काठमाडौं- पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको पहिरोमा परी अभिभावक गुमाएका आठ बालिकको शिक्षाको जिम्मा लिने घोषणा गरेका छन्।
बस्नेतले जुगल गाउँपालिकाको लिदी पहिरोमा परी अभिभावक गुमाउने ७ जना बालिका र बाह्रविसे पहिरोका एक जना बालिका गरी आठ जनालाई निःशुल्क कक्षा १२ सम्म होस्टेलमा राखेर पढाउने प्रतिबद्धता जनाएका हुन्।
बस्नेतले यसअघि कोरोनाको कारण पहिलो मृत्यु हुने महिलाको एक जना बच्चालाई पोषण स्वरुप १ लाख र १२ कक्षासम्म निःशुल्क अध्ययन गर्ने गराउने बताएका थिए।
बुबा खड्गबहादुर बस्नेतको कोरोनाको कारण भएको मृत्युकार्य सकेको केही दिनमै उनले निःशुल्क पठाउने प्रतिबद्धता जनाएका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।