काठमाडौं–मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कारका लागि अन्तिम ७ मा परेका पुस्तकहरुको नाम सार्वजनिक गरेको छ।
उत्कृष्ट ७ परेका पुस्तकहरुमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (खण्ड १–३), चन्द्रप्रकाश बानियाँको महारानी, ललित बिष्टको मोहपथ र शारदा शर्माको यात्रामा छन्।
छनोटमा परेकामध्ये एउटा पुस्तकलाई वर्ष २०७६ को मदन पुरस्कार प्रदान गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।