काठमाडौं- ललितपुरस्थित पुल्चोकमा रातो मन्छिन्द्रनाथको रथयात्रा गर्ने क्रममा झडप हुँदा पक्राउ परेका सात जनालाई छाडिएको छ।
पक्राउ परेका १९ जनामध्ये ३ जनालाई यसअघि नै छाडिएको थियो। बाँकी १६ जनाको कोरोना भाइरसको जाँच गराउँदा ६ जनामा कोरोना संक्रमण देखिएपछि छाडिएको हो। बाँकी एक जना भने बिरामी भएपछि छाडिएको हो। उनीहरुलाई हाजिर जमानीमा छाडिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले बताए।
पक्राउ परेकामध्ये अझै केहीको कारोना रिपोर्ट भने आउनै बाँकी छ। गत बिहीबार निषेधाज्ञा उल्लंघन गर्दै रथ तान्न थालेपछि प्रहरी र प्रर्दशनकारीबीच झडप भएको थियो। सो क्रममा प्रदर्शनकारीको कुटाइबाट ट्राफिक प्रहरी जवान कमल घिमिरे गम्भीर घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।