• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

निजी अस्पतालले कसरी गरिरहेका छन् कोरोना संक्रमितको उपचार?

64x64
प्रजु पन्त शनिबार, भदौ ६, २०७७  १३:४१
1140x725

काठमाडौं–सरकारले निजी अस्पतालले कोभिड-१९ का बिरामीका लागि २० प्रतिशत छुट्ट्याउनुपर्ने बताएसँगै देशैभरका निजी अस्पतालले त्यसको तयारी गरेका छन्। अधिकांशले कोरोना संक्रमित भएका र नभएकालाई अलग-अलग भवनमा राखेर उपचार गरेका छन्। तर बिरामीको संख्या बढ्दै गए स्वास्थ्य सामग्री अभाव हुने चिन्ता अधिकांशको छ। 

चितवनको पुरानो मेडिकल कलेज, नेपालगञ्जको नेपालगञ्ज मेडिकल कलेज, काठमाडाै‌काे केएमसी तथा ह्याम्स र ग्रान्डी अस्पतालको तयारीबारे नेपाललाइभले तयार पारेकाे सामग्री: 

सुरक्षाका साथ काेराेना भएका र नभएका बिरामीकाे उपचार गरिरहेका छाै‌ं : ज्योतेन्द्र शर्मा, ह्याम्स अस्पताल 
कोभिड र ननकोभिड बिरामीका लागि छुट्टाछुट्टै आउजाउ गर्ने बाटोको व्यवस्था गरिएको छ। अस्पतालमा अहिले ४० जना जति कोभिडका बिरामी हुनुहुन्छ। सातौँ र आठाैं तलाको क्याबिनमा बिरामीहरु हुनुहुन्छ। हामीसँग भएको आइसीयु क्युबिकल हो। प्रत्येक आइसीयुमा फरक एयर कन्डीस्नर छ। एउटा बिरामीबाट अर्काेमा सर्ने सम्भावना हुँदैन। यति नै सिट भनेर छुट्ट्याएका छैनौँ। अहिले ११ वटा आइसीयुमा र ५ वटा भेन्टिलेटरमा बिरामी हुनुहुन्छ। 

भएका स्रोत र साधनलाई अधिकतम प्रयोग गरेर सेवा दिने हो। अन्य रोगका बिरामीलाई पनि उपचार गरिरहेका छौं, तर पुरै सुरक्षाका साथ। 

कोरोनाको उपचारका लागि सरकारले छुट्टै अस्पताल बनाएको भए राम्रो हुन्थ्यो। तर यो बीचमा सरकारले केही गरेन। आजको दिनमा ५ सय बेड भएका अस्पताल बनाउन सक्नुपर्‍यो। हामीकहाँ बिरामी आएको आयै छन्। सम्बन्धित निकायमा भन्यो भने म्यानेज गर्न भन्नुुहुन्छ। यसैले भयावह हुने अवस्था छ। आइसीयु, भेन्टिलेटर छैन। गुणाको दरमा बढ्दै जाने रोग हो। तर स्वास्थ्य सामग्री छैन । सरकारले कति आइसीयु थप्यो? कति भेन्टिलेटर थप्यो? भोलि पिक आवरमा पुगेको अवस्थामा के हुने? तयारी भइसक्नुपर्थ्याे। पूर्व तयारी भएन।

यो अस्पतालमा स्वास्थ्यकर्मी अहिलेसम्म  कोही संक्रमित हुनुहुन्न। पहिला हुनुहुन्थ्यो। 

निजी अस्पतालमा कोरोनाका बिरामीको उपचार भइरहेको छ भनेपछि अरु बिरामी आउँदैनन्। यही समस्या हो। हामीले मापदण्ड अनुसार नै काम गरेका छौँ । बिरामी नआएपछि आम्दानी हुन्न। तलब खुवाउन गाह्रो हुन्छ । धेरै निजी अस्पतालको समस्या हो यो ।
सरकार त  अभिभावक हो नि। सबैको समस्या सुन्नुपर्‍यो । छलफल हुनुपर्‍यो। गर्ने भए गर, नभए कानुनी कारबाही गर्छु भनेर थर्काउन त पाइदैन नि। 

स्वास्थ्य सामग्रीको समस्या छ : डा मनोहर प्रधान, निर्देशक, पुरानो नेपाल मेडिकल कलेज, चितवन
पहिले हाम्रो अस्पताल लेभल वानका बिरामी राख्नेमात्रै थियो। कोरोनाको पुष्टि भएका बिरामीलाई हामीले भरतपुर अस्पतालमा रिफर गर्थ्याैं। यसैलाई कोभिड विशेष अस्पताल बनाएसँगै हाम्रो जिम्मेवारी थपिएको छ। लेभल-३ का बिरामीलाई  नै यही राख्ने भएपछि उपलब्ध स्रोत–साधन प्रयोग गरेर काम गरिरहेका छौँ। हामीसँग १६ वटा आइसीयु र केही भेन्टिलेटर छन्। लेभल ३ को अस्पताल भएको धेरै दिन नभएका कारण ४ जना  बिरामी हुनुहुन्छ। भएका बिरामीलाई हामीले भरतपुर अस्पताल पुर्‍याएका थियौं। अब भने हामी आफै उपचार गर्छाैं। स्वास्थ्यकर्मी एकजनालाई संक्रमण भएको छ।   

nimb
nimb
Ncell 2
Ncell 2

यहाँको समस्या भने स्वास्थ्य सामग्रीको हो। पिपिइ पर्याप्त छैन। सुरुमा हामीले पिपिइ ७ हजार हालेर किन्यौँ। अहिले त्यसैलाई ३२ सयमा पाइन्छ। एउटा ६/७ घण्टाभन्दा बढी लगाउन मिल्दैन। त्यो पनि बिरामीको लेभल हेरेर खर्च बढी हुन्छ। 

मुख्य कुरा चितवनमा पिसीआर परीक्षण गर्ने एक स्थानमात्रै छ। त्यहाँका स्वास्थ्यकर्मी २० घण्टा खटेर काम गर्दा पनि भ्याउनुभएको छैन। सरकारले कि परीक्षण गर्ने व्यवस्था गरोस् कि निजीलाई दिए हुन्थ्यो।

स्वास्थ्यकर्मीलाई १० दिन काम १० दिन आरामकाे व्यवस्था मिलाएका छाैं : एस के कनोडिया, प्रबन्ध सञ्चालक, नेपालगञ्ज मेडिकल कलेज
 यो अस्पताल लेभल-३ अस्पताल हो। कोभिडका ९० प्रतिशत बिरामीमा लक्षण देखिएको छैन। ५ प्रतिशतलाई सामान्य लक्षण, ५ प्रतिशतलाई लक्षण र अन्य रोगका बिरामी देखिएका छन्। यो अस्पताल ५ सय बेड क्षमता भएको हो। कोभिड र ननकोभिडका बिरामीलाई छुट्ट्याएर उपचार गरेका छौँ। प्रवेश गर्ने स्थान नै फरक–फरक हो। बुटवल र अछामतिरका न्युरोसर्जरी गर्नुपर्ने कोभिड–१९ का बिरामी आउनुभएको थियो। उहाँहरुलाई हामीले दोहोरो उपचार गरेका छौँ।

अस्पतालको भवन नै छुट्ट्याएर गरेको हुनाले कोभिड र ननकोभिडका बिरामीका कारण उस्तो अप्ठ्यारो त परेको छैन। स्वास्थ्यकर्मीलाई अहिलेसम्म देखिएको छैन। १० दिन काम गर्ने अनि १० दिन रेस्टमा जाने व्यवस्था मिलाएको छु। १० दिनपछि कोरोना नेगेटिभ देखियो भने पुनः उपचारमा खट्नुपरेको छ ।   

बिरामीको चाप बढ्दै जाँदा भेन्टिलेटर र स्वास्थ्यकर्मीको अभाव हुन सक्छ। सबै प्रकारका बिरामीको उपचार गर्नुपर्ने हुँदा भोलि समस्या हुन सक्छ। स्वास्थ्य सामग्रीको अभाव पनि हुन सक्छ ।

संक्रमितलाई दुवाकोटमा राखेका छाैं : डा चन्दा कार्की, प्रिन्सीपल, काठमाडौ मेडिकल कलेज (केएमसी)
कोरोना संक्रमण फैलिएसँगै ४ महिनाअघिदेखि नै काठमाडौँ मेडिकल कलेजले संक्रमितलाई दुवाकोटमा राखेको छ। सिनामंगलमा रहेको भवनमा पनि शंकास्पद बिरामीका लागि स्थान छुट्याइएको छ। शंका लागेको खण्डमा बिरामीलाई पिसीआर परीक्षण गरेर दुवाकोट पठाउने गरेका छाैं। सुरुमा स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ । 

अहिलेसम्म १ सय ६० जना पोजेटिभलाईं राखेका थियाैं । अहिले घटेर ४० जना हुनुहुन्छ । यो लेभल वानको मात्रै अस्पताल हो। अहिलेसम्म सरकारका तर्फबाट २८ जना बिरामीको खर्च पाएका छौँ । 

कोभिडका बिरामीका लागि उपचार खर्च बढी देखिएकाे छ : डा चक्रराज पाण्डे, ग्रान्डी अस्पताल
हामीले दुईवटा तल्ला पहिलादेखि नै संक्रमणका लागि तयारी अवस्थामा राखेका थियौं। आइसीयुको १२ बेड छ। कोभिडका बिरामीलाई प्रमुख भवनबाट छुट्टै राखेका छौँ। सिगंल रुममा कोभिड भएका तर लक्षण नदेखिएकोलाई राखिएको छ। कोभिड परीक्षण  नभएको तर शंका लागेका बिरामीलाई अलग्गै राखेका छौँ।  अहिले कोभिड पोजेटीभ भएका लक्षण सहितका ५ जना छन् भने लक्षण नभएका ४ जना छन्। आइसीयुमा१०/११ जना छन् । यहाँ तीनै लेभलको उपचार हुने भयो । 

अहिलेसम्म कुनै कर्मचारी संक्रमित हुनुभएको छैन। प्रमुख भवनबाट छुट्टै राखेका छाैं। ४४ वटा बेड राखेका छौँ, तिनमा १८ वटा कमन छन्। 

कोभिडका बिरामीका लागि उपचार खर्च नै बढी देखिन्छ। डाक्टर, कर्मचारीको व्यवस्थापनदेखि औषधि र स्वास्थ्य सामग्री जुटाउन सकिएको छैन। कोभिड भएका एक बिरामीलाई दुई नर्स चाहिने रहेछ। जबकि अन्य रोगका बिरामीलाई एक नर्सले ७ जना बिरामी हेर्न सकिन्थ्यो। यसको प्रमुख चुनौती भनेकै लागत बढी पर्ने र आवश्यक सामग्री नपाइने देखेको छु। 

प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  १३:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य मंगलबार, भदौ ९, २०८३
कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा मंगलबार, भदौ ९, २०८३
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा मंगलबार, भदौ ९, २०८३
खैरो हेरोइनसहित तीन जना पक्राउ मंगलबार, भदौ ९, २०८३
२ लाख विदेशी नागरिकको व्यापारिक र पर्यटक भिसा रद्द गर्ने अमेरिकाको तयारी मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्