काठमाडौं- अनलाइनमार्फत् व्यवसाय गर्ने ८० लाई प्रहरीले पक्राउ गरेको छ। निषेधाज्ञा उल्लंघन गरेर अनलाइन तथा फोनमा अर्डर भएका सामानहरु होमडेलिभरी गर्ने गरेको पाइएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए।
पक्राउ परेकाहरुलाई काठमाडौं उपत्काकै विभिन्न वृत्तमा राखिएको एसपी ज्ञवालीले जानकारी दिए। उनका अनुसार फुडमाण्डु, बिगमार्ट, अर्बान गर्ललगातका अनलाइन व्यवसाय सञ्चालन गर्नेहरुलाई पक्राउ गरिएको हो। ज्ञवालीले ८० जनासँगै ५६ वटा मोटरसाइकल र १ वटा कारलाई समेत नियन्त्रणमा लिइएको बताए।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण जारी निषेधज्ञा उल्लघन गरेको र होम डेलिभरी गर्दा रोग सर्ने उच्च जोखिम रहेकोले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इकमर्स एसोसिएसनका सल्लाहकार तथा सोचेको डटकमका सञ्चालक शैलेश लोहनीले बदलिँदो परिस्थितिमा संसारभर इ-कमर्स फस्टाए पनि नेपालमा भने हतोत्साहित गरिएको बताए। उनले संसारमा चलेको ट्रेन्ड नेपालले समाउन नसक्नु दुखद भएको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।