• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सरकारले खारेज गर्‍यो कोभिड अस्पतालको लेभल

यी हुन् सूचीकृत १२६ अस्पताल
कल्पना पौडेल सोमबार, भदौ ८, २०७७  १४:५५
1140x725

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण भई अस्पताल भर्ना गर्न व्यवस्था गरेको ३ लेभल अस्पतालहरूको व्यवस्था खारेज गरेको छ।

मन्त्रालयले लेभल अस्पताल छुट्याउन कुन लेभलको अस्पतालको कति उपचार गर्ने भन्ने अलमल धेरै भएपछि १, २ र ३ लेभलको कोभिड अस्पताल भनी गरेको व्यवस्था खारेज गरेको हो।

भदौ ७ गते स्वास्थ्य मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले सबै अस्पताललाई कोभिड अस्पताल नामकरण गर्ने र लेभल १,२ र ३ भनी गरेको वर्गीकरण खारेज गर्ने निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले भने, ‘लेभल अस्पतालको व्यवस्थाले बिरामीले दु:ख पाएको र अस्पतालमा पनि यो हाम्रो अस्पताल जिम्मा होइन, यो लेभलको अस्पतालको काम हो भन्ने द्विविधा भएपछि यो व्यवस्था खारेज गरी सबै कोभिड अस्पताललाई एउटै व्यवस्था गरिएको हो।’ 

‘अब सूचीकृत भएका सबै अस्पताल एकै लेभलका अस्पताल हुन्। ती अस्पताललाई कोभिड अस्पताल नामकरण गरिएको छ’, उनले भने।

यसका साथै मन्त्रालयले कोभिड उपचारका लागि यसअघि सूचीकृत गरेका सबै अस्पताललाई कोभिड अस्पताल भनेर नामकरण गर्ने र ती अस्पतालमा कोभिड र ननकोभिडको उपचारका लागि छुट्टाछुट्टै व्यवस्था गर्नुपर्ने निर्णय पनि गरेको छ।

'सूचीकृत अस्पतालले कोभिड र ननकोभिडको छुट्टाछुट्टै व्यवस्था गर्ने/गराउने विषयमा निर्णय भएको हो,' डा अधिकारीले भने, 'सबै अस्पतालले कोभिडका बिरामी आएपछि उपलब्ध भएका सेवा सोही अस्पतालमा गराउनुपर्ने र आवश्यक भएमा मात्र अन्यत्र रिफर गरियोस् भनी मन्त्रालयले यस्तो निर्णय गरेको हो।'

यसअघि मन्त्रालयले विभिन्न अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि तहगत रुपमा कोभिड विशेष अस्पताललाई लेभल १, लेभल २ र लेभल ३ भनेर छुट्याएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्रालयले बनाएको ‘कोभिड–१९ महामारीको सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६’मा  तहगत रुपमा वर्गीकरण गर्ने व्यवस्था गरेको थियो।

जसअनुसार, लेभल १ अस्पताल भन्नाले सामान्य केसहरु व्यवस्थापन गर्ने भन्ने बुझिन्थ्यो। जसमा संक्रमित पुष्टि भई आएका वा यी अस्पतालहरुमा पहिचान भएका बिरामीहरु प्रोटोकल अनुसार आइसोलेसनमा राखी  उपचार गर्ने व्यवस्था थियो। तर लेभल खारेज भएसँगै सबै अस्पताल अब कोभिड अस्पतालका रुपमा परिणत भएका छन्। 

आयुर्वेद रिसर्च एण्ड ट्रेनिङ सेन्टर अस्पताल कीर्तिपुर, काठमाडौं मेडिकल कलेज, कोरोना अस्थायी अस्पताल चितवन, अस्थायी कोभिड अस्पताल (कोशी अस्पताल) विराटनगर, जानकी अस्पताल, बागलुङ अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिपी कोइराला राष्ट्रिय सेन्टर फर रेस्पेटरी  डिजिज तनहुँ, राप्ती प्रादेशिक अस्पताल, लुम्बिनी अस्पताल, प्रादेशिक अस्पताल सुर्खेत, अछाम अस्पताल, भीम अस्पताल, टीकापुर अस्पताल, डडेल्धुरा अस्पताललाई लेभल १ अस्पताल भनी वर्गीकरण गरिएको थियो।

यस्तै, लेभल २ अस्पताल भन्नाले मध्यम र अति जटिल केसको उपचार जसमा संक्रमित भई आएका अस्पतालहरु वा यी अस्पतालमा पहिचान भएका मध्यम र अति जटिल केसहरु हाइडिपेन्डेन्सी र आइसियु केयरमा राखी उपचार गर्ने व्यवस्था गरिएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लेभल २ मा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल नेपाल सशस्त्र बल अस्पताल, भरतपुर अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, जनकपुर अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत अस्पताल र सेती अस्पताललाई राखिएको थियो।

यस्तै, लेभल ३ अस्पताल भन्नाले बहुविज्ञ सेवा चाहिने कोभिड संक्रमित बिरामीहरुको उपचार गरिने अस्पताका रुपमा मन्त्रालयले वर्गीकरण गरेको थियो। जसमा विशिष्टकृत शल्यक्रिया सेवा लगायत बहुविज्ञ सेवा सहितका सेवाहरु प्रोटोकल अनुसार उपलब्ध गराइन्छ। 

लेभल ३ कोभिड अस्पतालहरुमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौं र नेपालगञ्ज मेडिकल कलेज रहेका थिए।

मन्त्रालयले लेभल १ अस्पतालमा सामान्य संक्रमित, दुईमा लक्षण भएका बिरामी र लेभल ३ मा विशिष्टकृत शल्यक्रिया सेवा लगायत बहुविज्ञ सेवा सहितका सेवा उपलब्ध हुने व्यवस्था गरेको थियो।

देशका सरकारी, निजी र मेडिकल कलेज गरी १२४ अस्पतालले कोरोना संक्रमितको उपचार गरिरहेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए। जसमा पछिल्लो समयमा मेघा अस्पताल थप भएको उनले बताए।

यी हुन् सूचीकृत अस्पताल

प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  १४:५५
  • #Novel Corona Virus
  • #स्वास्थ्य_मन्त्रालय

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
हुम्लामा चार करोड खसीको व्यापार
मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
हुम्लामा चार करोड खसीको व्यापार मंगलबार, कात्तिक १०, २०८३
मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा मंगलबार, कात्तिक १०, २०८३
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय मंगलबार, कात्तिक १०, २०८३
कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने मंगलबार, कात्तिक १०, २०८३
रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी ! मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्