भदौमा झमझम पानी पर्दैछ,
हल्का जाडो महसुस भयो
रुघाखोकी लाग्ला कि?
फेरि लाग्यो भने बितिहाल्छ
धेरै लामो कुरा गर्नुछ,
निकै दिन भयो
टिभीमा नबोलेको पनि।
रुघाखोकीको अर्गानिक ओखती भेटियो,
बेसार र तातो पानी मिसाएर पिउने,
कोरोना के जाति पनि रुघाखोकी त हो,
उही पाउरोटीलाई पिज्जा भनेको जस्तो।
आजकल बेसार औधि मनपर्न थालेको छ,
बेसार-ए-इश्क नै भए जस्तो छ,
मोदीजीलाई नि मनपर्छ रे
पार्टीको झण्डामै छ,
अक्षयकुमारले त फिलिम नै खेलिसके, ‘केशरी’।
बेसार हालेपछि कसैको नजर लाग्दैन,
'कसले भन्यो?' भनेर सोधे भने 'मैले भनेको' भनिदिन्छु,
यसमै छ संसार, लाइन्छ, खाइन्छ बेसार,
यही नै मेरो बेसार–ए–इश्क।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।