• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

सामाजिक दूरी होइन भौतिक दूरी

सुदर्शन पौडेल सोमबार, भदौ २२, २०७७  ०८:०४
1140x725

कोभिडको विश्वव्यापी महामारीको निदानका लागि सुझाइएका तीन नियममध्येको एक हो एक अर्काका बीच (सम्भव  भएसम्म दुई मिटरको) भौतिक दूरी कायम गर्ने। तर यस सरल तथ्यलाई विश्वव्यापी रुपमा गलत अर्थ लाग्नेगरी ‘सामाजिक दूरी कायम गरौं’ भनी प्रचारप्रसार गरियो।

यो वाक्यांशलाई विश्व स्वास्थ्य संगठनलगायतका पश्चिमा देशहरुले खुबै उचाले, बाँकी देशहरुले हो मा हो मिलाए। सुरुवाती अवस्थामा काठमाडौंका केही ठूला अस्पतालमा भर्ना भएका कोभिडका बिरामीहरुलाई आइसोलेसन (एकान्तबास)को अवधिमा फोन वा अन्य विद्युतीय सञ्चारबाट टाढा राखिएकाे थियाे। 

सामाजिक दूरीको नियमलाई कडाइका साथ पालना गर्न त्यस्तो विधि अपनाएको हुन सक्छ। कोही मानिसहरु सामाजिक संजालले कोभिडको संक्रमण बढाउने तर्क पनि गर्ने गर्थे। सामाजिक दूरीलाई भौतिक दूरीले प्रतिस्थापन गर्नुपर्ने भनी स्वास्थ्य तथा शिक्षा क्षेत्रबाट सुरुदेखि नै आपत्ति जनाउदै आइएको हो। यद्यपि सरकारी सूचना वा सञ्चार माध्यममा आएका सन्देशमा यसैले निरन्तरता पाइरह्यो।

यो अवस्था आउनुका मुख्य कारण विदेशका हरेक चिजलाई सहज रूपले ग्रहण गर्ने प्रवृत्तिका कारण हुन गएको प्रष्ट हुन्छ। भौतिक दूरी र सामाजिक दूरीको बीचकाे खिचातानीले आम मानिसमा अन्याेल सिर्जना गरेका कारण समस्या थप बल्झियो।

त्यसो त भौतिक दूरीले पनि केही मात्रामा सामाजिक दूरी बढाउँछ। तर त्यसो भन्दैमा सामाजिक दूरी र भौतिक दूरी एकै हुन् भन्ने तर्क युक्तिसंगत हुँदैन। सामाजिक रुपमा गाँसिएका व्यक्ति, परिवार र समाजको बीचमा तोकिएको दूरी कायम गर्नुपर्ने भएकाले यो सरल र उचित हुने तर्क गर्नेहरु सुकिला मानिसहरुको कुरालाई साधारण लेखपढदेखि गरिखाने आम मध्यम वर्गले पटक्कै बुझेन।

हुन पनि कसरी बुझोस् युरोप अमेरिकाजस्ता व्यक्तिवादी संस्कृति भएको समाजले आफ्नो परिवेशलाई मध्यनजर गरेर चयन गरेको वाक्यांशलाई बहुलवादी संस्कृति भएको समाजका मानिसले 'मान कि नमान म तेरो यजमान' भनेजस्तो उनीहरुका कुरा स्वीकारिदिनु परेको छ।

उनीहरुको परिवेशमा भौतिक दूरी र सामाजिक दूरी समानार्थी हुन सक्ला तर हाम्रो परिवेशमा त्यो कदापी सत्य हुँदैन। हाम्रो समाजले परापूर्वकालदेखि समदूरीको नियम पालना गर्दै आएको हो। हामी परिवार वा घनिष्ट सम्बन्ध बाहेककासँग हात मिलाउने, अंगालो मार्ने, चुम्बन गर्ने गर्दैनथ्यौं। यस्ता गतिविधि हाम्रो समाजमा शैक्षिक वा सांस्कृतिक औपनिवेशले भित्रिएको हो। हामीले आफ्नै परम्परागत शैलीको भौतिक दूरीलाई स्थापित गराउन सकियो भने कोभिड-१९ को लडाइँमात्र होइन पछि आउन सक्ने हैजालगायतका अन्य संक्रामक जनस्वास्थ्य समस्याहरु समाधान गर्न सहज पर्नेछ। 

स्वास्थ्य विपत्तिको अवस्थामा भौतिक दूरीको सट्टामा अझ थप प्रभावकारी अर्को कुनै वाक्यांश पो हुन सक्थ्यो कि भन्ने तर्क गर्नुपर्ने हुन सक्छ। अहिलेको समाजमा एउटै सामग्री वा सेवालाई फरक-फरक व्यक्तिले प्रयोग गर्नुपर्ने अवस्थामा भौतिक दूरी भन्ने वाक्यांश बाधक हुन सक्ने देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

कोभिडको डरका कारण मानिसहरु पुस्तकालय जान डराए, अफिसमा कलमदेखि कुर्ची टेबलसमेत व्यक्तिपिच्छे फरक–फरक हुनुपर्ने अघोषित नियम बने। व्यक्तिपिच्छे ट्वाइलेट वा धाराको अपेक्षा हुन थाल्यो। उपचारका अत्यावश्यकीय औजारको पुनः प्रयोगमा आशंका व्यक्त गरियो। हामीले चाहेको त निश्चित शारीरिक दूरी कायम गर्ने कुरा बढी महत्वपूर्ण थियो होला न कि सामग्री वा सेवा नै फरक-फरक।

मानिस-मानिसबीच विचार, भावना र प्रार्थनामा एकाकार भएर पनि भौतिक वा शारीरिक रुपमा उचित दूरी कायम गर्न सिक्ने वा सिकाउन सकेको भए कोभिड र यसपछि आउन सक्ने जनस्वास्थ्यका अन्य संभाव्य खतराहरुसँग जुध्न पनि बल पुग्ने थियो।

कोभिड संक्रमित वा प्रभावितप्रति समाजमा भेदभाव वा दुर्व्यवहार बढ्नुको एक कारण पनि यही भाषाको दुरुपयोग हो। पक्कै पनि उच्च संक्रामक भाइरसका कारण निश्चित भौतिक दूरी कायम गर्नैपर्ने अवस्था आएको हो। यस अवस्थामा मानिसहरुलाई सामाजिक सञ्जाल वा अन्य विधिबाट एक अर्काको नजिक ल्याउने, गाह्रो साह्रोमा मद्दत गर्नुपर्ने चेतना आउन निकै ढिला भयो।

कैयौं परिवार र व्यक्तिहरु मानसिक रुपमा विक्षिप्त भए, कतिले आत्मघात गरे। यो अवस्था आउनुमा औपनिवेशिक मानसिकताले सिर्जना गरेको भाषिक त्रुटी पनि जिम्मेवार छ। एउटा समस्याको निदानको नाममा अर्को समस्या सिर्जना गर्ने भुल गरियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अन्त्यमा, कोभिडलगायत कतिपय संक्रामक रोगहरुबाट बच्न भौतिक दूरी कायम गर्नुपर्दछ। भौतिक दूरी कायम गर्ने कुरा पूर्वीय सभ्यता पनि हो। पछिल्लो समयमा आएको शैक्षिक (आर्थिक, सांस्कृतिक) औपनिवेशिक मानसिकताको कारण भौतिक दूरीलाई सामाजिक दूरीको रुपमा परिभाषित गरियो। जुन बेलामा मानिसलाई सहयोग र सद्भावको बढी आवश्यकता पर्दथ्यो त्यसबेलामा एक्लो पार्ने, मानसिक रुपमा उत्पीडन गराउने गतिविधिहरु भए। यसले गम्भीर संक्रामक रोगको व्यवस्थापन र रोगथामका प्रयासहरु कमजोरमात्र पारेन प्रत्यूत्पादक भयो। कोभिडविरुद्धको लडाइँमा सिकेको पाठ अब आइन्दा नदोहोरियोस्। 

(पौडेल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनस्वास्थ्य संकायमा कार्यरत छन्।)

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  ०८:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्