• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
सामाजिक दूरी होइन भौतिक दूरी
सुदर्शन पौडेल सोमबार, भदौ २२, २०७७  ०८:०४
1140x725

कोभिडको विश्वव्यापी महामारीको निदानका लागि सुझाइएका तीन नियममध्येको एक हो एक अर्काका बीच (सम्भव  भएसम्म दुई मिटरको) भौतिक दूरी कायम गर्ने। तर यस सरल तथ्यलाई विश्वव्यापी रुपमा गलत अर्थ लाग्नेगरी ‘सामाजिक दूरी कायम गरौं’ भनी प्रचारप्रसार गरियो।

यो वाक्यांशलाई विश्व स्वास्थ्य संगठनलगायतका पश्चिमा देशहरुले खुबै उचाले, बाँकी देशहरुले हो मा हो मिलाए। सुरुवाती अवस्थामा काठमाडौंका केही ठूला अस्पतालमा भर्ना भएका कोभिडका बिरामीहरुलाई आइसोलेसन (एकान्तबास)को अवधिमा फोन वा अन्य विद्युतीय सञ्चारबाट टाढा राखिएकाे थियाे। 

सामाजिक दूरीको नियमलाई कडाइका साथ पालना गर्न त्यस्तो विधि अपनाएको हुन सक्छ। कोही मानिसहरु सामाजिक संजालले कोभिडको संक्रमण बढाउने तर्क पनि गर्ने गर्थे। सामाजिक दूरीलाई भौतिक दूरीले प्रतिस्थापन गर्नुपर्ने भनी स्वास्थ्य तथा शिक्षा क्षेत्रबाट सुरुदेखि नै आपत्ति जनाउदै आइएको हो। यद्यपि सरकारी सूचना वा सञ्चार माध्यममा आएका सन्देशमा यसैले निरन्तरता पाइरह्यो।

यो अवस्था आउनुका मुख्य कारण विदेशका हरेक चिजलाई सहज रूपले ग्रहण गर्ने प्रवृत्तिका कारण हुन गएको प्रष्ट हुन्छ। भौतिक दूरी र सामाजिक दूरीको बीचकाे खिचातानीले आम मानिसमा अन्याेल सिर्जना गरेका कारण समस्या थप बल्झियो।

त्यसो त भौतिक दूरीले पनि केही मात्रामा सामाजिक दूरी बढाउँछ। तर त्यसो भन्दैमा सामाजिक दूरी र भौतिक दूरी एकै हुन् भन्ने तर्क युक्तिसंगत हुँदैन। सामाजिक रुपमा गाँसिएका व्यक्ति, परिवार र समाजको बीचमा तोकिएको दूरी कायम गर्नुपर्ने भएकाले यो सरल र उचित हुने तर्क गर्नेहरु सुकिला मानिसहरुको कुरालाई साधारण लेखपढदेखि गरिखाने आम मध्यम वर्गले पटक्कै बुझेन।

हुन पनि कसरी बुझोस् युरोप अमेरिकाजस्ता व्यक्तिवादी संस्कृति भएको समाजले आफ्नो परिवेशलाई मध्यनजर गरेर चयन गरेको वाक्यांशलाई बहुलवादी संस्कृति भएको समाजका मानिसले 'मान कि नमान म तेरो यजमान' भनेजस्तो उनीहरुका कुरा स्वीकारिदिनु परेको छ।

उनीहरुको परिवेशमा भौतिक दूरी र सामाजिक दूरी समानार्थी हुन सक्ला तर हाम्रो परिवेशमा त्यो कदापी सत्य हुँदैन। हाम्रो समाजले परापूर्वकालदेखि समदूरीको नियम पालना गर्दै आएको हो। हामी परिवार वा घनिष्ट सम्बन्ध बाहेककासँग हात मिलाउने, अंगालो मार्ने, चुम्बन गर्ने गर्दैनथ्यौं। यस्ता गतिविधि हाम्रो समाजमा शैक्षिक वा सांस्कृतिक औपनिवेशले भित्रिएको हो। हामीले आफ्नै परम्परागत शैलीको भौतिक दूरीलाई स्थापित गराउन सकियो भने कोभिड-१९ को लडाइँमात्र होइन पछि आउन सक्ने हैजालगायतका अन्य संक्रामक जनस्वास्थ्य समस्याहरु समाधान गर्न सहज पर्नेछ। 

स्वास्थ्य विपत्तिको अवस्थामा भौतिक दूरीको सट्टामा अझ थप प्रभावकारी अर्को कुनै वाक्यांश पो हुन सक्थ्यो कि भन्ने तर्क गर्नुपर्ने हुन सक्छ। अहिलेको समाजमा एउटै सामग्री वा सेवालाई फरक-फरक व्यक्तिले प्रयोग गर्नुपर्ने अवस्थामा भौतिक दूरी भन्ने वाक्यांश बाधक हुन सक्ने देखिन्छ।

Ncell 2
Ncell 2

कोभिडको डरका कारण मानिसहरु पुस्तकालय जान डराए, अफिसमा कलमदेखि कुर्ची टेबलसमेत व्यक्तिपिच्छे फरक–फरक हुनुपर्ने अघोषित नियम बने। व्यक्तिपिच्छे ट्वाइलेट वा धाराको अपेक्षा हुन थाल्यो। उपचारका अत्यावश्यकीय औजारको पुनः प्रयोगमा आशंका व्यक्त गरियो। हामीले चाहेको त निश्चित शारीरिक दूरी कायम गर्ने कुरा बढी महत्वपूर्ण थियो होला न कि सामग्री वा सेवा नै फरक-फरक।

मानिस-मानिसबीच विचार, भावना र प्रार्थनामा एकाकार भएर पनि भौतिक वा शारीरिक रुपमा उचित दूरी कायम गर्न सिक्ने वा सिकाउन सकेको भए कोभिड र यसपछि आउन सक्ने जनस्वास्थ्यका अन्य संभाव्य खतराहरुसँग जुध्न पनि बल पुग्ने थियो।

कोभिड संक्रमित वा प्रभावितप्रति समाजमा भेदभाव वा दुर्व्यवहार बढ्नुको एक कारण पनि यही भाषाको दुरुपयोग हो। पक्कै पनि उच्च संक्रामक भाइरसका कारण निश्चित भौतिक दूरी कायम गर्नैपर्ने अवस्था आएको हो। यस अवस्थामा मानिसहरुलाई सामाजिक सञ्जाल वा अन्य विधिबाट एक अर्काको नजिक ल्याउने, गाह्रो साह्रोमा मद्दत गर्नुपर्ने चेतना आउन निकै ढिला भयो।

कैयौं परिवार र व्यक्तिहरु मानसिक रुपमा विक्षिप्त भए, कतिले आत्मघात गरे। यो अवस्था आउनुमा औपनिवेशिक मानसिकताले सिर्जना गरेको भाषिक त्रुटी पनि जिम्मेवार छ। एउटा समस्याको निदानको नाममा अर्को समस्या सिर्जना गर्ने भुल गरियो। 

अन्त्यमा, कोभिडलगायत कतिपय संक्रामक रोगहरुबाट बच्न भौतिक दूरी कायम गर्नुपर्दछ। भौतिक दूरी कायम गर्ने कुरा पूर्वीय सभ्यता पनि हो। पछिल्लो समयमा आएको शैक्षिक (आर्थिक, सांस्कृतिक) औपनिवेशिक मानसिकताको कारण भौतिक दूरीलाई सामाजिक दूरीको रुपमा परिभाषित गरियो। जुन बेलामा मानिसलाई सहयोग र सद्भावको बढी आवश्यकता पर्दथ्यो त्यसबेलामा एक्लो पार्ने, मानसिक रुपमा उत्पीडन गराउने गतिविधिहरु भए। यसले गम्भीर संक्रामक रोगको व्यवस्थापन र रोगथामका प्रयासहरु कमजोरमात्र पारेन प्रत्यूत्पादक भयो। कोभिडविरुद्धको लडाइँमा सिकेको पाठ अब आइन्दा नदोहोरियोस्। 

(पौडेल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनस्वास्थ्य संकायमा कार्यरत छन्।)

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  ०८:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने
पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
नेपाल समृद्ध बनाउन विज्ञान र प्रविधिको प्रयोग आवश्यक : पूर्वराष्ट्रपति भण्डारी
सम्बन्धित सामग्री
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्योपनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इ... मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवैजनाको रिट एकैठाउँमा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो। आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आधुनिक ओखतिविज्ञान, आर्यूवेद तथा आध्यात्मिक अभ्यासका कारण चौरासी वर्षका क्याप्टेन आशबहादुर गुरुङ क्यान्सरमुक्त भएका हुन् । दिल्लीस्थ... आइतबार, फागुन १८, २०८१
ताजा समाचारसबै
जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने शनिबार, जेठ २४, २०८२
पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ : प्रधानमन्त्री शनिबार, जेठ २४, २०८२
नेपाल समृद्ध बनाउन विज्ञान र प्रविधिको प्रयोग आवश्यक : पूर्वराष्ट्रपति भण्डारी शनिबार, जेठ २४, २०८२
सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद शनिबार, जेठ २४, २०८२
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
फ्रान्स माथि स्पेनको सानदार जित, लामिनको उत्कृष्ट प्रदर्शन शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्