• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन ८, २०८३ Fri, Jul 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बुद्धिमान माझीको भोकले गिज्याइरहेको सरकार

64x64
भानु बोखिम मंगलबार, भदौ ३०, २०७७  २०:०६
1140x725

केही समयअघि एक राष्ट्रिय दैनिकको अग्रपृष्ठमा एक किशोरको भोक गाथासँगै तस्बिर पनि छापियो। समाचार अनुसार ती किशोरका थुप्रै सपना थिए। सपनाको निम्ति उनले अनेकौं प्रयास पनि गरेका थिए। कोभिडको महामारीमा ती प्रयास असफल हुँदै गए। अहिले कसैले बाँडेको खाना भरपेट खानको निम्ति ऊ काठमाडौंको सडकमा भौतारिरहेको छ।   

कान्तिपुर दैनिकमा प्रकाशित त्यो समाचारका पात्र थिए १९ वर्षीय बुद्धिमान माझी। सिन्धुलीका बुद्धिमानले होटल चलाउनेदेखि निर्माण क्षेत्रमा ज्याला मजदुरसम्म बन्ने प्रयास गरे। कोभिड-१९ को कारण सरकारले गरेका बन्दाबन्दीले उनका प्रयास सफल भएनन्। बुद्धिमानको प्रयास, असफलता र भोक उसको नियति थियो। तर यो कुनै एक किशोरको नियति मात्र भने थिएन। सिंगो सरकारको अर्कमण्यताको परिणाम पनि हो। बुद्धिमान जस्तै धेरै मानिसहरु काठमाडौंका गल्लीमा आफ्नो भोकको उपचार खोजिरहेका छन्। उदासी र पीडा सम्पूर्ण नेपाली युवा जगतको अवस्थाको चित्रण हो। जो पहिले नै गोधुली जस्तो धुमिल थियो र अब अझ गाढा र अँध्यारो हुदै गएको छ। 

बुद्धिमानजस्ता धेरै नेपाली भोकले छटपटाउँदै गर्दा परराष्ट्रमन्त्रीले कोरोनाको कारण विदेशबाट फर्किनेलाई स्वदेशमा रोजगारीको व्यवस्था गरिने बताए। मन्त्री ज्ञवालीको भनाइ समाचार बनेपनि त्यसले खासै तरंग ल्याएन। कारण देश र जनताको निम्ति सरकारले आफूले बोलेको कुरा दत्तचित्त भएर गर्छ भन्ने विश्वास कसैलाई छैन। यस्तो अविश्वास देशका बौद्धिक, पढालेखादेखि भुईंतहका साक्षरसम्म कायम छ। यो देशका धेरै युवाशक्ति रोजगारीको लागि विदेशिएका छन्।

बाँकी स्वदेशमा भएकालाई रोजगार दिन सकेको थिएन। उसमाथि विदेशबाट फर्केकालाई पनि रोजगार? आफ्नै सिङ भारी भइरहेको बोकाले भैसीको सिंङ बोक्न खोज्नु सम्भव काम हैन। यो कुरा बुझेरै सर्वसाधरण कोरोनाको बावजुद भारत जानका लागि दक्षिणी नाका पार गर्दैछन्। ती उभिनेहरू बुद्धिमान माझी जस्तै थिए/छन्।

भजनमण्डलीको स्तुतिगानमा हराएको सरकारले आफन्तमाथि लागेको भ्रष्टचारको ठाडै प्रतिकार गरिरहेको छ। विधिसंगत त्यसको छानबिन तथा निर्णय गर्ने कुरा त धेरै पर छ।

उनीहरुको ठूलो सपना थिएन पनि र छैन पनि। काम गरेर खान पाऔं भन्ने मात्र हो। उनीहरुमध्ये धेरैलाई काम नै दिनुपर्छ भन्ने पनि थिएन। काम गरेर खाने माहौल बनाई दिए पुग्थ्यो। तर सर्वसाधरणले गरिखाने माहौल बनाउन सरकार पहिलेदेखि नै चुक्दै आएको थियो। तसर्थ, सरकारले सहज अवस्थामा नगरेको काम असहज अवस्था गर्छु भन्दा नपत्याउनु स्वभाविक हो।  

दुई तिहाईको सरकार गफाडीको बादशाह भएको छ। गफाडीका बादशाहहरू हावामा सुन्दर महल ठड्याउँछन् तर ओत दिने सामान्य छाप्रो बनाउन चुक्छन्। सत्तारोहण गर्दैगर्दा ओली सरकारको सुँगा रटाई गजबकै थियो। मुखले दुईतिहाईको सरकारको शक्ति र सपनाको प्रचार राम्रैसँग गर्‍यो। व्यवहारमा भने दुई तिहाईको सरकार खरो उत्रिन सकेन। आधा कार्यकाल बितेको बेला सरकार जनताको नजरमा निरीह देखिएको छ। सरकारले कोरोनाको कारण देखाएर शंकाको लाभ लिने प्रयास त गर्ला तर दुई तिहाईको योजना कति हचुवा थियो भन्ने कुरा भने पहिले नै प्रमाणित भइसकेको थियो।

कोरोना आउनुअगावै हावाबाट बिजुली निकाल्ने कुरा चर्चामा थियो। प्रधानमन्त्रीले नै बोलेपछि यो योजना चर्चामा आयो। हावाबाट बिजुली निकाल्ने योजना हावा झै तेज भएर फैलियो। आज हावाबाट बिजुली निकाल्ने योजना हावामै विलीन भएको छ। चलिरहेको सार्वजनिक यातायात व्यवस्थित गर्न नसकिरहेको सरकारको मोनोरेल र पानीजहाजका सपना विश्वसनीय थिएनन् नै। कतिपयले सपना देख्न पनि नपाउने भनेर प्रश्न गर्थे। 

nimb
nimb
Ncell 2
Ncell 2

प्रधानमन्त्री स्वयंको बटमलाइन पनि सपना देख्नुपर्छ भन्ने थियो। तर दुई वर्षमा चलाउने भनेको पानीजहाज अढाई वर्ष बितिसक्दा पनि चलेको छैन। सायद, पूरै कार्यकाल बित्दा पनि प्रधानमन्त्री ओलीको यो सपना पूरा हुने छैन। केबल उनको आत्मकथामा ‘अधुरा ख्वाव’को अध्याय बनेर रहनेछन्। 

विगतको सरकारको कथनी र करनीमा एकरुपता थिएन। सरकारको क्रियाकलाप यस्तो नहोस् भन्नको लागि जनताले कम्युनिस्ट मोर्चालाई झन्डै दुईतिहाई मत दिए। मोर्चाबन्दीबाट शक्तिशाली भएपछि प्रधानमन्त्रीमा लुई १४औ को भूत सवार भयो। आफूलाई सम्पूर्ण र सर्वेसर्वा ठान्ने प्रधानमन्त्रीले लोकतन्त्र, पारदर्शिता र सुशासनको कुरा त गरे तर व्यवहार त्यसअनुरुप भएन। आलोचनात्मक चेत भएकाबाट आएको गुनासोमा षडयन्त्र मात्र देखे। पारदर्शिताको सन्दर्भमा प्रतिपक्ष र जनता त आजित थिए नै। उनकै पार्टीका नेताहरु सन्तुष्ट हुन सकेनन्।

सुसाशनको त कुरै नगरौँ। सरकारका मन्त्रीलाई जुन रकम मोलतोल गरेको आरोप लाग्यो, (भलै भोलि त्यो गलत ठहरिएला) त्यसले हामी गरिब देशका जनता हौ भनेर विश्वास गर्न गाह्रो छ। जनताले सहजता र आर्थिक अवसर पाएका छैनन्। सुसाशन र विकाशको काम भएको भए निश्चय नै जनताले सहजता र थप अवसर पाएको महसुस गर्थे। बरु प्यालेस्टाइनबाट अमेरिका बसाई सरेका लेखक तथा प्रोफेसर एडवार्ड साईदले भने झै भ्रष्टचारको सीमाहीन हुँदै गएको देखिन्छ।

भजनमण्डलीको स्तुतिगानमा हराएको सरकारले आफन्तमाथि लागेको भ्रष्टचारको ठाडै प्रतिकार गरिरहेको छ। विधिसंगत त्यसको छानबिन तथा निर्णय गर्ने कुरा त धेरै पर छ। अर्कोतिर भजनमण्डलीलाई नियुक्ति दिने अनि क्षमतावानलाई वेवास्ता गर्ने तथा पाखा पार्ने क्रम यथावत नै छ। 

आफू नै सर्वेसर्वा ठान्ने र आफ्नो स्तुति गाउनेलाई काखी च्याप्ने बहालवाला सरकारको प्रमुख विशेषता भएको छ। जुनै देशमा पनि यस्तो सरकारले अवसरवादीलाई बौद्धिक र क्षमतावान् देख्ने हो। नेताको मनोविज्ञान बुझेका बौद्धिक र क्षमतावान् भनाउदाहरु प्रधानमन्त्री तथा मन्त्रीको चाकडीमा लिप्त छन्। यस्ता अवसरवादीको झुन्डले बन्दकोठामा प्रधानमन्त्री तथा मन्त्रीहरुको चित्त प्रसन्न त गराउलान्, सरकारको कामको वास्तविक तस्बिर चाहिँ देखाउँदैनन्।

आफू नै सर्वेसर्वा ठान्ने र आफ्नो स्तुति गाउनेलाई काखी च्याप्ने बहालवाला सरकारको प्रमुख विशेषता भएको छ।

लोकतन्त्रमा आलोचनात्मक चेत राख्नेहरुको आवाज महत्वपूर्ण हुन्छ। ती आवाजहरुले सरकारको काममा सुधारको ठाउँ औल्याउँछन्। तर आलोचना सुन्न नसक्ने सरकारको विकासका योजना कति कमजोर धरातलमा उभिएको रहेछ? ठूला ठूला सपना बाँड्ने सरकारसँग विपत र महामारी सामना गर्ने योजना कस्ता रहेछन्?

यसको उत्तर दुःख गरेर पढ्छु अनि देशमै केही गर्छु भन्ने बुद्धिमान माझीको भोको पेटले बताइरहेको छ। विदेशस्थित नेपाली दूतावासमा प्रधानमन्त्रीको विरुद्धमा लागेको नाराले देखाइरहेको छ। सरकार र प्रसाशक राज्यकोषबाट तलबभत्ता बुझेर लकडाउन गर्न आतुर हुन्छन्। स्वास्थ्यको क्षेत्रमा वर्षौं काम गरेका प्रसाशक तथा कर्मचारी विदेशीको भ्याक्सिनबाहेक महामारीबाट पार पाउने विकल्प देख्दैनन्। अधिकार, श्रोतसाधन लिएर बसेकाहरु जब गैरजिम्मेवार हुन्छन्, त्यहाँ बुद्धिमान माझी जस्ताले भोक सहने आदत बसाल्नुको विकल्प छैन। 

भोकका बावजुद स्वयम् देखिन्छन् बुद्धिमान माझी। उनी नियमित तलबभत्ता बुझेर सुरक्षित रहेका शासक तथा प्रशासक जस्तो उत्तेजित देखिँदैनन्। धेरैले अझै पनि आफ्नो भोक र पीडालाई आक्रोशमा परिणत गरेका छैनन्। यसको अर्थ जनता सरकारले गरिरहेको छ भनेर धैर्यवान भएका हैनन्। यो सरकारबाट आश गर्नु नै व्यर्थ छ भनेर चित्त बुझाएका हुन्। 

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  २०:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
ताजा समाचारसबै
विश्वकप लिग २: नामिबियापछि नेदरल्यान्ड्ससँग पनि नेपालको लज्जास्पद हार बिहीबार, साउन ७, २०८३
वैदेशिक व्यापारमा सुधार, तर घाटा झण्डै १८ खर्ब बिहीबार, साउन ७, २०८३
नेपाली ब्याटिङ लाइन फेरि धराशायी, नेदरल्यान्ड्ससामु मात्र १५८ रनको लक्ष्य बिहीबार, साउन ७, २०८३
अब विश्वविद्यालय मेरिटोक्रेसीको आधारमा चल्छ, राजनीतिक हस्तक्षेप हुँदैन : शिक्षामन्त्री पोखरेल बिहीबार, साउन ७, २०८३
लामो संघर्षबाट ल्याइएको लोकतन्त्र अहिले अपहरणमा परेको छ : ओली बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, साउन ७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णयहरू बुधबार, साउन ६, २०८३
जम्मू–कश्मिरमा अमरनाथ यात्रा सुरक्षामा खटिएका प्रहरीमाथि आतंकवादी हमला, एक प्रहरीको हत्या बुधबार, साउन ६, २०८३
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्