काठमाडौ- मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी(माओवादी) भातृ संगठन अखिल क्रन्तिकारीले अनलाइन परीक्षा लिने नाममा विद्यार्थीबाट शूल्क असुल नगर्न आग्रह गरेको छ।
मंगलबार संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले एक विज्ञप्ति प्रकाशित गर्दै पूर्वअञ्जल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको फरक फरक समयमा परीक्षा लिन थालेपछि विरोध जनाएका छन्। विश्वविद्यालयमा नियमित र ब्याक पेपर लागेका सबै विद्यार्थीलाई एकै पटक परीक्षा लिने व्यवस्था गर्न आग्रह गरिएको छ।
राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सिटिइभिटीअन्तर्गत सञ्चालित सिएमए, एएनएम, ब्याब टेक्नोलोजी र आयूर्वेलाई बिनामापदण्ड खारेज गर्ने निर्णयको विद्यार्थी संगठनले विरोध जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।