तिम्रो स्वादले धेरै काम पूरा भएजस्तो
तिमी बिना सबै अधुरा भएजस्तो
पिउने र पिलाउने दुवैलाई बाँध्न सक्ने
हरेक चुस्कीमा सम्बन्ध गाँस्न सक्ने
तिम्रो कुनै समय छैन,
बरु सबैको समय तिम्रा लागि।
जाडो होस् या गर्मी
तिम्रो वाहीवाही सदाबहार समान छ
हरेक बिहानी आँखा खोलेपछि यादमा आइदिन्छौँ
धोकाले आँखा खोलेजस्तै
फरक यति मात्र
धोकाले खुलेको आँखामा दुःख रहिरहन्छ
तिम्रो यादमा खुलेका आँखा खुशी भर्न प्रयास गर्छन्।
समय दिए तिम्रो रङ कडा
पोखिएमा दाग झन् गाढा
दाग-धब्बा नराम्रो भन्छन् सबै
तर हरेक दागले पुराना पल स्मरण गराउँछ
अधुरो कथा सुनाउँछ।
मुटुले दिमागको कुरा सुन्न
र दिमाग चल्न पनि तिम्रो साथ चाहिने
तिम्रो साथमा हरेक दिन सिकाइ चलिरहन्छ
चिया! तिमी बिना
जीवनमा हेरक दिन टाउको दुखाइ चलिरहन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।