• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

होन्डा कारको बजार दशकयता खस्कँदो क्रममा, कहाँ चुक्यो स्याकार ट्रेडिङ? 

64x64
शिव बोहरा बुधबार, भदौ १७, २०७७  १६:४८
1140x725

काठमाडौं- जापानी कार ब्रान्ड होन्डाको नेपाल यात्रा अलि पुरानै हो। यो ब्रान्डको नेपाल यात्रा नेपालको पुरानो व्यावसायिक घरानासँग जोडिएको छ। जुन व्यावसायिक घरानाको सुरुवातकर्ता मर्णिहर्ष कंसाकार (ज्योति) हुन्। उनले सन् १९४० मा नै सो घराना बनाएका थिए। मणिहर्ष ज्योतिका बुबा भाजुरत्न कंसाकारको नामबाट भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स लिमिटेड नामक ट्रेडिङ कम्पनी स्थापना गरेर व्यापारमा प्रवेश गरेको ज्योति समूहले सन् १९७६ मा होन्डाको कारोबार गर्न स्याकार कम्पनी लिमिटेड स्थापना गरेको थियो। यति लामो इतिहास बोकेको यो कम्पनीको कार व्यापार भने उत्साहप्रद छैन। 

हाल ज्योति समूहको अध्यक्षको रुपमा मर्णिहर्षका छोरा पद्म ज्योति छन् भने उपाध्यक्षमा पद्य ज्योतिका भाई डा. रूप ज्योति छन्। यद्यपि पद्य र रुपबीच अंशबन्डा भइसकेको छ। हिजोआज पद्य ज्योतिको छोराहरू शौरभ ज्योति र सुहृद् ज्योतिले स्याकार कम्पनी लिमिटेड अन्तर्गतको होन्डा कारको व्यापार हेर्दै आएका छन्। 

यसरी हेर्दा ज्योति समूहलाई अहिले तेश्रो पुस्ताले सम्हालिरहेका छन्। यति लामो इतिहास बोकेको ज्योति समूहभन्दा धेरै पछि नेपालमा व्यवसाय सुरु गरेका अन्य व्यावसायिक घराना व्यापारका मामिलामा धेरै अगाडि बढिसकेका छन्। ज्योति समूह व्यवसायमा पछाडि परेको भनेर ठम्याउने आधारमध्ये एक चाँहि यही समूहकै अधीनमा रहेको होन्डा कारको व्यापार (नेपाली बजारमा) पनि हो। 

समग्रमा नेपाली बजारमा सबै ब्रान्डको बिक्री हिसाब हेर्दा एक वर्षमा करिब १७ हजारभन्दा बढी कार बिक्री हुने गरेका छन्। विगत १० वर्षभन्दा पहिलेदेखि नेपालमा स्याकार कम्पनी लिमिटेडले आयात गरिरहेको होन्डा कार एक वर्षमा दुःखले ६० वटासम्म मात्र बिक्री हुने गरेका छन्। 

होन्डा निक्कै पुरानो र नेपालीहरूले धेरै अघिदेखि नाम सुनेको र लोगो पनि दिमागमा सेट भएको जापानी कार ब्रान्ड हो। नेपालीहरूले जापानी ब्रान्डलाई  विश्वाससमेत बलियो छ। तर होन्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले उक्त ब्रान्डको भ्यालुअनुसार बिक्री गर्न सकेको देखिँदैन। धेरै पछि आएका ब्रान्डहरूले दुई/तीन वर्षको अवधिमा ३-४ सय वटा कार बिक्री गर्दा होन्डा ५०-६० वटामै सीमित भएको छ। 

होन्डा कारको विगत पाँच वर्षदेखि अहिलेसम्म कुन कुन मोडेलका के कति कार नेपालमा आयात गरी बिक्री भयो त भनेर तथ्यांक केलाउने प्रयास हामीले गरेका छौं। 

स्याकारले नेपाली बजारमा होन्डाका प्यासेन्जर कार सेग्मेन्टका होन्डा ज्याज, अमेज, ब्रियो, सिटी, सिभिक गरी ५ मोडेलका कार आयात गरी बिक्री गर्ने गरेको छ। त्यसैगरी युटिलिटी भेहिकल सेग्मेन्टमा होन्डाका सि–आरभी, इलिमेन्ट, बि–आरभी, डब्लु–आरभी, मोबिलियो, एच–आरभी गरी ६ वटा मोडेलका गाडीहरु आयात तथा बिक्री गर्ने गरेको छ। 

Ncell 2
Ncell 2

स्याकारले आयात गर्ने गरेका माथि उल्लेख भएका ११ वटा मोडेलका कारहरुको विगत ५ वर्षदेखि हालसम्म के कति संख्यामा आयात भए भनेर भन्सारबाट प्राप्त तथ्यांक केलाएर यहाँ उल्लेख गरिएको छ। 

होन्डाको ज्याज मोडेलको कार नेपालमा सन् २०१० देखि आयात हुन थालेको हो। पहिलो पटक ७ थान ज्याज कार आयात भएको थियो। त्यसपछि केही वर्ष आयात रोकेको स्याकरले उक्त कार पुनः सन् २०१५ देखि आयात थालेको हो। ज्याज सन् २०१५/१६ मा १२ थान, सन् २०१६/१७ मा ३१ थन, सन् २०१७/१८ मा ५ थान, सन् २०१८/१९ मा २ थान, सन् २०१९/२० को अप्रिलसम्ममा ६ थान आयात भएको तथ्यांक छ। 

सन् २०२० को अप्रिलदेखि अगष्टसम्ममा एउटा पनि ज्याज कार नेपालमा आयात भएको देखिदैन। यसरी हेर्दा सुरुवातदेखि हालसम्म नेपाली बजारमा होन्डाका ज्याज कार जम्मा ६३ वटा मात्र गुडिरहेका छन्। 

त्यसैगरी, होन्डाको अर्को कार सेग्मेन्टमा पर्ने अमेज कारका २ वटा भेरिएन्ट नेपालमा बिक्री हुने गरेका छन्। होन्डा अमेज कार नेपालमा सन् २०१३ देखि आयात हुन थालेको हो। सुरुवाती वर्षमा एउटा मात्र भेरिएन्टमा आयात भइरहेको अमेज कार सन् २०१८ देखि मात्र अर्को भेरिएन्टमा पनि आयात गर्न सुरु गरेको थियो। 

होन्डा अमेज सन् २०१३/१४ मा ७५ वटा , २०१४/१५ मा ७६ वटा, २०१५/१६ मा ४३ वटा, २०१६/१७ मा ३० वटा, २०१७/१८ मा १० वटा, २०१८/१९ मा ७ वटा, २०१९/२० अप्रिल महिनासम्म १० वटा आयात भएको थियो। त्यस्तै २०२० अप्रिलदेखि अगष्टसम्म एउटा पनि नयाँ अमेज कार नेपालमा आयात भएको छैन। यसरी हेर्दा नेपालको बजारमा ८ वर्षमा जम्मा अमेज कार २६१ वटा मात्र आयात भइ बिक्री भएको तथ्यांक छ। 

त्यसैगरी १२ सय सिसी र १५ सिसी गरी दुई भेरिएन्टमा आयात हुने गरेको होन्डाको अर्को कार ब्रियो सन् २०१० देखि नै नेपालमा आयात हुने गरेको छ। सुरुका वर्षहरुमा केही राम्रै संख्यामा आयात भएको ब्रियो सन् २०१७ देखि त आयात नै भएको छैन भन्दा पनि हुन्छ। सन् २०११ म ५ वटा, २०१२ मा १ सय १६ वटा, २०१४ मा १ सय ६५ वटा, २०१५ मा ५० वटा, २०१६ मा १८ थान, २०१७ मा १८ वटा, २०१८ मा ६ वटा, २०१९ मा २ वटा र २०२० मा एक थान पनि आयात भएको छैन। 

माथिको तथ्यांकका आधारमा होन्डाको ब्रियो मोडलको कार नेपालमा १० वर्ष भन्दा बढी समयको अवधिमा जम्मा ३ सय ८० वटा मात्र आयात भएको हो।होन्डाकै अलि बढी चलेको र विदेशमा समेत निकै राम्रो ख्याती कमाएको अलि महँगा कारहरु होन्डा सिटी र होन्डा सिभिक मानिन्छन्। तर नेपालमा भने होन्डा सिभिकको आयात बन्द भएकै २ वर्ष भइसकेको छ भने होन्डा सिटीको पनि नेपाली बजार एकदमै दयनीय अवस्थामा रहेको छ।

सन् २०२० मा उक्त दुवै मोडेलका गाडीहरू स्याकारले आयात गरेको छैन। यसरी हेर्दा नेपाली बजारमा विगत १० वर्षको अवधिमा होन्डा सिटी ३ सय १० वटा र होन्डा सिभिक २३ मात्र आयात भएको तथ्यांक छ।

युटिलिटी भेहिकल सेग्मेन्ट (एसयुभी र जस्तै देखिने) मा पर्ने होन्डाका ६ वटा मोडेलका गाडीहरू अयातको अवस्था त अझ कमजोर छ। यी नै मोडलका होन्डा कारहरु विदेशी बजारमा निक्कै रुचाइएका छन् तर नेपालमा भने स्याकार ट्रेडिङले यी मोडेलहरुको बिक्री बढाउन सकेको छैन। 

सन् २०२० मा यस सेग्मेन्टका गाडीमध्ये होन्डा सिआर–भी १ थानबाहेक अन्य कुनै पनि मोडलका कार होन्डाले हालसम्म आयात गरेको छैन। माथि उल्लेख गरेको तथ्यांकले नै प्रष्ट हुन्छ कि पुस्तौनी विरासत बोकेको ज्योति समूह अन्तर्गतको स्याकार कम्पनीले विश्वमा सबै भन्दा बढी बिक्री हुने मध्येको एक होन्डा ब्रान्डका कारहरू नेपालको बजारमा कस्तो व्यापार गर्दैछ भन्ने तथ्यांकले समेत पुष्टि गर्छ। 

होन्डाका मोटरसाइकल तथा स्कुटरको बिक्री उत्साहजनक देखिएकाले पनि ज्योति समूह अन्तर्गतकै होन्डाको कार बिक्रीमा चासो नदिएको अन्य व्यवसायीहरुको बुझाइ छ। चर्चित ब्रान्ड भएर घरानाले ‘होल्ड’ गर्दैमा स्वतः बिक्री हुन्छ भन्ने कुरालाई होन्डाका कार ज्योति समूहको स्याकार ट्रेडिङले गरेको बिक्री तथ्यांकले गलत सावित गरेको छ। 

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १६:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्