काठमाडौं– नेपाल विद्यार्थी संघले विषम परिस्थितिमा पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ।
पेट्रोलिय पदार्थमा गरिएको मूल्यवृद्धिले पीडामा रहेका जनतालाई झन पीडा दिएको संघले जनाएको छ। आयल निगमले गरेको मुल्यवृद्धिले निम्न वर्गीय जनतालाई भोकमारीतर्फ धकेलेको संघको ठहर छ।
जनताले महाविपत्ति सामना गरिएको वर्तमान समयमा सहुलियत दिने कार्य गर्नुको सट्टा मुनाफातिर लागेकोप्रति संघले विरोध गरेको छ।
‘सरकारी संस्थानहरुले जनतालाई सहुलियत हुने काम गर्ने हो। यो समयमा पनि मुनाफा कमाउन लाग्ने हैन।’ संघका महामन्त्री बलदेव तिमल्सेनाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।