• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

घट्दो कार बिक्री : निसान र माज्दापछि डिलर खोसिने पालो होन्डाको?

64x64
शिव बोहरा शुक्रबार, भदौ १९, २०७७  १७:१५
1140x725

काठमाडौं- पछिल्लो केही वर्षयता नेपाली अटोमोबाइल बजारमा डिलर परिवर्तन गर्ने क्रम तीव्र गतिमा भइरहेको छ। विशेषगरी साना गाडी (कार)को बिक्री बढ्दै गएको र त्यस्ता सवारीको बिक्रीबाट राम्रो मुनाफासमेत प्राप्त हुने भएकाले व्यवसायिक घरानाको ध्यान त्यसतर्फ आकर्षित भएको छ। २०७४ मा चर्चित जापानी कार ब्रान्ड निसानको बिक्रेता फेरिएको थियो। सोही वर्ष फ्रेन्च ब्रान्ड प्युजोको समेत बिक्रेता खोसिएको थियो। 

मुलुकमा सवारी व्यवसाय फस्टाउँदै गएसँगै विभिन्न अन्तर्राष्ट्रिय मोटरको स्थानीय आधिकारिक विक्रेता फेरिने क्रम पनि बढेको छ। देशका प्रतिष्ठित व्यावसायिक घराना नै आधिकारिक बिक्रेता बन्ने प्रतिस्पर्धामा छन्। यसअघिका आधिकारिक विक्रेताबाट उत्पादक कम्पनी असन्तुष्ट भइरहेको र व्यवसाय राम्रो गर्ने देखेपछि हेरफेर पनि भइरहेको छ। 

२५ वर्षदेखि जापानी ब्रान्ड निसान बिक्री गर्दै आएको दुगर समूहअन्तर्गतको दुगर ब्रदर्स एन्ड सन्सबाट खोसिएको निसान ब्रान्डको ३ वर्षअघि सारडा समूहले हात पारेको थियो। त्यसयता सारडा समूह अन्तर्गतको पायोनियर मोटर्सले निसानका कार बिक्री गर्दै आएको छ। 

यस्तै, किशोर गेयरले बिक्री गर्दै आएको फ्रेन्च ब्रान्ड प्युजो उसबाट खोसिएर गोल्छा अर्गनाइजेसन अन्तर्गतको सांग्रिला मोटर्सले बिक्री गर्दै आएको छ। त्यस्तै अर्को जापानी ब्रान्ड माज्दाले पनि पुरानो आधिकारिक बिक्रेताबाट खोसेरे नयाँ अधिकारिक बिक्रेता तोकेको छ। 

माज्दा कम्पनीले पुरानो बिक्रेता पद्यश्री प्रालिबाट २०७६ चैतमा नयाँ बिक्रेता पारामाउन्ट मोटर्सलाई नियुक्त गरेको हो। फागुन २८ गते माज्दा जापानले पद्यश्रीसँगको सम्झौता भंग गरी नयाँ बिक्रेता आह्वान गर्दै सार्वजनिक सूचना निकालेको थियो। यसअघि माज्दाको आधिकारिक बिक्रेता पद्मश्री ग्रुपका अध्यक्ष रोहिणी थपलियाबाट खोसिएको हो। उनी नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष समेत हुन्। 

सवारी व्यवसायमा राम्रो नाफा हुने भएकाले व्यवसायिक घरानाहरु ब्रान्डेड सवारी ब्रान्ड हत्याउन लागिरहेका छन्। 

उल्लेखित सबै ब्रान्डको डिलरसिप परिवर्तन हुनुको मुख्य कारण उत्पादक कम्पनीसमक्ष बिक्रेताले राखेको लक्ष्य अनुसारको बिक्री हुन नसक्नु नै हो। डिलर कम्पनीले उत्पादक कम्पनीलाई हरेक वर्ष आफूले बिक्री गर्ने योजना पेस गर्नुपर्छ। हरेक वर्ष आफैले प्रस्तुत गरेको लक्ष्यमा पुग्न नसकेपछि उत्पादक कम्पनीले इच्छुक अर्को कम्पनीलाई पुरानोबाट खोसेर नयाँ डिलर नियुक्त गर्नु स्वभाविक मानिन्छ।  

पछिल्लो समय नेपाली बजारमा सवारी बिक्रेताहरुको डिलर खोसिने क्रम तीव्र भएको छ। सवारी व्यवसायमा राम्रो नाफा हुने भएकाले व्यवसायिक घरानाहरु ब्रान्डेड सवारी ब्रान्ड हत्याउन लागिरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

तर सवारीसाधन (विशेषगरी कार) बिक्रीमा राम्रो मुनाफा हुने र बिक्री संख्या समेत बढ्दै गएकाले व्यवसायिक घराना आकर्षित भएका हुन्। खासगरी जापानी अटोमोबाइल उत्पादनकर्ताहरुले छिटोछिटो आफ्ना आधिकारिक बिक्रेता परिवर्तन गर्दैनन् भन्ने मान्यता राखिन्छ। 

केही समयअघि मात्रै जापानी कार निर्माता कम्पनी निसान र माज्दाले नेपालको आफ्नो आधिकारिक बिक्रेता परिवर्तन गरेकोबाट उक्त मान्यता भंग भएको छ। त्यसैले उल्लेखित परिघटना र नेपाल लाइभले बुधबार लेखेको तथ्यांकमा देखिएजस्तो कमजोर अवस्थाको बिक्रीले गर्दा अर्को जापानी कार निर्माता होन्डाले नेपालको आफ्नो आधिकारिक बिक्रेता परिवर्तन बारे पुनर्विचार नगर्ला भन्न सकिन्न। 

ज्योति समूह नेपालको पुराना व्यवसायिक घराना हो। यसका अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पद्म ज्योति छन्। उनका दुवै छोराहरु शौरभ ज्याति र सुहृद ज्योतिले प्रत्यक्ष रुपमा होन्डाका कार तथा मोटरसाइकल÷स्कुटरको व्यवसाय प्रत्यक्ष रुपमा सम्हाल्दै आएका छन्। शौरभ ज्योति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष समेत हुन्। 

राम्रो र उत्कृष्ट ब्रान्ड भइकन होन्डा कारको व्यापारमा आमूल परिवर्तन गर्न स्याकार ट्रेडिङ प्रालि र शौरभ ज्योति चुकेको देखिन्छ। पुरानो घराना भएको र ब्रान्ड होल्ड गरेको दम्भले ज्योति समूहले अपेक्षाकृत कार बिक्री गर्न नसकेको बुझाइ व्यवसायिक वृत्तमा छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हरेक वर्ष आफैले प्रस्तुत गरेको लक्ष्यमा पुग्न नसकेपछि उत्पादक कम्पनीले इच्छुक अर्को कम्पनीलाई पुरानोबाट खोसेर नयाँ डिलर नियुक्त गर्नु स्वभाविक मानिन्छ।  

२०१९ मा विश्व बजारमा होन्डाको ग्लोबल र्‍याङ्किङ छैटौं नम्बरमा रहेको छ। २०१८ मा होन्डा पाँचौं स्थानमा थियो। त्यस्तै २०२० को ६ महिनामा होन्डा कार बिक्रीका हिसाबले विश्वमा तेस्रो स्थानमा रहेको छ। टोयोटा र फक्सवागनपछि तेस्रो स्थानमा रहेको होन्डाले फोर्डलाई पछि पारेको हो। 

बिक्रीका हिसाबले एसियामा भारत होन्डाको सबैभन्दा ठूलो बजार हो। भारतमा होन्डा पाँचौ स्थानमा रहेको छ। कार बिक्रीका हिसाबले भारतमा होन्डाको उपस्थिति बलियो नै मानिन्छ। नेपालमा आउने अधिकांश होन्डाका कार भारतमै उत्पादित हुन्। हाल नेपाली बजारमा बिक्री हुने करिब ८० प्रतिशत कार भारतमै उत्पादन भएका हुन्। भारतमा उत्पादन हुँदा मूल्यका हिसाबले तेस्रो मुलुकबाट आयात गरिएको भन्दा सस्ता पर्छ। 

इन्ट्रिलेभलदेखि प्रिमियम एसयुभी र सेडान कारसम्म भएको होन्डाको बिक्री प्रिमियम एसयुभी मात्र भएको ब्रान्ड भन्दा पनि कमजोर रहेको तथ्यांकले पुष्टि गरिसकेको छ।

पछिल्लो ४/५ वर्षयता नेपाल भित्रिएका एमजी, जिप तथा चिनियाँ ब्रान्ड डिएफएसके (डोङफेङ) को भन्दा पनि होन्डाको बिक्री कमजोर देखिएको छ। ‘होन्डा ब्रान्ड होल्ड गरेको र आफूहरु पुरानो स्थापित ब्रान्ड भएकाले कुनै समस्या नभएको शौरभ ज्योतिले बताउने गरेका छन्,’ एक व्यवसायीले भने, ‘कार बिक्रीका लागि ब्रान्डिङ गर्ने, बिक्रीका लागि स्किमहरु नल्याउने हो भने उनीहरुको दम्भ कायम रहिरहन गाह्रो छ।’ 

विश्व बजारमा चलेका दर्जनौं ब्रान्ड नेपाल आउनै बाँकी छ। ती आउन पनि सक्छन्, न आउन पनि सक्छन्। तर नेपाली व्यवसायीहरुको ध्यान नेपालमा चलेका वा आएर पनि आफ्नो उपस्थिति बाक्ल्याउन नसकेका ब्रान्ड लिने हो भने राम्रो गर्न सकिन्छ भन्ने छ। त्यस्ता ब्रान्डहरुले ‘ब्रान्ड नेम’का लागि केही पनि गर्नुपर्दैन, केवल बिक्रीका योजना र बिक्रीपछिको सेवाको योजनालाई सशक्त बनाउने हो भने बजारमा उपस्थिति स्वतः बाक्लिन्छ। यसैको उपज हो निसान र माज्दाको ब्रान्ड नयाँ घरानाले लिनु। होन्डा पनि यही बाटोमा नजाना भन्न सकिन्न।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  १७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्