• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

खेलकुदमन्त्रीका अघि सचिवले भने- योजनाबिना जहाँ पनि बोलिदिनु भएन, बजेट छैन

64x64
नेपाल लाइभ बुधबार, साउन १४, २०७७  १८:०५
1140x725
युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया।

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्यसचिव रमेशकुमार सिलवालले सपथ लिएका छन्। बुधबार मन्त्रालयमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सपथ ग्रहण गराएका हुन्। 

राखेपका केही पदाधिकारी, शुभचिन्तक र सञ्चारकर्मीमाझ सपथ लिएका उपाध्यक्ष कोइराला र सदस्यसचिव सिलवालले मात्र होइन मन्त्री विश्वकर्मा सबैले कार्यक्रममा सुशासन र पारदर्शिताका कुरा गरे। 

गएको एक वर्षको अनुभवले आउँदो चार वर्ष राम्ररी काम गर्ने सिलवालको धारणा रह्यो। मन्त्री विश्वकर्माले ‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७’ आएपछिको समय आफ्नो पनि नयाँ कार्यकाल रहेको बताए। 

सबैले उही प्रक्रियामा बोलिरहँदा कार्यक्रममा फरक विषयका कारण केन्द्रमा देखिए मन्त्रालयका सचिव रामप्रसाद थपलिया। आफूले मन्त्रीको चाहना विपरित केही काम गर्न नसक्ने भन्दै उनले खेलकुद क्षेत्रमा विकास हुन नसक्नुमा कर्मचारीलाई दोष दिएजस्तो कमजोरी कर्मचारीको नभएकोतर्फ संकेत गरे। 

जहाँ गए पनि बिना योजना र बजेट रंगशाला बनाइदिन्छु भनेर बोलिदिँदा समस्या पर्ने भन्दै उनले मन्त्रीसहित सबैलाई योजना भएको कुरामा मात्र बोल्न आग्रह गरे। धेरै कर्मचारी रहँदा र नयाँ ऐनअनुसार प्रदेश र स्थानीय तहलाई समेट्न नसके समस्या हुनेतर्फ पनि उनले भनाइ राखे। 

राखेप उपाध्यक्ष पदमा शिव कोइराला र सदस्यसचिव पदमा रमेशकुमार सिलवाललाई सपथ खुवाउँदै खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा।

यस्तो छ सचिव थपलियाको अभिव्यक्ति -
मैले यो मन्त्रालयमा सहसचिवको पनि भूमिका निर्वाह गर्न पाएँ। सचिवको पनि भूमिका निर्वाह गरिरहेको छु। खेलकुदको क्षेत्रमा २९ वर्षपछि नयाँ ऐन आाएको छ।यो जिम्मेवारीका समन्वय गर्न पाएकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छु। भोलिका दिनमा यो ऐनमा भएको समस्याहरुलाई क्रमश सुधार गर्दै जान सकिन्छ। किनभने संघीय व्यवस्थामा हामी सबै अनुभवि छैनौँ। 

यो खेलकुदको विषय सबैको साझा विषय हो। यो हामीले बनाएको खेलकुदसम्बन्धी जुन ऐन छ, यो नेपालभर लागु हुन्छ। यद्यपी प्रदेश सरकारहरुले हामीले केन्द्रमा समयमै ऐन बनाउन नसकेको कारणले उहाँहरुले आफ्नै ऐन बनाउनु भएको छ। संरचनाहरु पनि बनाउनु भएको छ। पछि हामीले बनाएको ऐनसँग मिलाएर जानुपर्ने बाध्यात्मक परिस्थिति उहाँहरुलाई छ। त्यो गर्नु हुन्छ भन्ने मलाई विश्वास छ।

खेलकुदको विकासको लागि धेरै संरचना र पदाधिकारी भएर हुँदैन भन्ने कुरा विगतका पाठले पनि सिकाएको छ। हामीलाई एक्सन चाहिएको छ। हामीलाई धेरै प्रतियोगिता, तालिम, पूर्वाधार चाहिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

साग आगमनसँगै राखेपले व्यवस्थित तरिकाले काम गरेको हुँदा परिणाम पनि हामीसँग छ। भोलिको दिनमा पनि हामी त्यसरी नै जानु परेको छ। त्यसको लागि धेरै संरचना भन्दा पनि धेरै बजेट चाहिएको छ। कार्यक्रम चाहिएको छ। राष्ट्रिय क्यालेन्डर चाहिएको छ। प्रदेशहरुलाई पनि हामीले हेरेर लानु परेको छ।

राखेपको कर्मचारी मात्रै हुनु पर्छ भन्ने पनि छैन। युवा तथा खेलकुदका कर्मचारीलाई पनि लगाउन सकिन्छ।

कर्मचारीको सन्दर्भमा पनि म केही कुरा गर्न चाहन्छु। खेलकुदका पदाधिकारीको बारेमा पनि मन्त्रालयमा विभिन्न कोणबाट टिकाटिप्पणी हुन्छ। म साथीहरुलाई दुई वटा कुरा मात्रै भन्छु। कि त उहाँहरुले कार्यसम्पादनमा सुधार गर्नु पर्छ, कि त हिजोकै ढंगले जानेभन्दा कर्मचारी कति र पदाधिकारी कति भन्ने छुट्याउनु पर्छ। यो ऐनले छुट्याएको छ। हिजो त्यो थिएन। तर अब छुट्याएको छ।

समितिमा छलफल हुँदा तपार्इंहरु हुनुहुन्थेन। त्यहाँ साथीहरुको प्रतिनिधित्व मैले गरेको थिएँ। खेलकुदको विकासमा समस्या ल्याउने कर्मचारी नै जिम्मेवार छन् भन्ने ढंगले संसदमा धेरै माननीयज्यूहरुको प्रस्तुति रहन्थ्यो। त्यही भएर कर्मचारीको साइज घटाइएको अवस्था पनि हो।

Xtrem

Xtrem
सपथग्रहणपछि तस्बिर खिचाउँदै सचिव रामप्रसाद थपलिया, राखेप उपाध्यक्ष शिव कोइराला,मन्त्री जगतबहादुर विश्वकर्मा र राखेप सदस्यसचिव रमेशकुमार सिलवाल।

फेरि यो खेलकुद क्षेत्रमा मात्रै हैन। हाम्रो निजामतिमा पनि छ। तीन तहको सरकार छ। ३८ हजारभन्दा बढी सार्वजनिक पद धारण गर्ने स्थान थपिएको छ। अघि मन्त्रीज्यूले पनि भन्नु भएको छ। उहाँ नेतृत्वमा हुनुहुन्छ। कर्मचारी भनेको न्युट्रलमा राखिएको मोटरसाइकल वा गाडी हो।

मेरो ३०–३२ वर्षको अनुभव भए पनि मैले माननीय मन्त्रीज्यूको चाहना, निर्देशन विपरित केही गर्न सक्दिनँ। मैले तर्क गर्न सक्छु, विचार राख्न सक्छु। तर मन्त्रीज्यूको सोच विपरित केही गर्न सक्दिनँ। त्यसैगरी राखेपका साथीहरुले पनि तर्क गर्न सक्नुहुन्छ, विचार राख्न सक्नु हुन्छ तर नेतृत्वले गरेको निर्णयको विपरित जान सक्नुहुन्न। हिजो त्यस्तो भयो भनिन्थ्यो तर अब हुनु भएन। 

अहिले पनि उहाँहरुले जुन सपथ खानु भएको छ। त्यो तपाईंहरुकोमा पनि पुगोस् भनेर राखेप विभागीय प्रमुख सबैलाई कोरोनाको अप्ठ्यारो पर्दापर्दै पनि नछुटाएका हौं।

सुशासन र पारदर्शीताको लागि म राखेपलाई हदैसम्मको सहयोग गर्न चाहन्छु। जुनसुकै सचिव भए पनि सचिवको कर्तब्य त्यही हो। हिजोका दिनमा पनि हामीले सदस्य सचिवलाई त्यसैको लागि घचघच्याउने गर्दै आएका थियौं। हिजो एउटा परिस्थिति थियो भने अहिलेर्को परिस्थिति फरक छ। उपाध्यक्षज्यू र सदस्यसचिवज्यूलाई मन्त्रालयको तर्फबाट हार्दिक स्वागत छ। वेवसाइटलाई पनि अपडेट गर्दै सबै काममा हामी अगाडि बढ्नु पर्नेछ।

अब पाँच वर्षलाई कसैले बोलेर केही पनि हुँदैन। बीचमा सरकारलाई केही महशुस भयो भने संशोधन कानुन लिएर आएर सरकारले चाहेकै दिन नयाँ ऐन संशोधन हुन्छ। होइन भने पाँच वर्षमा विचार गर्ने भनिएको यो ऐन पाँच वर्ष त अब यसरी नै रहन्छ। जुन संस्थालाई जे कामको जिम्मेवारी दिएको छ त्यो गर्यो कि गरेन भनेर हेर्नु पर्यो।

हाम्रो लागि चुनौती भनेको प्रदेश सरकार र स्थानीय तहलाई कसरी मिलाएर जाने भन्ने हो। उहाँहरुलाई पनि सदस्यसचिव बनाएर, पदाधिकारी बनाएर खेलकुदको विकास हुन्छ भन्ने परेको छ। त्यहाँ कसरी विश्वास दिलाउने? किनकि हामी कार्यक्रम गर्न त विद्यालयमार्फत पनि जान सक्छौं। हामी संघमार्फत पनि जान सक्छौं। उहाँहरुले पनि यस्तो संरचना बनाउनु भयो भने खेलकुदको विकास त होला। पक्कै हुन्छ। उहाँहरुको प्रतिबद्धता छ। तर संरचना र पदाधिकारीमा हामीले पैसा बढी दियौं भने खेलकुदको पूर्वाधार नबन्ने, प्रतियोगिताहरु कम हुने, खेलाडीको इज्जत बढाउने काम कम हुन्छ।

खेलकुदमा प्रचुर मात्रामा सम्भावना छ। हामीले गर्नु पर्ने धेरै छ। हामीले गर्नु पर्ने भन्दा निकै कम काम गरेका छौं। स्रोत साधनको कमी छ। त्यसैले एउटापद्धती बनाएर हिजोको दिनमा जस्तो जहाँ गए पनि रंगशाला बनाइदिन्छु भनेर नबोलिदिए हुन्थ्यो। योजना बनाएर मात्रै बोलेर अगाडि बढे धेरै राम्रो हुन्छ। हजुरहरुको पूर्वअनुभव र अहिलेको जिम्मेवारी एकदमै सुहाएको छ। सफल कार्यकालको लागि शुभकामना दिन चाहन्छु।

प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  १८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र
बाढीपहिरोका कारण कांग्रेस महाधिवेशनको मिति धकेलिँदै, १९ कि २१ गतेबाट गर्ने भन्नेमा छलफल
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र सोमबार, असोज १२, २०८३
बाढीपहिरोका कारण कांग्रेस महाधिवेशनको मिति धकेलिँदै, १९ कि २१ गतेबाट गर्ने भन्नेमा छलफल सोमबार, असोज १२, २०८३
कांग्रेसको महाधिवेशनमा युवाको दबदबा, ४४ हजारले पाए पद र झण्डै एक लाख बने प्रतिस्पर्धी सोमबार, असोज १२, २०८३
खाद्य आयातको अनुमति मिलाइदिने भन्दै २८ लाख असुल, विभागका अधिकृतसहित चार जनाविरुद्ध मुद्दा सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्