• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

कोरोना प्रभाव : पहिलो त्रैमासमै बैंकको नाफा २५ प्रतिशतले घट्ने

64x64
अरुण सापकोटा सोमबार, भदौ २२, २०७७  ०९:२०
1140x725

काठमाडौं-कोभिड-१९ को प्रभाव बढ्दै गए बैंकहरु सञ्चालन नै हुन नसक्ने अवस्था आउने बैंकरहरुले बताएका छन्। गत आर्थिक वर्षमै बैंकहरुको नाफा १२ प्रतिशतले घटेको र चालु आवको सुरुदेखि नै बैंकहरु पूर्ण रुपमा सञ्चालन हुन नसकेकाले नाफामा नसोचिएको गिरावट आउन सक्ने उनीहरुको भनाइ छ। 

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने, 'नाफा अवश्य घट्छ तर यति नै घट्छ भनेर अहिल्यै भन्न सकिँदैन। अवस्था सामान्य भयो भनेचाहिँ यस अगाडि व्यापार हुन नसकेको पनि कभर  हुन सक्छ।’ 

स्थानीय निकायहरुले कोभिड नियन्त्रण गर्नै भन्दै निषेधाज्ञा जारी गर्दै आएका छन्। यसको असरका कारण पहिलो त्रैमासमै बैंकहरुको नाफा झन् धेरै घट्ने आँकलन गरिएको हो। 

व्याज नउठ्नुका साथै बैंकहरुले विभिन्न सेवा प्रदान गरेर प्राप्त गर्ने आम्दानीमा पनि गिरावट आएको छ। नियमित हुने आम्दानी ठप्प हुँदा बैंकहरुको नाफामा अझ धेरै प्रभाव पारेको छ। व्यापार व्यवसायमा असर देखिएपछि दोस्रो असर बैंकलाई नै पर्ने भएकाले  अबका दिनमा पनि बैंकहरुमा ठूलो प्रभाव पर्ने सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ बताउछन्। 

उनले भने, ‘व्यापार व्यवसाय गरेर साँवा तथा किस्ता तिर्नुपर्ने ऋणी सबैभन्दा धेरै मर्कामा छन्। बचत हुने ऋणीले अहिलेसम्म व्याज तथा किस्ता धानिरहेका भए पनि भोलिका दिनमा त्यस्ता ऋणीहरु पनि कम हुँदै जाने छन्। यसको असर बैंकमा देखिन थालिसकेको छ।’

अहिलेसम्म ऋणीहरुले पुरानो बचत प्रयोग गरेर तिरिरहेका छन्। तर अब उनीहरुले तिर्न नसक्ने गुरुङ बताउछन्। उनले भने, ‘कसैले घरघडेरी नै बेचेर कर्जा तिर्छुभन्दा पनि घर जग्गा नविक्न सक्छ।’ 

यदि यही अवस्था लम्बिदै गए चैत मसान्तसम्ममा साना बैंकहरु नोक्सानमा देखिन सक्ने नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउछन्। 

राष्ट्र बैंककाे पछिल्लो निर्देशन अनुसार साना बैंक सबैभन्दा धेरै प्रभावित देखिएको सिभिल बैंकका गुरुङ बताउछन्। उनले भने, ‘राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले प्रत्यक्ष रुपमा व्याज छुट दिनुपर्‍यो। यसले उनीहरुको पाकिसकेको नाफा प्राप्त गर्न सकेनन्। ठूला बैंकहरुलाई यसले खासै असर नगरे पनि सिभिलजस्ता साना बैंक प्रभावित बने।’ 

Ncell 2
Ncell 2
nimb
nimb

गत चैतदेखि प्रायः साना बैंकहरुले राम्रोसँग व्यापार गर्न सकेका छैनन्। वाणिज्य बैंकहरुको निक्षेप तथा कर्जा विस्तारमा सबैभन्दा अगाडि ठूला बैंकहरु छन्। केही बैंकहरुले घुमाउरो तरिकाले निक्षेप तथा कर्जा लगानी गरे पनि अधिकांश बैंकहरुको नाफा घटेको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा बताउछन्। 

‘व्यापार विस्तार रोकिनु त छँदैछ, बैंकहरुले कर्जा उठाउन नसक्दा जोखिम बढेको छ,’  सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत दाहाल भन्छन्।  

गत वर्ष साढे ९ महिना जति बैंकहरु सञ्चालनमा थिए तर यो आर्थिक वर्षको सुरुदेखि नै बन्द गर्नु पर्ने अवस्थाले गर्दा बैकहरु प्रभावित हुने दाहाल बताउछन्। उनले थपे, 'गत वर्षभन्दा अझ धेरै स्ट्रेस हुनेवाला छ। हामीले हेरिरहेका छौं।'   स्वास्थ्यका पूर्वाधार निर्माण गर्न ध्यान दिनु पर्ने दाहालको सुझाव छ। 

कुनै पनि उपाय अपनाएर लकडाउन खुला गर्नैपर्ने दाहाल बताउछन्। 'बन्द नै समाधान होइन। जनतालाई मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षाका औजार प्रयोग गरेर खोल्नै पर्छ,' उनले भने, 'भाइरसले मर्ने भन्दा भोकले मर्ने अवस्था आउछ। भोक र भाइरस दुबैबाट बँच्ने उपाय निकाल्नु पर्छ।'

Xtrem

Xtrem

यस्तो अवस्थामा केही बैंकहरुले व्यापार बढाइरहेकोमा आफू अचम्ममा परेको हिमालयन बैंकका राणा बताउछन्। उनले भने, 'हामी पनि अचम्ममा परेका छौ। धेरैजसो बैंकहरुको निक्षेप र कर्जा लगानी केही बढेको छ। कर्जा लगानीको अनुपात घटिरहेको छ। कर्जा विस्तारमा एनआइसी एशियामात्रै आक्रामक छ। १७ अर्बले कर्जा विस्तार बढ्दा एनआईसी एशियाले कुनै-कुनै बैंकको एक वर्षको बजेट नै साढे दुई महिनामा विस्तार गरेको छ।'

बैंकहरुले प्राथमिकताप्राप्त क्षेत्रमा आधार व्याजदर भन्दा तल कर्जा दिन सक्छन्। यही छिद्र प्रयोग गर्दै बैंकहरुले आधार व्याजदरभन्दा तल कर्जा दिने र त्यही पैसा पुनः मुद्दती निक्षेपका रुपमा जम्मा गर्ने गरेको राणाले आरोप लगाए। अब बैंकहरुलाई साँच्चि नै असर पुग्ने राणा बताउछन्। 

बैंकहरुमा अधिकत तरलता थु्प्रिँदै गएको छ। नेपाल राष्ट्र बैंकले सिसिडी अनुपात बढाउँदा बैंकहरुसँग कर्जा लगानी गर्न सक्ने क्षमता बढेको छ। यसले गर्दा बैंकहरुलाई लगानी गर्नैपर्ने दबाब भएको राणा बताउछन्। 

राणाले थपे, 'बैंकहरुसँग धेरै पैसा छ। यो समय कर्जा लिनेको लागि सबैभन्दा राम्रो अवसर हो। यदि यो पैसा उत्पादनमूलक क्षेत्रमा गयो भने अर्थतन्त्रलाई उकास्न पनि मद्दत गर्छ।'

तर देशका अधिकांश ठाउँमा लकडाउन छ। नयाँ कर्जा जाने अवस्था छैन। त्यसैले गर्दा घर जग्गा तथा शेयर बजारजस्ता क्षेत्रमा कर्जा जाने जोखिम उच्च भएको राणाले बताए। लकडाउन लम्बिँदै जाँदा कर्जा तिर्न सक्नेले मात्र तिरिरहेको गुरुङले  बताए।

उनले थपे, 'मंसिर मसान्तसम्ममा नेपाल राष्ट्र बैंकले दिएको सुविधा अनुसार पनि बैंकहरुको नाफामा धेरै ठूलो असर पर्ने छैन। तर यही अवस्था पुस तथा चैतसम्म पुग्यो भने बैंकहरुको नाफामात्रै होइन धेरै पक्षमा असर गर्ने छ।'


 

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  ०९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्