• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

निर्मला प्रकरण : २ वर्ष पुग्दा पनि मुद्दा दायर नभएपछिको प्रश्न- बलात्कार मुद्दामा हदम्याद हुन्छ कि हुँदैन?

64x64
दुर्गा दुलाल शुक्रबार, साउन १६, २०७७  ०८:१०
1140x725

काठमाडौं- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साउन १० गते दुई वर्ष पूरा भएको छ। लामो समयसम्म पनि अभियुक्त पक्राउ नपर्दा मुद्दा चल्न सकेको छैन। कुनै समय कञ्चनपुरदेखि काठमाडौंसम्म धेरै मानिसलाई सडकमा ओरालेको यो घटना अहिले सेलाउँदै गएको छ।

घटनापछि दुई प्रहरी प्रमुख फेरिएका छन्, सर्वेन्द्र खनाल र ठाकुर ज्ञवाली। शैलेश थापा क्षेत्री अहिले प्रहरीको नेतृत्वमा छन्। हरेक प्रहरी प्रमुखले पन्तको हत्यामा संलग्नलाई पत्ता लगाउने बाचा गर्दै आएका छन्। तर, यो बाचा पूरा नहुँदै अनिवार्य अवकाशमा जानु प्रहरीको नेतृत्वको नियती नै हुँदै आएको छ। 

घटना भएका बेला सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक थिए। निर्मला हत्याका अभियुक्त पत्ता लगाई छाड्ने उद्घोष गरेका खनालले आफ्नो कार्यकालमा कुनै उपलब्धि हासिल गर्न सकेनन्। गृहमन्त्रीदेखि उपप्रधान तथा रक्षामन्त्रीले समेत हत्याको बारेमा धेरै भाषण गरे। तर, उनीहरुको भनाईकाे पुष्टि पनि हालसम्म हुन सकेको छैन। यसरी शीर्ष नेताको भाषण र सञ्चार माध्यमका कतिपय समाचारले अनुसन्धान नै गिजाेलिन पुग्यो।

खनालपछि प्रहरी महानिरीक्षक बनेका ठाकुर ज्ञवालीले पनि निर्मला हत्याको रहस्य पत्ता लगाउने बताए। उनको कार्यकालमा पनि केही प्रगति भएन। वर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पनि यसको अनुसन्धानलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन्। उनकाे कार्यकालमा के होला त्यो हेर्न बाँकी नै छ। 

बलात्कार मुद्दामा हदम्याद बाधक बन्ला त? 
यो घटनामा मुख्य अभियुक्त पक्राउ गरेपछि बलात्कारको मुद्दा लाग्छ कि लाग्दैन? भन्ने प्रश्न सिर्जना भएको देखिन्छ। घटना भएको समयमा कायम रहेको मुलुकी ऐनअनुसार बलात्कारको मुद्दामा हदम्याद ६ महिनामात्र थियो।

घटना भएको तीन सातापछि २०७५ भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा भने बलात्कार मुद्दाको हदम्याद बढाएर एक वर्ष पुग्यो। यद्यपि, अपराध हुँदा प्रचलनमा रहेको कानुन नै आकर्षित हुने भएकाले यो घटनामा पनि मुलुकी ऐनअनुसार नै कानुनी प्रक्रिया अगाडि बढ्नुपर्ने देखिन्छ।

हालको कानुनअनुसार मुद्दा लगेमात्र एक वर्ष हदम्याद हुने छ नत्र ६ महिनामात्र हुन्छ। हदम्यादको विषयमा भने कानुन व्यवसायीहरुको दुईथरी नै मत रहेको पाइन्छ। बलात्कारको मुद्दाका जानकार र सरकारी वकिलहरूले भने हत्या मुद्दा दायर भई नसकेकाले नलाग्ने दावी गरेका छन्। महान्याधीवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीले अभियोगपत्र दायर गर्न हदम्याद नलाग्ने बताए। ‘बलात्कारपछि हत्या गरिएको र कुनै पनि अभियोगमा हालसम्म मुद्दा दायर नभएकाले हदम्याद भनेर अभियोग लगाउन रोकिदैन’, रेग्मीले भने, ‘मुद्दा दायर भएपछि ठहर गर्ने वा नगर्ने न्यायाधीशको कुरा हो।’

मुद्दा अनुसन्धानकै चरणमा रहेकाले हदम्याद समाप्त भयो भन्न नमिल्ने रेग्मीको तर्क छ। ‘हत्याको अभियोगमा  हदम्याद हुँदैन,’ उनले भने, ‘त्यसैले हदम्याद लाग्ने नलाग्ने भनेर अब न्यायाधीशले मात्र व्याख्या गर्ने कुरा हो।’

Ncell 2
Ncell 2
nimb
nimb

यस्ता विवादमा सर्वोच्च अदालतबाट मिल्दो नजिर नभएपनि सुन्तली धामीको घटनासँग मिल्ने देखिन्छ। धामीको मुद्दामा सर्वोच्चले मुद्दा दायर भएको लामो समयपछि थप व्यक्तिलाई पनि अभियोग लगाउन आदेश दिएकाले निर्मला पन्तको घटनामा पनि उक्त नजिर आर्कषित हुनसक्ने उनले बताए। सरकारी वकिलले दुवै अभियोगपत्र दावी गर्दै मुद्दा लैजान सक्ने उनले बताए।

हालसम्म मुख्य अभियुक्त पक्राउ नपरेकाले यो विषयमा बहसभन्दा मुख्य अभियुक्तको खोजी गर्ने अनुसन्धानमा केन्द्रित हुनुपर्ने उनकाे भनाई छ। मुख्य अभियुक्त फेला परेपछि सरकारी वकिलले सोही समयमा यो विषयमा निर्णय गर्ने उनले बताए।

हत्याको मुद्दा बाँकी भएकाले बलात्कारको मुद्दामा हदम्याद नसकिने अधिवक्ता राजु चापागाईंको तर्क छ। ‘पीडित १ वर्षको हदम्याद बाँकी हुँदै अदालत गएकाले अहिले हदम्याद छैन भनेर मुद्दा दायर नहुने हुँदैन,’ उनले भने, ‘हत्याको अभियोगमा मुद्दा दायर भई नसकेकाले दुवै अभियोगमा मुद्दा दायर हुन्छ।’

महिला र महिला अधिकारका क्षेत्रमा लामो समयदेखि वकालत गर्दै आएका अधिवक्ता मीरा ढुङ्गनाले जाहेरी दर्तामा भएकाले हदम्याद नलाग्ने बताइन्। ‘घटना बारेमा सूचना नदिएको होइन,’ ढुङ्गानले भनिन्, ‘पीडित मरेर गएको पनि अनुसन्धान र बाँकी रहेका प्रमाणहरूले बलात्कारपछि हत्या भएको पुष्टि गरेको थियो। यो घटनासँग सुन्तली धामीको घटना जोडेर हेर्न सकिने उनले बताइन्।

धामीको घटनामा ६ जना विरुद्ध बलात्कार गरेको जाहेरी दिइएकाे थियाे। सर्वाेच्चले सबैमाथि अभियोगपत्र दायर गर्न आदेश गरेको थियो। सरकारी वकिलले छुटाएकाले पुनः मुद्दा दायर भएको उनले बताइन्। यही कारण निर्मला हत्या प्रकरणमा पनि यस्तै हुने उनको तर्क छ।

अधिवक्ता अनिता शर्माले पनि हत्याको मुख्य कारण बलात्कार भएकाले यसमा हदम्याद भनेर अल्झन नहुने टिप्पणी गरिन्।

बलात्कारको अभियोग छुट्दा के फरक पर्छ? 
तत्कालीन अवस्थामा विद्यामान कानुनी व्यवस्थाअनुसार दुई वटा अपराधसँगै भएको अवस्थामा अधिकतम सजाय मात्रै कार्यान्वयन हुन्छ।  बलात्कार वा हत्या मध्ये जुनमा धेरै सजाय भयो त्यही कार्यान्वयन हुने हुन्छ।

मुलुकी ऐन (बाह्रौं संशोधन)मा १० देखि १४ वर्षसम्म उमेरकी बालिकामाथि जबरजस्ती करणी गरेमा ८ देखि १२ वर्षसम्म कैद हुने व्यवस्था छ। सामूहिक बलात्कार भएमा थप पाँच वर्ष कैद हुन्छ। यसरी हेर्दा बलात्कारपछि हत्याको अभियोग पुगेका मुद्दा थप बलियो हुने देखिन्छ। तर घटना भएको लामो समय भएकाले यसमा कति ठहर गर्ने भन्ने कुरा न्यायाधीशको फैसलामा भर पर्ने देखिन्छ।

एक आरोपमात्र छुटेमा उक्त घटनामाथि अभियोजन नभएको जस्तो मात्र देखिने र निर्मला प्रकरण सबैलाई थाहा भएको घटनाले यसमा कुनै अभियोग नलाग्ला भनेर चिन्ता लिन नपर्ने अधिवक्ता चापागाईंको तर्क छ। उनले मुख्य कुरा अभियुक्त को हो? र त्यो छिट्टै सत्यतथ्य पत्ता लगाएर मुद्दा दायर गर्नुपर्ने बताए।

बलात्कार ठहर हुनेमा शंका 
कानुनमा भएको हदम्यादलाई देखाएर कम सजाय हुनसक्ने आशंका भने गर्न सकिने कानुनविदहरूको तर्क छ। अधिवक्ता अनिता शर्माले कानुनमा भएको हदम्यादले भोलि विवाद हुनसक्ने ठाउँ रहेको बताउँछिन्। मुलुकी अपराध संहिता वा तत्कालीन मुलुकी ऐनमा हदम्याद भएकाले अभियुक्त पक्षबाट यो कुरा आउनसक्ने उनको बुझाई छ।

दोषीले कति वर्ष कैद सजाय पाउलाभन्दा पनि बलात्कार जस्तो जघन्य अपराधमा मुद्दा चल्छ कि चल्दैन र कसूर साबित हुन्छ कि हुँदैन भन्ने मुख्य प्रश्न रहेको देखिन्छ।

अनुसन्धान के भइरहेको छ? 
निर्मला प्रकरणको फाइल अहिलेपनि अनुसन्धानमै रहेको कञ्चनपुरका डिएसपी अमर थापाले बताए। घटना प्रकरण जटिल भएकाले सोही अनुसार अनुसन्धान पनि चलिरहेको उनले बताए।

कञ्चनपुरको स्थानीय प्रहरी, सिआइबीका डिएसपी अंगुर जिसी नेतृत्वको प्रहरी, सिआइबीका अर्का एसपी ठाकुर ज्ञवालीको प्रहरी टोली, एआइजी धिरु बस्न्यात नेतृत्वको प्रहरी टोली, महानगरीय प्रहरी अपराध महाशाखाको टोली, एसपी पूजा सिंह नेतृत्वको प्रहरी टोली, गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको अनुसन्धान टोलीलगायतले निर्मला काण्डको अनुसन्धान गरे। तर, अनुसन्धानको निचोड निस्कन सकेको छैन। बरु अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको जागिर नै जानेसम्म कारबाही भए यो प्रकरणमा।

अनुसन्धानका धेरै पाटाहरूको यथार्थ अहिलेसम्म बाहिर आउन सकेका छैनन्। हल्ला र भीडको पछाडि सञ्चार माध्यम लागेको अनुसन्धानमा संलग्न प्रहरी र अन्य प्रहरीहरूले भन्दै पनि आएका छन्।

उक्त अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई अहिले पनि विभिन्न आरोप लाग्दै आएको छ। आरोप लागेका प्रहरीहरूविरुद्ध अदालतमा मुद्दासमेत दायर भएको थियो। उनीहरू बयान दिँदै धरौटीमा रिहा हुँदै पनि आएका छन्।

उनीहरुमाथि प्रमाण नष्ट गरेको, अभियुक्तलाई यातना दिएको, अनुसन्धानमा कुकुर प्रयोग नगरेको, पानी पर्दा समेत किताब नभिजेको, ओपेरा होटलको सिसी टिभी फुटेज मेटाइएको लगायतका आरोपहरु लाग्दै आएका छन्। उक्त आरोपका पछाडि यथार्थता कति छ, त्यसो गर्न सम्भव छ कि छैन, प्रहरीले अपराधी जोगाउनुको पछाडि कारण के? भन्ने प्रश्नहरुको उत्तर अहिलेसम्म आएका छैनन्। 

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  ०८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान उनी कतार एअरवेजमा दोहा ट्रान्जिट हुँदै न्यूयोर्क पुग्नेछन् । प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्... मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीलाई दिइएको कैद माफीविरुद्ध शारदा कडायतले दायर गरेको रिट खारेज गर्दै राष... मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबारको बैठक अन्त्य गर्दै सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली–२०८३ का नियम २० र २१ सम्झाउँदै बैठकमा मोबाइल फोन प्रयोग, फोटो तथा... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्