• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

'अतृप्त रहरहरू'भित्र डुबुल्की मार्दा

सरोजराज पन्त शनिबार, साउन २४, २०७७  ११:४४
1140x725

साहित्य सृजना कसैको करकाप, सल्लाह, सुझावबाट हुने होइन, यो त  बुझाइ, भोगाइ र चिन्तनबाट स्वतः प्रस्फुटित हुने कार्य हो। हरेक व्यक्तिमा प्रतिभा हुन्छ, तर सबैमा सृजनशील क्षमता हुन सक्दैन। यसैगरी शिक्षा पनि यस्तै कार्य हो जुन पढेरमात्र प्राप्त हुँदैन। जीवनका अनुभव, अनुभूतिबाट मानिसले अनेकौं ज्ञान, सीप हासिल गर्न सक्छ। आफूले भोगेका र व्यतित गरेका अविस्मरणीय क्षणहरूसँगै, धर्म, संस्कृति, रहनसहन, रीतिरिवाज, राजनीतिजस्ता विविध पक्षलाई आफ्नो बुझाइ र भोगाइअनुसार अभिव्यक्त गर्नु नै साहित्य सृजना हो। यही क्षमता नै सृजनशीलता हो। 

यसरी सृजनाको सागरमा डुबुल्की मार्न सफल एक उदयमान प्रतिभा, जसले देशको राजनीति, धर्म संस्कृति, परम्परा, रीतिरिवाज आदि क्षेत्रमा देखिएका विकृति, विसंगतिविद्ध चर्को व्यंग्यमात्र होइन, तिनलाई हटाउन यथेष्ट सुझाव पनि दिएकी छन्। यसरी नव सृजनाको मूल फुटाउने व्यक्ति साहित्य अनुरागी दुःखमा नआत्तिने र सुखमा नमात्तिने प्रतिभा बोकेकी नारी श्रष्टा हुन् चन्द्रकुमारी श्रेष्ठ। 

बागलुङ सदरमुकाम बागलुङ बजारको देउराली चोकमा २००९ सालमा जन्मिएकी श्रेष्ठलाई सृजनाको प्रत्यक्ष-अप्रत्यक्ष प्रभाव प्राज्ञ प्रेम छोटाबाट परेको देखिन्छ।

चन्द्रकुमारी श्रेष्ठको ‘अतृप्त रहरहरू’ कविता संग्रह २०७६ मा रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङबाट प्रकाशन भएको हो। कविता संग्रहमा ४६ वटा कविता र भजन समावेश छन्। कवितामा श्रेष्ठले सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक विषयका साथै जीवनका बुझाइ, भोगाइ र चिन्तनलाई वस्तुपरक रुपमा उल्लेख गरेकी छन्। यसका साथै धार्मिक, सांस्कृतिक ऐतिहासिक, पौराणिकसँगै मठमन्दिर, देवालयहरू, मेलापर्वमा महिलाको अवस्था, उनीहरूले भोग्नु परेका पीडा दुःखलाई सरल सहज भाषाशैलीमा प्रस्तुत गरेकी छन्। 

लामो समयसम्म आफूले सृजना गरेका कविता, गीत र भजनलाई एकीकृत गरी तयार पारेको यो संग्रह उनको पहिलो कृति हो। यद्यपि यसमा संग्रहित कविता, गीत र भजनहरूको अध्ययनबाट उहाँ नव–उदयमान व्यक्तिमात्र नभई एक परिपक्व नारी स्रष्टाभन्दा अत्युक्ति नहोला। उनको कविता, भजन, गीतबाट समयको वर्णनमात्र होइन जीवनको बुझाइ स्पष्ट हुन्छ।

‘पानी झैं  बगिरहन मन लाग्छ बग्नै नहुने,’ 

यस्तै छ यहाँको रितीथिति, उमेर, समय, अवस्थाभित्र जेलिएका व्यथाहरू यहाँ प्रस्तुत भएका छन्। 
यस्तै,
‘मुटुभित्रको सच्चा प्रेमलाई पैसासँग दाँज्ने नगर’-कोसिस

सच्चा प्रेमलाई पैसासँग तुलनागरी धोका दिने, छलकपट गर्ने प्रवृत्तिप्रतिको उनको बुझाइ वर्तमान धनप्रति लोभ गर्ने व्यक्तिलाई सिकाइ बन्न पुगोस जसबाट उनको लेखनले सार्थकता पाउन सक्दछ। 

Ncell 2
Ncell 2
nimb
nimb

उनका सृजनामा प्रेमभावसँगै जटिल जीवनका क्षणसमेत प्रस्तुत भएका छन् ।

‘पर्खेर त हेर यहाँ पर्खिन कति गाह्रो छ,
बाँचेर त हेर यहाँ बाँच्न झनै गाह्रो छ’-सार्‍ह्रो गाह्रो

दुई दिनको जीवनमा जिवन्त रुपमा एक अर्काप्रति समर्पित भएर लाग्नुपर्दछ भन्ने सन्देश पनि उनका कवितामा झल्किएका छन्।

‘ओत कहिल्यै लाग्ने छैन, श्रावणको झरिमा रुझे पनि,
शीतल कहिल्यै ताप्ने छैन, जेठको घामले पोले पनि,’-समर्पण

Xtrem

Xtrem

शोसक सामन्तवादका कारण भोग्नु परेका पीडालाई पनि उनले चित्रण गरेकी छन्। काममा तीव्र इच्छा भए पनि गरिब असहायप्रति विवेक, बुद्धि नआउनु धिकार छ भनी आलोचना गरेको पाइन्छ। यसबाट अहिले हामीले आत्ममूल्यांकन गर्न, सबै पेशा व्यवसाय धनि, गरिबलाई समान दृष्टिले हेर्न र सम्मान गर्न, विकासमा सहभागी हुनु पर्छ भन्ने लगायतका कुराहरू सिक्न जरुरी छ।

‘टाठो र बाठोको मात्रै राज छ जहाँ,
अनाथ र असहायको बस्ने ठाउँ नै कहाँ छ र यहाँ?’-शोषक

सहन सके कहन पाइन्छ भन्ने नेपाली उक्तिलाई आत्मसात गदैं उनले प्रोत्साहन कवितामा व्यक्त गरेकी छन्।
‘आकाशमा गर्जने कालो बादल भएर होइन
 चुपचाप धर्तिले झैं सहनु पर्छ’,-प्रोत्साहन

यसैगरी उनका कविताले राजनीतिप्रति तिखो बाण पनि प्रहार गरेका छन्ः
‘ए देशभक्त नेताहरू हो !
देशलाई फर्केर त हेर देशको विकास छ कि छैन,’–प्रश्न

त्यसैगरी उनका कवितामा रोदन–व्यथा जति पोखे पनि कसैले नसुन्ने गरेको, अबुझ भएको अभिव्यक्ति पनि प्रशस्त झल्किएका छन्। यसैगरी दुःख, कष्ट दिने र पीडा बोध गराउने मानिसका प्रवृत्तिको विरोध गर्दै समयमै न्याय दिन साहित्यको माध्यमबाट दबाब दिने काम उनका कविताले गरेका छन जसमाः

‘घाउ किन देखाऊँ, आँखा नहुनेलाई,
दुःख किन सुनाऊँ कान नहुनेलाई’-अर्थ न व्यर्थ

उदीयमान नारी श्रष्टा चन्द्रकुमारी श्रेष्ठका कवितामा तत्कालीन सामाजिक, साँस्कृतिक, आर्थिक अवस्थासँगै उमेर अनुसार मानिसमा आउने उमेरका छटाहरू पोखिएका छन्। वैवाहिक जीवनमा बाँधिएपछिका दुःख पीडासँगै देशको राजनीतिक अवस्थाले पारेका प्रभाव गुञ्जिएका छन्। अर्थले जीवनलाई अनर्थ बनाउन सक्ने वर्तमान जीवनका तीता यथार्थता झल्किएका छन्। यसरी उनको यो सृजनाले जीवनका हरेक पलसँग मेल खाने जीवनका वास्तविकताहरूको चित्रण गरेका छन्। उनको ‘अतृप्त रहरहरू’ संग्रहमा कविता मात्र नभई गीत, भजनहरू संङ्कलित हुनुले उनको जीवनको समग्र बुझाइ, भोगाइलाई छर्लंग रुपमा प्रस्तुत गरेको छ। 

उनका योगा गीतबाट स्वच्छ, स्वस्थ रहने प्रसस्त सन्देश दिएका छन्। जति व्यस्त भए पनि स्वास्थ्यका लागि ध्यान दिनु पर्ने र स्वस्थ रहन योगा गर्नै पर्ने प्रेरणा उनका गीतबाट पाउन सकिन्छ।

यसैगरी माया प्रेम, प्रकृति प्रेमसँग बेरिएका र माया प्रेममा जेलिएका गीत पनि नले रचना गरेको पाइन्छ। जन्म दिने आमाको मायाले सताएको, मायाले पिरोलिएको विषयलाई लिएर  समेत उनले गीत सृजना गरेकाले मातृत्व प्रेमप्रति छोरीहरू बढी संवेदनशील रहने गरेको यथार्थता पनि यस सङ्ग्रहबाट स्पष्ट हुन्छ। उदीयमान नारी श्रष्टा चन्द्रकुमारी श्रेष्ठको यो संग्रहलाई जीवनको एक अनुभूति संग्रहको रुपमा लिन सकिन्छ। जीवनको प्रारम्भदेखि हालसम्म आपूmले अनुभूति गरेका विषयलाई कविता, गीत र भजनमार्फत् प्रस्तुत गर्नुले यसको स्पष्ट हुन्छ।

जीवनका ६ दशकभन्दा बढी समयमा आपूmले बुझेका, भोगेका, देखेका विषयलाई टपक्क टिपेर कविता, गीत, भजनको रुपमा प्रकाशन गर्ने जर्मको गर्नु एक उदाहरणीय काम हो  उनीबाट नेपाली साहित्य, संगीत, सृजनामा कलम चलाउने सबैले धेरथोर अवश्य सन्देश पाउन सकिन्छ भन्ने मलाई लाग्दछ। 

‘सृजनालाई उमेरले छेक्दैन’ भन्ने सन्देश दिन सफल नारी स्रष्टा चन्द्रकुमारी श्रेष्ठको यो संग्रह प्रकाशनबाट नेपाली साहित्य सृजनाको फाँटमा एउटा इँटा अवश्य पनि थपिएको छ। यद्यपि उनको यो संग्रहमा संकलित गीत, भजनहरूमा सबै आप्mनो मात्र  सृजना र योगदान नभइ अन्य स्रष्टा, सर्जकहरूको पनि सहयोग भएको अनुभूति मैले गरेको छु। यसैले यसलाई संकलन भनेको भए उपयुक्त हुने मलाई लाग्छ। तथापि उनको कविता संग्रह एक प्रेरणादायी कदम भएकोले आगामी दिनमा समेत उनको सृजनाको बहार झनै प्रगाढ बन्दै जाओस् हार्दिक शुभकामना व्यक्त गर्दछु।

लेखक धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा अध्यापनरत छन्।

प्रकाशित मिति: शनिबार, साउन २४, २०७७  ११:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प बिहीबार, असोज १५, २०८३
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे बिहीबार, असोज १५, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्