• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

'विषम परिस्थिति रहेकाले कक्षा १२ को परीक्षा गर्ने जिम्मा विद्यालयलाई नै दिनुपर्छ'

64x64
नेपाल लाइभ बुधबार, भदौ १०, २०७७  १९:०७
1140x725

कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा कहिले गर्ने भन्ने टुंगो लागेको छैन। महामारी तत्कालै साम्य हुने र जनजीवन पुरानै अवस्थामा तत्कालै फर्किहाल्ने अवस्था पनि देखिँदैन। बैसाखमा नै हुनुपर्ने कक्षा १२ को परीक्षा भदौको मध्यतिर आउँदा पनि टुंगो नलागेपछि विद्यार्थीहरूको शैक्षिक सत्र नै क्षति हुने हो कि भन्दै चिन्ता र चासो व्यक्त गर्न थालिएको छ।

हुन त विद्यालय तहकै कक्षा १० का विद्यार्थीको मूल्यांकन विद्यालयले नै गरी प्रमाणीकरण पनि भइसकेको छ। कक्षा ११ मा पनि विद्यालयले मूल्यांकन गरिसकेको अवस्था छ। विद्यालय तहको अन्तिम परीक्षा भएकाले कक्षा १२ को परीक्षा देशभर एकैपटक संचालन गर्ने सोचमा सरकार छ। तर महामारीको विषम परिस्थितिलाई दृष्टिगत गरी यसलाई पनि विद्यालयले नै संचालन गर्ने व्यवस्था गर्न माग उठ्न थालेको छ।

हालको अवस्थामा कक्षा १२ को परीक्षा कसरी गराउन सकिन्छ? परीक्षा संचालन गर्ने वैकल्पिक विधि के हुन् सक्लान्? कक्षा ११ का शैक्षिक कार्यक्रम कसरी सञ्चालन गर्ने? यीलगायतका विषयमा साउथवेस्टर्न स्टेट कलेजका ‘भाइस प्रिन्सिपल’ हरिसिंह केसीसँग नेपाल लाइभले गरेको कुराकानीको सम्पादित अंश: 

लकडाउन र निषेधाज्ञाले शैक्षिक क्षेत्रमा प्रभाव पारेको छ। साउथवेस्टर्न स्टेट कलेजले यस्तो विषम परिस्थितिमा पनि शैक्षिक कार्यक्रम संचालन गरिरहेको बताइएको छ। कसरी संचालन गर्दै हुनुहुन्छ?
लकडाउन भएपनि 'प्लस टु'देखि स्नातकोत्तरसम्मका अनलाइन कक्षा संचालन भइरहेका छन्। त्यसमा विद्यार्थीको सहभागिता र शिक्षकहरूको प्रस्तुति अपेक्षाकृत रूपमा राम्रो देखिएको छ। सुरुमा हामीले विद्यार्थी र शिक्षकहरूलाई कक्षा कसरी सञ्चालन गर्ने भनेर तालिम दियाैं। प्रविधिलाई कसरी प्रयोग गर्ने, कसरी अघि जाने? शिक्षण विधि कस्ता हुनुपर्छ? भनेर छलफल गर्‍यौँ । विद्यार्थीलाई पनि त्यसमा 'इन्गेज' गरायौँ।

अनलाइनलाई दुई पाटोबाट हेर्न सकिन्छ- एउटा सप्लिमेन्टरी, अर्काे कम्प्लिमेन्टरी। हामीले सप्लिमेन्टरी तरिकाले हेरेका छौँ। बाधा अड्चन आएपनि विद्यार्थीको कक्षा रोकिनुभएन कोर्ष अगाडि जानुपर्छ भन्ने उद्देश्यले हामीले अनलाइन कक्षा संचालन गरेका हौं। अर्काे के हुँदो रहेछ भने, प्रस्तुति दिने विषयमा पनि विचार गर्नुपर्दाे रहेछ। कसैको बानी स्ल्याङ ल्याङवेज पनि प्रयोग गर्ने हुन्छ। अनलाइन कक्षामा प्रयोग गर्न नपाइने नियम बनायौँ। त्यही अनुसार पढाइरहेका छौँ।  

परीक्षा हुनै लागेको सयममा कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउनले कक्षा १२ को परीक्षा स्थगति भयो। उनीहरूलाई कसरी व्यवस्थापन गरिरहनुभएको छ? 
कक्षा १२ को परीक्षाको टुंगो लागेको छैन। त्यसो हुनाले मनोवैज्ञानिक असर नपरोस् भन्ने हिसाबले 'रिभिजन क्लास' पनि संचालन गर्दै आएका छौं। यो पनि अनलाइन नै छ।  बीचबीचमा काउन्सिलिङ र मोटिभेसनको कक्षा पनि राखेका छाैं। त्यस्तै स्वास्थ्य सुरक्षाकाका कक्षा पनि संचालन गरेका छौं।

कक्षा १२ को परीक्षाका सम्बन्धमा सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ? 
परीक्षा धेरै किसिमबाट लिन सकिन्छ। अन्तर्राष्ट्रिय अभ्यास नै हेर्ने हो भने पनि कम्तीमा चार मोडलमा परीक्षा लिन सकिन्छ। एउटा मोडल ओपन बुक हो। यो अफलाइन र अनलाइन दुवै तरिकाले लिन सकिन्छ। जति बेला पनि यस्ता परीक्षा लिन सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

दोस्रो आन्तरिक मूल्याकंन र मौखिक परीक्षा हो। यो परीक्षामा शिक्षकहरुले नै विद्यार्थीको मूल्यांकन गर्छन्। विद्यार्थीको उपस्थिति र असाइनमेन्टका आधारमा परीक्षा लिने हो ।

तेस्रो अनलाइनमार्फत पनि परीक्षा संचालन गर्न सकिन्छ। यसका लागि सबै विद्यार्थीमा इन्टरनेटको पहुँच र हाइ लेभलको सफ्टवेयर चाहिन्छ। विद्यार्थीले नै टाइप  गरेर परीक्षा दिन सक्छन्।

निर्णयात्मक मूल्यांकनका लागि र हामीले अभ्यास गर्दै आएको परीक्षा चाँहि चौथो प्रकृतिको हो। हालको अवस्थामा सामाजिक दुरी कायम नगरी परीक्षा लिन सक्ने अवस्था छैन। तोकिएको सबै मापदण्ड पूरा गरेर तत्कालै यस्तो परीक्षा संचालन गर्न सकिन्छ भन्ने हामीलाई पनि लाग्दैन। कम विद्यार्थीको हकमा सामाजिक दुरी कायम गरेर लिन सक्ने भएपनि धेरै विद्यार्थी भएकाले यो विधिबाट परीक्षा लिन नसकिने अवस्था छ। 

त्यसो हुनाले कक्षा १२ को परीक्षा पनि कक्षा १० को जस्तै गर्न सकिन्छ। विद्यालयलाई जिम्मा दिएर उनीहरूले नै परीक्षा संचालन गरे भने त्यो बढी सहज हुन्छ।विद्यालय तहको अन्तिम परीक्षा भएकाले सदाका लागि विद्यालयलाई नै मूल्यांकन गर्न दिने भन्ने होइन। विषम परिस्थिति भएकाले यो वर्ष विद्यालयले नै मूल्यांकन गरी प्रमणीकरणका लागि राष्ट्रिय परीक्षा बोर्डमा पठाउन सकिन्छ। हालको अवस्थामा यसले धेरै विद्यार्थीलाई भयरहित अवस्थामा परीक्षा नै संचालन गर्न नसक्ने अवस्था रहिरहनुभन्दा त्यो बढी उत्तम हुन्छ। यस्तो बेलामा विद्यालयले आन्तरिक मूल्यांकन गर्दा फरक पर्दैन। शिक्षकले पढाएको ठीक हुने शिक्षकले गरेको मूल्याङ्कन बेठीक हुने भन्ने प्रश्न रहन्न। 

Xtrem

Xtrem

यही अवस्था रह्यो भने विद्यार्थीलाई अन्योलमा राख्नु हुन्न। केही दिनअघि विल गेट्स फाउन्डेसनले कोभिड कहिलेसम्म रहन्छ भनेर अध्ययन गरेको थियो। त्यो अनुसन्धानको निचोडअनुसार २०२१ सम्म रहन्छ। अवस्था यही हुन्छ भन्न सक्ने नभएको हुँदा यो साल सम्बन्धित विद्यालयलाई नै मूल्यांकन गर्न दिँदा ठीक हुन्छ।  बरु सरकारकाले ‘कोड अफ कन्डक्ट’ बनाइदिए हुन्छ। 

हामीले अभ्यास गर्दै आएको शैक्षणिक कार्यक्रममा विद्यार्थी र शिक्षकको भौतिक उपस्थिति अनिवार्यजस्तै मानिन्छ। तर यो विधि संकटका बेलामा काम लागेन। वैकल्पिक शिक्षण विधि टड्कारो देखियो है? 
जसरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याएर अर्थतन्त्रलाई हिँडाउछ। शिक्षा क्षेत्रमा पनि यो ल्याउन आवश्यक छ। दीर्घकालीन, मध्यम र छोटो समयका लागि योजना ल्याउन आवश्यक छ। त्यसैको आधारमा गाइडलाइन बनाउनुपर्छ। अहिलेको अवस्थालाई हेर्दा डिजिटलाइजेसन गर्न आवश्यक छ हाम्रो शिक्षालाई। यो सुविधा हरेक विद्यार्थीमा पुग्न पर्‍यो। घरमा बसेर पनि पढ्न सक्ने वातावरण हुनपर्‍यो। 

कोभिडपछि शैक्षणिक क्रियाकलापमा केकस्ता परिवर्तन आउने देख्नुहुन्छ?
सायद दुई तरिकाले चल्छन् जस्तो लाग्छ। अनलाइन, परम्परागत। अब शिक्षण विधि 'हाइब्रिड वे'बाट जान्छ। राज्यले गाइडलाइन पोलिसी बनाउन पर्‍यो। जसरी उच्च शिक्षाको अनलाइन कक्षा कोभिड अघि नै सुरु भएको थियो। अब यो प्रभावकारी भएर जान्छ र अन्यत्र पनि प्रयोग हुन्छ जस्तो लाग्छ। तसर्थ परम्परागत र अनलाइन दुवै तरिकाबाट जान्छ।

तत्कालको लागि राज्यले के गर्नुपर्छ भन्ने सुझाव दिनुहुन्छ? 
सरकरले के गरे हुन्थ्यो भने सम्बन्धित पक्षसँग कुराकानी गर्ने, नीति बनाउने। दीर्घकालीन, मध्यकालीन र अल्पकालीन। संकटको बेलामा पनि शिक्षण प्रक्रिया नरोकिने नीति राज्यले बनाउनुपर्छ। 

भर्खरै एसईई उत्तीर्ण भएका विद्यार्थीहरूको अगाडिको पढाइको लागि के गर्नु पर्छ नि? 
अब कक्षा ११ आउनेलाई रजिस्ट्रेसनको प्रक्रिया खुला गर्ने, भर्ना प्रक्रिया सुरु गर्ने, सम्बन्धित संस्थाले आफ्नो विद्यार्थी चिन्न पाउन पर्‍यो। कक्षा लिने प्रक्रियालाई पनि अगाडि बढाउनु पर्‍यो। उनीहरूको शैक्षिक वर्षमा क्षति पुग्नु भएन। पाठ्यक्रमलाई घटाएर शैक्षिक क्षति कम गर्न सकिन्छ। विद्यार्थीहरूलाई मनोवैज्ञानिक रूपमा दबाब दिनु हुँदैन। 

सरकारले बनाएको कक्षा ११ को नयाँ पाठ्यक्रम निजी शैक्षिक संस्थाले लागू नगर्ने भनिएको छ। किन हो? के हुनुपर्थ्यो? के भयो? यसबारे तपाईंको धारणा के हो? 
यो साल पुरानै पाठ्यक्रमबाट अघि बढ्दा राम्रो। केही कारणहरू छन्। नयाँ पाठ्यक्रम लागू गराउँदा शिक्षकहरूलाई पनि त्यो प्रकारले तालिम दिइएको छैन। यस्तो अवस्थामा विस्तृत छलफल नगरी पाठ्यक्रम लागू नगर्दा राम्रो हुन्छ भन्ने मेरो धारणा हो। 

पाठ्यक्रममा आपत्ति हो कि यो शैक्षिक सत्रमा लागू नगरौँ भन्नेमा हो?
पाठ्यक्रम ठिक छ। तर कसरी लागू गर्ने भन्ने अन्योल छ। हतारमा लागू गर्न हुँदैन। बसौँ, छलफल गरौँ, अनि लागू गरे हुन्छ। 

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  १९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्