• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

होन्डा कारको बजार दशकयता खस्कँदो क्रममा, कहाँ चुक्यो स्याकार ट्रेडिङ? 

64x64
शिव बोहरा बुधबार, भदौ १७, २०७७  १६:४८
1140x725

काठमाडौं- जापानी कार ब्रान्ड होन्डाको नेपाल यात्रा अलि पुरानै हो। यो ब्रान्डको नेपाल यात्रा नेपालको पुरानो व्यावसायिक घरानासँग जोडिएको छ। जुन व्यावसायिक घरानाको सुरुवातकर्ता मर्णिहर्ष कंसाकार (ज्योति) हुन्। उनले सन् १९४० मा नै सो घराना बनाएका थिए। मणिहर्ष ज्योतिका बुबा भाजुरत्न कंसाकारको नामबाट भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स लिमिटेड नामक ट्रेडिङ कम्पनी स्थापना गरेर व्यापारमा प्रवेश गरेको ज्योति समूहले सन् १९७६ मा होन्डाको कारोबार गर्न स्याकार कम्पनी लिमिटेड स्थापना गरेको थियो। यति लामो इतिहास बोकेको यो कम्पनीको कार व्यापार भने उत्साहप्रद छैन। 

हाल ज्योति समूहको अध्यक्षको रुपमा मर्णिहर्षका छोरा पद्म ज्योति छन् भने उपाध्यक्षमा पद्य ज्योतिका भाई डा. रूप ज्योति छन्। यद्यपि पद्य र रुपबीच अंशबन्डा भइसकेको छ। हिजोआज पद्य ज्योतिको छोराहरू शौरभ ज्योति र सुहृद् ज्योतिले स्याकार कम्पनी लिमिटेड अन्तर्गतको होन्डा कारको व्यापार हेर्दै आएका छन्। 

यसरी हेर्दा ज्योति समूहलाई अहिले तेश्रो पुस्ताले सम्हालिरहेका छन्। यति लामो इतिहास बोकेको ज्योति समूहभन्दा धेरै पछि नेपालमा व्यवसाय सुरु गरेका अन्य व्यावसायिक घराना व्यापारका मामिलामा धेरै अगाडि बढिसकेका छन्। ज्योति समूह व्यवसायमा पछाडि परेको भनेर ठम्याउने आधारमध्ये एक चाँहि यही समूहकै अधीनमा रहेको होन्डा कारको व्यापार (नेपाली बजारमा) पनि हो। 

समग्रमा नेपाली बजारमा सबै ब्रान्डको बिक्री हिसाब हेर्दा एक वर्षमा करिब १७ हजारभन्दा बढी कार बिक्री हुने गरेका छन्। विगत १० वर्षभन्दा पहिलेदेखि नेपालमा स्याकार कम्पनी लिमिटेडले आयात गरिरहेको होन्डा कार एक वर्षमा दुःखले ६० वटासम्म मात्र बिक्री हुने गरेका छन्। 

होन्डा निक्कै पुरानो र नेपालीहरूले धेरै अघिदेखि नाम सुनेको र लोगो पनि दिमागमा सेट भएको जापानी कार ब्रान्ड हो। नेपालीहरूले जापानी ब्रान्डलाई  विश्वाससमेत बलियो छ। तर होन्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले उक्त ब्रान्डको भ्यालुअनुसार बिक्री गर्न सकेको देखिँदैन। धेरै पछि आएका ब्रान्डहरूले दुई/तीन वर्षको अवधिमा ३-४ सय वटा कार बिक्री गर्दा होन्डा ५०-६० वटामै सीमित भएको छ। 

होन्डा कारको विगत पाँच वर्षदेखि अहिलेसम्म कुन कुन मोडेलका के कति कार नेपालमा आयात गरी बिक्री भयो त भनेर तथ्यांक केलाउने प्रयास हामीले गरेका छौं। 

स्याकारले नेपाली बजारमा होन्डाका प्यासेन्जर कार सेग्मेन्टका होन्डा ज्याज, अमेज, ब्रियो, सिटी, सिभिक गरी ५ मोडेलका कार आयात गरी बिक्री गर्ने गरेको छ। त्यसैगरी युटिलिटी भेहिकल सेग्मेन्टमा होन्डाका सि–आरभी, इलिमेन्ट, बि–आरभी, डब्लु–आरभी, मोबिलियो, एच–आरभी गरी ६ वटा मोडेलका गाडीहरु आयात तथा बिक्री गर्ने गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

स्याकारले आयात गर्ने गरेका माथि उल्लेख भएका ११ वटा मोडेलका कारहरुको विगत ५ वर्षदेखि हालसम्म के कति संख्यामा आयात भए भनेर भन्सारबाट प्राप्त तथ्यांक केलाएर यहाँ उल्लेख गरिएको छ। 

होन्डाको ज्याज मोडेलको कार नेपालमा सन् २०१० देखि आयात हुन थालेको हो। पहिलो पटक ७ थान ज्याज कार आयात भएको थियो। त्यसपछि केही वर्ष आयात रोकेको स्याकरले उक्त कार पुनः सन् २०१५ देखि आयात थालेको हो। ज्याज सन् २०१५/१६ मा १२ थान, सन् २०१६/१७ मा ३१ थन, सन् २०१७/१८ मा ५ थान, सन् २०१८/१९ मा २ थान, सन् २०१९/२० को अप्रिलसम्ममा ६ थान आयात भएको तथ्यांक छ। 

सन् २०२० को अप्रिलदेखि अगष्टसम्ममा एउटा पनि ज्याज कार नेपालमा आयात भएको देखिदैन। यसरी हेर्दा सुरुवातदेखि हालसम्म नेपाली बजारमा होन्डाका ज्याज कार जम्मा ६३ वटा मात्र गुडिरहेका छन्। 

त्यसैगरी, होन्डाको अर्को कार सेग्मेन्टमा पर्ने अमेज कारका २ वटा भेरिएन्ट नेपालमा बिक्री हुने गरेका छन्। होन्डा अमेज कार नेपालमा सन् २०१३ देखि आयात हुन थालेको हो। सुरुवाती वर्षमा एउटा मात्र भेरिएन्टमा आयात भइरहेको अमेज कार सन् २०१८ देखि मात्र अर्को भेरिएन्टमा पनि आयात गर्न सुरु गरेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

होन्डा अमेज सन् २०१३/१४ मा ७५ वटा , २०१४/१५ मा ७६ वटा, २०१५/१६ मा ४३ वटा, २०१६/१७ मा ३० वटा, २०१७/१८ मा १० वटा, २०१८/१९ मा ७ वटा, २०१९/२० अप्रिल महिनासम्म १० वटा आयात भएको थियो। त्यस्तै २०२० अप्रिलदेखि अगष्टसम्म एउटा पनि नयाँ अमेज कार नेपालमा आयात भएको छैन। यसरी हेर्दा नेपालको बजारमा ८ वर्षमा जम्मा अमेज कार २६१ वटा मात्र आयात भइ बिक्री भएको तथ्यांक छ। 

त्यसैगरी १२ सय सिसी र १५ सिसी गरी दुई भेरिएन्टमा आयात हुने गरेको होन्डाको अर्को कार ब्रियो सन् २०१० देखि नै नेपालमा आयात हुने गरेको छ। सुरुका वर्षहरुमा केही राम्रै संख्यामा आयात भएको ब्रियो सन् २०१७ देखि त आयात नै भएको छैन भन्दा पनि हुन्छ। सन् २०११ म ५ वटा, २०१२ मा १ सय १६ वटा, २०१४ मा १ सय ६५ वटा, २०१५ मा ५० वटा, २०१६ मा १८ थान, २०१७ मा १८ वटा, २०१८ मा ६ वटा, २०१९ मा २ वटा र २०२० मा एक थान पनि आयात भएको छैन। 

माथिको तथ्यांकका आधारमा होन्डाको ब्रियो मोडलको कार नेपालमा १० वर्ष भन्दा बढी समयको अवधिमा जम्मा ३ सय ८० वटा मात्र आयात भएको हो।होन्डाकै अलि बढी चलेको र विदेशमा समेत निकै राम्रो ख्याती कमाएको अलि महँगा कारहरु होन्डा सिटी र होन्डा सिभिक मानिन्छन्। तर नेपालमा भने होन्डा सिभिकको आयात बन्द भएकै २ वर्ष भइसकेको छ भने होन्डा सिटीको पनि नेपाली बजार एकदमै दयनीय अवस्थामा रहेको छ।

सन् २०२० मा उक्त दुवै मोडेलका गाडीहरू स्याकारले आयात गरेको छैन। यसरी हेर्दा नेपाली बजारमा विगत १० वर्षको अवधिमा होन्डा सिटी ३ सय १० वटा र होन्डा सिभिक २३ मात्र आयात भएको तथ्यांक छ।

युटिलिटी भेहिकल सेग्मेन्ट (एसयुभी र जस्तै देखिने) मा पर्ने होन्डाका ६ वटा मोडेलका गाडीहरू अयातको अवस्था त अझ कमजोर छ। यी नै मोडलका होन्डा कारहरु विदेशी बजारमा निक्कै रुचाइएका छन् तर नेपालमा भने स्याकार ट्रेडिङले यी मोडेलहरुको बिक्री बढाउन सकेको छैन। 

सन् २०२० मा यस सेग्मेन्टका गाडीमध्ये होन्डा सिआर–भी १ थानबाहेक अन्य कुनै पनि मोडलका कार होन्डाले हालसम्म आयात गरेको छैन। माथि उल्लेख गरेको तथ्यांकले नै प्रष्ट हुन्छ कि पुस्तौनी विरासत बोकेको ज्योति समूह अन्तर्गतको स्याकार कम्पनीले विश्वमा सबै भन्दा बढी बिक्री हुने मध्येको एक होन्डा ब्रान्डका कारहरू नेपालको बजारमा कस्तो व्यापार गर्दैछ भन्ने तथ्यांकले समेत पुष्टि गर्छ। 

होन्डाका मोटरसाइकल तथा स्कुटरको बिक्री उत्साहजनक देखिएकाले पनि ज्योति समूह अन्तर्गतकै होन्डाको कार बिक्रीमा चासो नदिएको अन्य व्यवसायीहरुको बुझाइ छ। चर्चित ब्रान्ड भएर घरानाले ‘होल्ड’ गर्दैमा स्वतः बिक्री हुन्छ भन्ने कुरालाई होन्डाका कार ज्योति समूहको स्याकार ट्रेडिङले गरेको बिक्री तथ्यांकले गलत सावित गरेको छ। 

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १६:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्