• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कार्यालयमा कोरोना संक्रमणबाट कसरी बँच्ने?

डा ओममूर्ति अनिल बुधबार, भदौ ३, २०७७  ०७:५३
1140x725

कोरोना संक्रमण अहिले घनाबस्ती भएको क्षेत्र अर्थात् सहरमा बढिरहेको छ। यसको प्रमुख कारण नियमित कार्यालय सञ्चालनमा रहनु हो। मैले चिनेकामध्ये धेरै जना कोरोना संक्रमितहरुलाई कहाँबाट सर्‍यो भन्ने पहिचान गर्ने प्रयास गरेको थिएँ। तीमध्ये धेरैचाहिँ आफ्नो कार्यालयका सहकर्मीबाट संक्रमित भएको पाइएको छ।

कार्यालयमा पनि उनीहरु सावधान भएरै बसेका जस्तो देखिन्छ। अन्य कर्मचारीको सम्पर्कमा त्यति रहन नखोजेको देखिन्छ। तर पनि उनीहरु संक्रमित भए। यसको अर्थ व्यक्तिगत सावधानी अपनाएर मात्रै पुग्दैन, कार्यालयले काम गर्ने स्थान, कर्मचारी र सेवाग्राहीको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिन्छ। 

दुई हप्ता पहिले उच्च रक्तचाप भएर मकहाँ जँचाउन आउनुभएका एकजना व्यक्ति केही दिनअघि कोरोना संक्रमित हुनुभएछ। अन्य कामको सिलसिलामा उहाँसँग कुरा गर्दा आफूलाई कोरोना पोजिटिभ देखिएको बताउनुभयो। कसरी सरेछ भनेर मैले उहाँको ‘हिस्ट्री’ लिने प्रयास गरें। त्यस क्रममा थाहा पाइयो, उहाँको कार्यालयमा तर नजिक सम्पर्क समेत नभएको एकजनाबाट उहाँलाई सरेको रहेछ।

उहाँले आफूले सक्ने सावधानी अपनाउनु भएकै छ। बाइकमा कार्यालय जाने आउने गर्नुहुन्थ्यो। मास्क नियमित लगाउने र स्यानिटाइजर प्रयोग गर्ने कुरा बिर्सिनुहुन्थ्यो। ती व्यक्तिसँग भेट करिडोरमा र मिटिङमा मात्रै हुन्थ्यो, त्यसमा पनि दूरी कायम रहन्थ्यो। तर, कोरोना सर्‍यो उहाँलाई।

यो एउटा उदाहरण हो। यतिबेला सरकारी र गैरसकारी कार्यालयमा काम गर्नेहरुमा संक्रमण देखिन थालेको छ। सबै सावधानी अपनाउँदामा पनि संक्रमण हुन थालेको छ।

हावाबाट कोरोना सर्ने विषयमा धेरै अध्ययन भइनसकेको अवस्था हो। तर, हावाबाट सर्ने भएकाले नै कार्यालयमा काम गर्नेहरुमा सरिरहेको जस्तो देखिन थालेको छ। किनभने उनीहरु संक्रमितको धेरै निकट सम्पर्कमा आएका छैनन्।

त्यसैले अब आ–आफ्नो ठाउँमा बसेर काम गर्छन्। दूरीमा छन् भनेर मात्रै कार्यालयमा सुरक्षित हुन अवस्था रहेन। अर्को कोठामा वा अर्को टेबलमा भएका व्यक्तिबाट पनि हामी जोखिममा छौं। किनभने धेरै कार्यालयमा भेन्टिलेसनको कमी छ। भेन्टिलेसन नहुँदा एसी चलाउने गरिएको हुन्छ। एसी चलाउनुको अर्थ त्यो कोठामा कोही संक्रमित पनि छ भने सबैतिर भाइरस फैलिरहेको  छ भन्ने हो। त्यसकारण  सबै उत्तिकै जोखिममा छन्।

मास्क लगाएको भए पनि कोरोना सर्न सक्छ। मास्कले शतप्रतिशत सुरक्षा दिँदैन। केही अध्ययनअनुसार यसले ५० प्रतिशतभन्दा कम सुरक्षा दिन्छ। धेरैले त मास्क राम्रोसँग लगाउँदैनन्। कार्यालयमा कडाइ गर्ने मान्छे भएन भने मास्कबाट हावा लिक गर्ने गरेका हुन्छन्। खोक्दा हावा लिक हुने गर्छ।

nimb
nimb
Ncell 2
Ncell 2

हामी कार्यालयको बन्द कोठामा छौं, संक्रमित व्यक्ति पनि त्यहीँ हुन सक्छ भन्ने कुरा ध्यान राख्नुपर्छ। कार्यालयको एसी अन छ तर झ्यालढोका खोलिएको रहेनछ भने पनि बुझ्नुपर्‍यो हामी जोखिममा छौं।

काठमाडौं जस्ता सहरका ठूला र अत्याधुनिक भवनमा त भेन्टिलेसनको निकै कमी छ। त्यसको सट्टा एसी जडान गरिएका छन्। जुन कोरोना संक्रमण फैलाउने माध्यम बनिरहेका छन्।

कार्यालयमा डर छ तर घर बसेरै मात्रै पनि जिविका चल्दैन। जार्नैपर्ने अवस्था भएकाले पूर्वसतर्कता सहित कार्यालय जानुपर्छ। यसका लागि कर्मचारी आफैंले के गर्ने? कार्यालय सञ्चालकले के गर्ने र कार्यालयको मुख्य व्यक्तिले कस्तो भूमिका निर्वाह गर्ने भन्ने विषयलाई बुँदागत रुपमा प्रस्तुत गर्न खोज्दैछौं।

१. सबैभन्दा पहिले कार्यालय व्यवस्थापन गर्ने मान्छे अर्थात् सञ्चालकले कर्मचारीलाई काम गरे/नगरेको विषयमा मात्रै होइन, स्वास्थ्यका विषयमा सावधानीका विषयमा पनि सुपरभिजन गर्नुपर्छ। उनीहरुले सेनिटाइज गरे कि गरेनन्? मास्क लगाए कि लगाएनन्? हेर्नुपर्छ। यसको जिम्मा कार्यालयको सबैभन्दा वरिष्ठ (जसलाई सवैले आदर गर्छन्) व्यक्तिलाई दिनुपर्छ। मास्क नाकमुख छोप्नेगरी लगाउनुपर्छ र फिल्टरवाला मास्क छ भने हटाउनुपर्छ।

२. हामी जब कार्यालय जान्छौं। यो कर्मचारी वा सहकर्मीलाई छैन, त्यसैले मलाई सर्दैन भन्ने नठानौं। आफ्नो कर्मचारी वा सहकर्मीलाई पनि आगन्तुक जस्तै व्यवहार गरौं। हामी बिर्सिन्छौं तर हामीले सम्झेर दूरी कायम गरौं।

३. फोन, ह्वाट्सएप, भाइबर, स्काइपका माध्यमबाट हुन सक्ने कामकुराका लागि  सेवाग्राही वा आगन्तुकलाई कार्यालयमा नबोलाऔं।

४ यो कोरोनाको संकटको समय भन्न नभुलौं। यस्तो अवस्थामा सामान्य समयको भन्दा २५ प्रतिशत जति मात्रै काम गरौं। अरुबेला सय जना ग्राहक आउँथे भने अहिले २५ जना मात्रै आउने खालको प्रणाली बनाउँ। आफ्ना सेवाग्राहीसँग ५ देखि १० मिनेटभन्दा बढीको वार्तालाप नगरौं।

५. कार्यालयबाहिरै फोन राख्न पनि सक्नुहुन्छ। उनीहरुको काम फोनबाटै हुन्छ भने त्यसैमा कुरा गरेर परामर्श दिएर पठाउन सकिन्छ। 

६. कार्यालयमा बस्नेबेला झ्यालढोका खोलेर राखौं। डब्लुएचओको मापदण्डअनुसारको कार्यालय कोठा बनाउने प्रयास गरौं। जतातिर झ्याल छ, त्यसको विपरित फ्यान राख्ने गर्नुपर्छ। नयाँ हावा झ्यालबाट आउँछ। भाइरस भएको फ्यानले बाहिर फाल्छ। एसी अन गर्दा पनि झ्याल खोलेर गर्नुहोस्।

७. कार्यालयमा मास्क राख्ने गर्नुपर्छ। कोही मास्क नलगाई आएको छ भने उसलाई तुरुन्त मास्क दिऔं। भल्ववाला मास्क लगाउन निरुत्साहित गरौं। त्यस्तो लगाएर आउनेलाई मास्क दिऔं। त्यसमाथि अर्को मास्क लगाउन लगाऔं। सेवाग्राही वा आगन्तुकलाई कार्यालयमा धेरै समय नपर्खाऔं।

८. कार्यालयको गाडीमा कर्मचारी ओसार्नु जोखिमपूर्ण हो। त्यसैले लकडाउन भइहालेमा बाइकलाई अनुमति दिनुपर्छ। एउटै गाडीमा स्टाफ कोचेर ल्याउने काम जोखिमपूर्ण हुन्छ। कार्यालयका वरिष्ठ कर्मचारीहरु जसलाई कार्यालयले गाडी दिएको छ। उहाँलाई बोक्ने ड्राइभर उच्च जोखिममा हुन्छ। ड्राइभरको आफ्नै जीवनशैली हुन्छ। त्यसैले होसियार बनौं। कार्यालयको गाडी प्रयोग गरिरहनुभएको छ तर आफैं चलाउनुभएको छैन भने तपाईं जोखिममा हुनुहुन्छ।

९. एउटै कामका लागि दुई तीनजना आउने गरेका छन्। त्यसलाई हामीले नम्बर अफ भिजिट घटाउनुपर्छ। को–को कार्यालयमा आए भनेर नाम, ठेगाना र सम्पर्क नम्बर रेकर्डमा राख्नुपर्छ। यदि कसैलाई कोभिड भयो भने भोलि त्यो कर्मचारीसँग को–को सेवा लिन आए भन्ने थाहा हुन्छ र उनीहरुलाई सचेत गराउन सकिन्छ। फोन गरेर तपाईं त्यो दिन फलानोसँग सम्पर्कमा आउनुभएको थियो, उहाँलाई पोजिटिभ आयो सचेत हुनुहोस् भनेर खबर गर्न सकिन्छ।

१०. कार्यालयको व्यवस्थापन गर्दा एक सिफ्टमा काम गर्ने कर्मचारीको संख्या घटाऔं। अरु समय एक सिफ्टमा १०० जना थिए भने यतिबेला २५ जनाले काम चलाउँ। हप्ताको सिफ्ट बनाऔं।

११. कार्यालयमा एकजनाले काम गर्ने समय पनि घटाउनुपर्छ। एकै कर्मचारी ८ घन्टा बस्नेभन्दा कर्मचारी ४ घन्टामा परिवर्तन गरौं। यसै पनि सेवाग्राही कम छन्, कर्मचारी पनि कम संख्यामा भए पुग्छ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  ०७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्