• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

निर्मला हत्या प्रकरणमा अदालतले भन्यो-बाराक ओबामाले माफी माग्दा प्रहरी नेतृत्वले किन माफी नमाग्ने?

64x64
नेपाल लाइभ आइतबार, भदौ ७, २०७७  ०९:३७
1140x725

काठमाडौं-कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीसँग प्रहरी नेतृत्वले माफी माग्नु पर्ने जिल्ला अदालत कञ्चनपुर फैसला सुनाएको छ।

उक्त प्रकरणको अनुसन्धानमा खटिएका ८ प्रहरी कर्मचारीविरुद्ध प्रमाण नष्ट गरेको र सार्वजनिक न्यायविरुद्धको कसुर र यातना दिएको आरोपमा मुद्दा चलाइएकामा उनीहरुलार्ई जिल्ला अदालत कञ्चनपुर सफाइ दिएको थियो।

उक्त फैसलाको पूर्ण पाठमा प्रहरी कर्मचारीले पक्राउ परेका दिलिप सिंह विष्टलाई यातना दिनुपर्ने कुनै कारण नभएको र प्रमाण नष्ट समेत नगरेको उल्लेख गरिएकाे छ। 

दिलिपलाई हिरासतमा लिँदा र छाड्दा स्वास्थ्य परीक्षण गरेको, परीक्षण गर्ने डाक्टरले समेत दिलिपलाई यातना दिएको नदेखिएको अदालतमा बताएको, निलडाम चोटपटक नदेखिएको, सरकारी वकिलकै सामु सोधपुछ गरेको भिडियो फुटेजमा समेत कुनै यातना दिएको छनक नदेखिएको र यातना दिनुपर्ने पर्ने कुनै कारण नभएको पूण पाठमा उल्लेख छ।

प्रहरीले यातना दिएकै कारण दिलिपको मानसिक अवस्था ठीक नभएको आरोपसमेत लगाइएको थियो। यसमा जिल्ला अदालत कन्चनपुरले भनेको छ, ‘दिलिपसिंह विष्ट विगतमा आफ्ना नजिकका नातेदारको हत्या गरी ९-१० वर्ष जेल सजाय काटेर निस्केका व्यक्ति हुन् । सो हत्या मुद्दामा समेत आफू मानसिक रोगी रहेको कुरा निजले व्यक्त गरेको पाइन्छ। सिजोफेर्निया भन्ने रोग प्रहरीले १-२ दिन मानसिक कष्ट दिएका कारण लाग्ने होइन। कहिँलेकाँही आफूले गरेको काम र परिणाम थाहा नहुने यो रोगलाई पागलपनकै एउटा प्रकारका रुपमा लिइन्छ, जबकि विगतमा हत्या मुद्दाबाट नै दिलिपसिंह विष्ट मानसिक रोगी रहेको नभनिएको देखिएको र यो रोग धेरै पुरानाे रोग हो भन्ने देखिएको अवस्था हुँदा प्रस्तुत घटनामा प्रहरीले मानसिक कष्ट दिएर सो राेग लागेको भन्ने कतैबाट पुष्टि हुँदैेन ।’

Ncell 2
Ncell 2
nimb
nimb

प्रहरीले नै कानुनबमोजिम पक्राउ गरेर मुद्दा चलाएको व्यक्तिलाई राज्यकै अंग प्रहरीबाटै प्रहरीमाथि नै मुद्दा चलाइनु दु:खद भएको पनि अदालतले उल्लेख गरेको छ। अदालतले भनेको छ, ‘अफवाहको पछि लागेर हुँदै नभएको मनगढन्ते कुरालाई लिएर आफ्ना कर्तव्य
पालनमा खटेका र राष्ट्रको सेवामा रगत पसिना बगाएका जिम्मेवार प्रहरी अधिकृतहरु उपर मानप्रतिष्ठा रर वृत्ति विकासमै गम्भीर असर पर्ने गरी अभियोजन गरेको देखियो ।’

यसरी हुँदै नभएको अफवाहको पछि लागेर प्रहरीविरुद्ध मुद्दा चलाएर उनीहरुको मान प्रतिष्ठा र वृत्ति विकासमा गम्भीर असर परेकाले मुद्दा चलाउनेदेखि मुद्दा चलाउन निर्देशन दिने प्रहरी प्रमुखसम्मले निर्मलाको अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीसँग माफी माग्नु पर्ने फैसलामा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाको उदाहरण दिँदै अदालतले लेखेको छ, ‘केही वर्ष अगाडि अमेरिकामा २० वर्षभन्दा बढी जेलमा रहेका एक अभियुक्तलाई माथिल्लो अदालतले निर्दोष ठहराएपछि तत्कालीन राष्ट्रपति बाराक ओबामाले सो मुद्दामा अध्ययन, अनुसन्धानका क्रममा गम्भीर त्रुटि भएकाे भन्दै राज्यका तर्फबाट सार्वजनिक रुपमा माफी मागेका थिए। कर्तव्य पालनमा खटिएका र कानुनबमोजिमको कारबाही बहन गरिरहेका व्यक्तिउपर बजार हल्ला र तथ्यहीन  तथा प्रतिवेदन पुष्टि नहुने झुटा एंव मनगढन्ते कुराका आधारमा आफ्नै प्रहरी अधिकृतउपर अभियोजन गर्ने, गर्न निर्देशन गर्ने व्यक्तिहरुले उक्त अमेरिकन राष्ट्रिपतिले गरेको व्यवहारको मनन र अनुसरण गर्न सक्नुपदर्छ। तब मात्र राष्ट्रसेवकले उच्च मनोबल र आत्मसम्मानका साथ कर्तव्य पालनमा खट्न सक्ने हुन्छ।’

Xtrem
Xtrem

त्यसबेला प्रहरी प्रमुख सर्वेन्द्र खनाल थिए। उनैको निर्देशनमा निर्मला हत्याको अनुसन्धान गरेका प्रहरीमाथि यातना र प्रमाण नष्टको मुद्दा दर्ता भएको थियो। अदालतले यो फैसलामा खनालले समेत माफी माग्नुपर्ने उल्लेख गरेको छ।

निर्मला काण्डका संलग्न भएको आरोपमा पक्राउ परेका दिलिपसिंह विष्टलाई यातना दिएको भन्दै उनका दाजु खडकसिंह विष्टले एसपी दिल्लीराज विष्ट, डिएससपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी र इन्सपेक्टर एकिन्द्र खड्काविरुद्ध यातनाको कसुरमा जाहेरी दिएका थिए। 

त्यसैगरी निर्मलाकी आमा दुर्गादेवी पन्तले यी चार जना प्रहरीसहित इन्सपेक्टर जगदिश भट्ट, सई हरसिंह धामी, असई रामसिंह धामी र हवल्दार चाँदनी साउदविरुद्ध प्रमाण नष्टको जाहेरी दिएकी थिइन् ।

२०७५ साउन १० गते साथीको घरमा होमवर्क गर्न जान्छु भनेर गएकी निर्मला साउन ११ गते नजिकैको उखुबारीमा मृत भेटिएकी थिइन्। अनुसन्धानका क्रममा उनको बलात्कारपछि हत्या भएको पुष्टि भए पनि उनको हत्यामा संलग्न अझैसम्म कानुनी दायरामा आउन सकेका छैनन् ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  ०९:३७
  • #निर्मला_पन्त
  • #justicefornirmala

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मलंगवा नगरपालिकाक... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्