• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत १२, २०८२ Thu, Mar 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली-प्रचण्डबीच किन भइरहेको छैन संवाद?

64x64
नेपाल लाइभ बिहीबार, साउन २९, २०७७  ०९:२४
1140x725

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अघिल्लो हप्ता तीन दिनसम्म घनिभूत छलफल भयो। छलफलमा प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ पनि थिए। साउन १८ देखि २० गतेसम्म छलफल चले पनि कुनै निष्कर्ष निस्किएको थिएन।

साउन २१ गते अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले बिजुलीबजारको एउटा कलेजमा पत्रकारसँग भेला गरे। त्यसबाट चिढिएका ओलीले त्यसयता प्रचण्डसँगको संवादका लागि रुची देखाएका छैनन्। त्यस दिन बेलुका ५ बजेका लागि तय भएको भेट अर्को दिनका लागि स्थगित भयो। तर, भेट भएन। त्यसयता पनि भेट भएको छैन। कुनै माध्यमबाट संवाद समेत नभएको निकटस्थ नेताहरुको भनाइ छ।

ओली र प्रचण्ड निकट नेताहरुले कोरोना महामारी बढेकाले भेटघाट पातलो भएको जवाफ दिने गरेका छन्।

कोरोना महामारी बढेकाले अध्यक्ष ओली प्रचण्डबीच संवाद हुन नसकेको प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले बताए। अध्यक्ष प्रचण्डका ६ जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएपछि अतिआवश्यक भेटघाट बाहेक सबै बन्द गरिएको उनले बताए।

बाहिर कोरोना संक्रमणलाई कारण देखाइए पनि अन्तर्यमा भने शीर्ष नेताहरु आफ्नो अडानमा टसमस नभएकैले भेटघाटको प्रयास नभएको कतिपय नेताहरुको भनाइबाट थाहा हुन्छ।

कोरोना संक्रमणले नेकपा विवादलाई ओझेल पारे पनि विवाद यथावत छ। प्रचण्ड नेपाल पक्षीय नेताहरुले ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एकबाट राजीनामा दिनुपर्ने अडान राखेका छन्। ओलीले भने दुवै पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन्। दुवै पक्षका नेताहरु आ–आफ्नो अडानमा यथावत भएकाले सहमतिको बिन्दु पत्ता लाग्न सकेको छैन।

आन्तरिक छलफल जारी
संवादमा सहजीकरण गर्न गत साउन २२ गते प्रधानमन्त्री ओलीको सन्देश लिएर स्थायी कमिटी सदस्य नेम्वाङ खुमलटार पुगे। लगतै गत साउन २४ गते महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि खुमलटार पुगे। पार्टी विवादमा दुवै अध्यक्ष मिल्नुको विकल्प नभएको भन्दै संवादमा बस्न उनीहरुले प्रचण्डलाई आग्रह गरेका थिए। प्रचण्डले यस अघिकै जस्तो ओलीले आफ्नो अडान छोड्नुहुन्न भने संवादमा बस्नुका अर्थ नभएको जवाफ फर्काएका थिए।

पार्टीमा सहमति हुनेगरी स्पष्ट खाका लिएर आउन ओली पक्षीय नेताहरुलाई प्रचण्डले भन्ने गरेका छन्। त्यो सहमति हुन सक्नेगरी ओली पक्षीय नेताहरुले खाका ल्याउन नसकेकाले संवाद हुन नसकेको नेताहरुको भनाइ छ।

Ncell 2
Ncell 2

शनिबारपछि भने ओली पक्षका नेताहरुले प्रचण्डलाई भेटेका छैनन्। तर प्रचण्ड भने आफ्ना पक्षका नेताहरुसँग भने गत आइतबार बसेका थिए। ओलीले आफ्नो अडान नछाडेपछि आगामी रणनीति अख्तियार गर्न उनीहरु संवादमा बसेका थिए। आन्तरिक रुपमा आफ्नो पक्षका नेताहरुसँग प्रचण्ड औपचारिक तथा अनौपचारिक रुपमा बस्ने गरेका छन्।

उता ओली पक्षीय प्रायः नेताहरु दिनको एकपटक बालुवाटार पुग्ने गरेको प्रधानमन्त्री निकट एक नेताले बताए। महासचिव पौडेलका निजी सुरक्षाकर्मीलाई कोरोना पुष्टि उनी भने पछिल्ला दिनमा बालुवाटार गएका छैनन्। तर, रक्षामन्त्री ईश्वर पोखरेल, मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ प्रधानमन्त्रीसँग नियमित संवादमा छन् र कतिपय भने नियमितजसो बालुवाटार जाने गरेका छन्।

पार्टीमा विवाद उत्कर्षमा पुगेयता अतिआवश्यक काम बाहेक प्रायः मुख्यमन्त्री पोखरेल र गुरुङ काठमाडौंमा नै बस्ने गरेका छन्। अध्यक्षद्वयबीच नभए पनि दुवै पक्षको आन्तरिक छलफल भने जारी रहेको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताए। ‘दुवै पक्षले आफ्नो अडान छोड्नुभएको छैन। सहमति नभई ओली र प्रचण्ड मात्रै संवाद गर्नुको अर्थ छैन’, गजुरेलले भने, ‘दुवै पक्षको आन्तरिक छलफल चलिरहेको छ। एउटा निष्कर्षमा पुगेपछि ओली प्रचण्ड भेट्नुहुन्छ होला।’
   
आत्मसमर्पण वा संघर्ष?
अध्यक्ष प्रचण्ड-नेपाल समूहले पार्टी विवादका  विषयमा आत्मसमर्पण वा संघर्षमध्ये एक रोज्नुपर्ने अवस्थामा आइपुगेको निष्कर्ष निकालेका छन्। पार्टीमा विवाद भए लगतै प्रचण्ड र नेपाल समूहले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए। उनी आफ्नो अडानबाट पछाडि हट्न नमानेपछि सो समूह त्यस्तो निष्कर्षमा पुगेको हो।

पार्टी र सरकार दुवै विधि र पद्धतिमा नचलेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने एजेण्डा स्वाभाविकै भएको स्थायी कमिटी सदस्य मातृका यादवले बताए। ‘सरकार र पार्टी विधि पद्धतिमा नचलेको यथार्थ हो। प्रधानमन्त्रीले सरकार हाँक्न नसकेपछि राजीनामा दिनुपर्ने हो’, यादवले भने, ‘तर अब कि आत्मसमर्पण गर्नुपर्‍यो, नभए सघर्ष गर्नुपर्‍यो।‘

प्रधानमन्त्री ओली विचार र आस्थामा अध्यात्मवादी, राजनीतिक कार्यदिशा पुँजीवादी र नेतृत्वमा सर्वसत्तावादी भएकाले विकल्प खोज्नुपर्ने अवस्था आएको यादवले बताए। आफू एकता विरोधी नभएको बताउँदै यादवले केपी ओली जस्ता कम्युनिस्टसँग सदावहार विपक्षमा भएको बताए।

प्रधानमन्त्री ओली निकट केन्द्रीय सदस्य कर्ण थापाले ओली र प्रचण्डले मिलेर निकास दिनुको विकल्प नभएको बताए। ‘उहाँहरु (प्रचण्ड-नेपाल पक्ष)ले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्नुहुन्थ्यो’, थापाले भने, ‘पछिल्लो समय उहाँहरु नै हामीले आधिकारिक रुपमा प्रधानमन्त्रीको राजीनामा मागेको छैनौं भन्न थाल्नु भएको छ।’ 

पार्टी विवादमा अध्यक्ष ओली र प्रचण्डले नै सहमति गरेर निकास दिनेमा आफू विश्वस्त रहेको थापाले बताए।

पाँच दिनमा केही होला?
बुधबार राति एपीवान टेलिभिजनमा प्रशारित ‘द ब्राभो डेल्टा सो’ मा कुराकानीका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दिनमै सिनेरियो परिवर्तन हुने बताएका छन्। ‘हप्ता दश दिन होइन, हप्ता भन्दा यतै पाँच दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनेरियो। भोलिबाट एक भनेर काउन्टडाउन सुरु गर्नुहोला’, उनको भनाइ थियो।

पार्टीभित्रको विवाद मिल्ने भन्दा पनि संवादहीनताको अवस्था सिर्जना भएको अवस्थामा प्रधानमन्त्रीको प्रतिक्रियाले सामाजिक सञ्जालमा प्रशस्तै चर्चा पाएको छ।

त्यसो त, अध्यक्षद्वयबीच आज छलफल हुनसक्ने एक पूर्वमाओवादी नेताले बताए। उनका अनुसार, समय तय भइनसके पनि भेटघाट भने हुनसक्ने सम्भावना रहेको बताए।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  ०९:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति
इरानले भन्यो– ‘मित्र देशका लागि हर्मुज जलमार्ग खुला छ’
कर्णाली खेलकुद परिषद् पुनर्गठन, सदस्य सचिवमा
सम्बन्धित सामग्री
नवनिर्वाचित सांसदहरूको शपथ आज शपथ लिने समय दिउँसो २ बजे तय गरिएको छ । यसपालि ६ राजनीतिक दलको प्रतिनिधित्व हुने प्रतिनिधिसभामा रास्वपाकै १ सय ८२ सांसद छन् । कांग्र... बिहीबार, चैत १२, २०८२
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका खेलेनन् : जाँचबुझ आयोगको प्रतिवेदन जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित आयोगले २४ फागुनमा ओली, लेखक र प्रहरी प्रमुख खापुङलाई फौजदारी कसूरमा अनुसन्धान... बुधबार, चैत ११, २०८२
ताजा समाचारसबै
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति बिहीबार, चैत १२, २०८२
इरानले भन्यो– ‘मित्र देशका लागि हर्मुज जलमार्ग खुला छ’ बिहीबार, चैत १२, २०८२
कर्णाली खेलकुद परिषद् पुनर्गठन, सदस्य सचिवमा बिहीबार, चैत १२, २०८२
नवनिर्वाचित सांसदहरूको शपथ आज बिहीबार, चैत १२, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय बुधबार, चैत ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पदभार ग्रहणपछि केसीले भने- सभामुखको आसनमा बसेपछि दलगत पूर्वाग्रहभन्दा माथि उठ्नुपर्छ बुधबार, चैत ११, २०८२
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय बुधबार, चैत ११, २०८२
‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका खेलेनन् : जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
इरानले भन्यो– ‘मित्र देशका लागि हर्मुज जलमार्ग खुला छ’ बिहीबार, चैत १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
वाइडबडी घोटालाको छानबिन गर्न समिति गठन शुक्रबार, चैत ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्