बोलेपछि यो योजना चर्चामा आयो। हावाबाट बिजुली निकाल्ने योजना हावा झै तेज भएर फैलियो। आज हावाबाट बिजुली निकाल्ने योजना हावामै विलीन भएको छ। चलिरहेको सार्वजनिक यातायात व्यवस्थित गर्न नसकिरहेको सरकारको मोनोरेल र पानीजहाजका सपना विश्वसनीय थिएनन् नै। कतिपयले सपना देख्न पनि नपाउने भनेर प्रश्न गर्थे। 

Ncell 2
Ncell 2

प्रधानमन्त्री स्वयंको बटमलाइन पनि सपना देख्नुपर्छ भन्ने थियो। तर दुई वर्षमा चलाउने भनेको पानीजहाज अढाई वर्ष बितिसक्दा पनि चलेको छैन। सायद, पूरै कार्यकाल बित्दा पनि प्रधानमन्त्री ओलीको यो सपना पूरा हुने छैन। केबल उनको आत्मकथामा ‘अधुरा ख्वाव’को अध्याय बनेर रहनेछन्। 

विगतको सरकारको कथनी र करनीमा एकरुपता थिएन। सरकारको क्रियाकलाप यस्तो नहोस् भन्नको लागि जनताले कम्युनिस्ट मोर्चालाई झन्डै दुईतिहाई मत दिए। मोर्चाबन्दीबाट शक्तिशाली भएपछि प्रधानमन्त्रीमा लुई १४औ को भूत सवार भयो। आफूलाई सम्पूर्ण र सर्वेसर्वा ठान्ने प्रधानमन्त्रीले लोकतन्त्र, पारदर्शिता र सुशासनको कुरा त गरे तर व्यवहार त्यसअनुरुप भएन। आलोचनात्मक चेत भएकाबाट आएको गुनासोमा षडयन्त्र मात्र देखे। पारदर्शिताको सन्दर्भमा प्रतिपक्ष र जनता त आजित थिए नै। उनकै पार्टीका नेताहरु सन्तुष्ट हुन सकेनन्।

सुसाशनको त कुरै नगरौँ। सरकारका मन्त्रीलाई जुन रकम मोलतोल गरेको आरोप लाग्यो, (भलै भोलि त्यो गलत ठहरिएला) त्यसले हामी गरिब देशका जनता हौ भनेर विश्वास गर्न गाह्रो छ। जनताले सहजता र आर्थिक अवसर पाएका छैनन्। सुसाशन र विकाशको काम भएको भए निश्चय नै जनताले सहजता र थप अवसर पाएको महसुस गर्थे। बरु प्यालेस्टाइनबाट अमेरिका बसाई सरेका लेखक तथा प्रोफेसर एडवार्ड साईदले भने झै भ्रष्टचारको सीमाहीन हुँदै गएको देखिन्छ।

भजनमण्डलीको स्तुतिगानमा हराएको सरकारले आफन्तमाथि लागेको भ्रष्टचारको ठाडै प्रतिकार गरिरहेको छ। विधिसंगत त्यसको छानबिन तथा निर्णय गर्ने कुरा त धेरै पर छ। अर्कोतिर भजनमण्डलीलाई नियुक्ति दिने अनि क्षमतावानलाई वेवास्ता गर्ने तथा पाखा पार्ने क्रम यथावत नै छ। 

आफू नै सर्वेसर्वा ठान्ने र आफ्नो स्तुति गाउनेलाई काखी च्याप्ने बहालवाला सरकारको प्रमुख विशेषता भएको छ। जुनै देशमा पनि यस्तो सरकारले अवसरवादीलाई बौद्धिक र क्षमतावान् देख्ने हो। नेताको मनोविज्ञान बुझेका बौद्धिक र क्षमतावान् भनाउदाहरु प्रधानमन्त्री तथा मन्त्रीको चाकडीमा लिप्त छन्। यस्ता अवसरवादीको झुन्डले बन्दकोठामा प्रधानमन्त्री तथा मन्त्रीहरुको चित्त प्रसन्न त गराउलान्, सरकारको कामको वास्तविक तस्बिर चाहिँ देखाउँदैनन्।

आफू नै सर्वेसर्वा ठान्ने र आफ्नो स्तुति गाउनेलाई काखी च्याप्ने बहालवाला सरकारको प्रमुख विशेषता भएको छ।

लोकतन्त्रमा आलोचनात्मक चेत राख्नेहरुको आवाज महत्वपूर्ण हुन्छ। ती आवाजहरुले सरकारको काममा सुधारको ठाउँ औल्याउँछन्। तर आलोचना सुन्न नसक्ने सरकारको विकासका योजना कति कमजोर धरातलमा उभिएको रहेछ? ठूला ठूला सपना बाँड्ने सरकारसँग विपत र महामारी सामना गर्ने योजना कस्ता रहेछन्?

यसको उत्तर दुःख गरेर पढ्छु अनि देशमै केही गर्छु भन्ने बुद्धिमान माझीको भोको पेटले बताइरहेको छ। विदेशस्थित नेपाली दूतावासमा प्रधानमन्त्रीको विरुद्धमा लागेको नाराले देखाइरहेको छ। सरकार र प्रसाशक राज्यकोषबाट तलबभत्ता बुझेर लकडाउन गर्न आतुर हुन्छन्। स्वास्थ्यको क्षेत्रमा वर्षौं काम गरेका प्रसाशक तथा कर्मचारी विदेशीको भ्याक्सिनबाहेक महामारीबाट पार पाउने विकल्प देख्दैनन्। अधिकार, श्रोतसाधन लिएर बसेकाहरु जब गैरजिम्मेवार हुन्छन्, त्यहाँ बुद्धिमान माझी जस्ताले भोक सहने आदत बसाल्नुको विकल्प छैन। 

भोकका बावजुद स्वयम् देखिन्छन् बुद्धिमान माझी। उनी नियमित तलबभत्ता बुझेर सुरक्षित रहेका शासक तथा प्रशासक जस्तो उत्तेजित देखिँदैनन्। धेरैले अझै पनि आफ्नो भोक र पीडालाई आक्रोशमा परिणत गरेका छैनन्। यसको अर्थ जनता सरकारले गरिरहेको छ भनेर धैर्यवान भएका हैनन्। यो सरकारबाट आश गर्नु नै व्यर्थ छ भनेर चित्त बुझाएका हुन्। 

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  २०:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि हस्तान्तरण, बिरामीलाई निःशुल्क दिइने आइतबार, असार २९, २०८२
एक मिनेटमै सकियो काठमाडौंं महानगरको कार्यपालिका बैठक,बजेट आइतबार आउने(भिडियो) आइतबार, असार २९, २०८२
आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति सार्वजनिक भएको छ(भिडियो) आइतबार, असार २९, २०८२
सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने(भिडियो) आइतबार, असार २९, २०८२
२० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री(भिडियो) आइतबार, असार २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
एक मिनेटमै सकियो काठमाडौंं महानगरको कार्यपालिका बैठक,बजेट आइतबार आउने(भिडियो)
एक मिनेटमै सकियो काठमाडौंं महानगरको कार्यपालिका बैठक,बजेट आइतबार आउने(भिडियो) आइतबार, असार २९, २०८२
आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति सार्वजनिक भएको छ(भिडियो)
आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति सार्वजनिक भएको छ(भिडियो) आइतबार, असार २९, २०८२
सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने(भिडियो)
सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने(भिडियो) आइतबार, असार २९, २०८२
२० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री(भिडियो)
२० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री(भिडियो) आइतबार, असार २९, २०८२
रविको पक्षमा हस्ताक्षरपछि मनिषा : राज्यबाट उहाँमाथि अन्याय र दुर्व्यवहार भएको छ(भिडियो)
रविको पक्षमा हस्ताक्षरपछि मनिषा : राज्यबाट उहाँमाथि अन्याय र दुर्व्यवहार भएको छ(भिडियो) आइतबार, असार २९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु शनिबार, असार २८, २०८२
एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला शनिबार, असार २८, २०८२
छाउगोठमा सुतेकी युवतीको सर्पले डसेर मृत्यु आइतबार, असार २९, २०८२
गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्