• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

संघ र स्थानीय तहबीच विवाद : संघले कर्मचारी खटाउने‚ स्थानीयले फर्काउने

64x64
प्रजु पन्त शुक्रबार, साउन ९, २०७७  २१:३१
1140x725

काठमाडौं-२०७६ जेठ अन्तिममा काठमाडौंकाे कागेश्वरी मनोहरा नगरपालिकाले ४ प्राविधिक कर्मचारी आवश्यक परेको भन्दै विज्ञापन गर्‍यो। संघीय मामिला तथा प्रशासन मन्त्रालयले एक वर्षसम्म कर्मचारी पठाएन।

लामो समयसम्म कर्मचारी नपाएपछि नगरपालिकाले करारबाट र केही समायोजन भएर आएका प्राविधिक कर्मचारी नियुक्ति गर्‍यो। यही असारमा बल्ल मन्त्रालयले ४ कर्मचारी नगरपालिकामा पठायो। नगरपालिकाले आवश्यक कर्मचारी पूर्ति भइसकेको भन्दै ती कर्मचारीलाई हाजिर गर्न दिएन।

मन्त्रालयले स्थानीय तहले कर्मचारी फर्काउने कानुनी आधार नभएको भन्दै कुनै हालतमा कर्मचारीलाई त्यहीँ काम गर्न पत्र काट्यो। ‘एक वर्षसम्म मन्त्रालयले कर्मचारी पठाएन। काममा नै प्रभाव पर्न थालेपछि हामीले केही करार र केही समायोजन भएर आएका कर्मचारी खटाइसकेका थियौं,’ कागेश्वरी मनोहरा नगरपालिकाका प्रशासकीय अधिकृत सीता अधिकारीले भनिन्‚ ‘मन्त्रालयले जसरी पनि उहाँहरूलाई कामै गराउनुपर्ने कडा चिट्ठी काटेपछि उहाँहरूलाई काममा खटाइसकेका छौं।’

यसैगरी,यही साउन १ गते सिन्धुलीको फिक्कल गाउँपालिका कार्यालयले कामको नतिजा सन्तोषजनक नभएको भन्दै इन्जिनियर विष्णुप्रसाद कँडेललाई फिर्ता पठाइएको पत्र थम्यायो। साथै, कँडेलको तलब भुक्तानी नगर्न लेखा शाखालाई निर्देशन पनि दियो। 

त्यसको जवाफमा संघीय मन्त्रालयले सोध्यो–कुन कानुनअन्तर्गत फिर्ता पठाइएको हो?’ सँगै कँडेललाई मन्त्रालयमा फिर्ता पठाउन नमिल्ने भएकाले सोही गाउँपालिकामै काम गराउन निर्देशन दियो। 

मन्त्रालयले गाउँपालिकालाई लेखेको पत्रमा भनिएको छ, ‘कर्मचारीलाई अयोग्यसमेत घोषणा गरी प्राकृतिक न्यायको न्यूनतम सिद्धान्तको समेत पालना नगरी यस मन्त्रालयमा फिर्ता गरेको देखिएकाले निजलाई कुन कानुनअन्तर्गत र के कस्तो प्रक्रिया अवलम्बन गरी अयोग्य घोषणा गरिएको हो?’

Ncell 2
Ncell 2
nimb
nimb

यी त उदाहरणमात्रै हुन्। ११ वटा स्थानीय तहले संघले पठाएका कर्मचारी फिर्ता गरेकाे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार काठमाडौंको कागेश्वरी मनोहरा, सप्तरीको डाक्नेश्वरी, डडेल्धुराको परशुराम, भक्तपुर सानोठिमी र अछामको पञ्चदेवल, सिन्धुलीको फिक्कल, उदयपुरको रौतामाई र धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाले पनि संघले पठाएका कर्मचारी फिर्ता गरेका छन्।

‘स्थानीय तहले कर्मचारी फिर्ता पठाउने अधिकारै नभएको काम गरेका छन्,’ मन्त्रालयका प्रवक्ता अधिकारीले भने, ‘५ रुपैयाँको टिकट टाँसेर कर्मचारी नियुक्ति गर्ने, लोकसेवा आयोग पास गरेका कर्मचारीलाई अयोग्य भनेर फिर्ता पठाउने? गर्नै नमिल्ने काम हो।’

संघीयता लागू भएसँगै एकपटकका लागि संघीय सरकारले स्थानीय तहको आवश्यकताअनुसार कर्मचारी नियुक्ति गर्न पाउँछ। त्यसपछि भने स्थानीय तहले आवश्यक कर्मचारीको माग गरी प्रदेश लोकसेवा आयोगमा पठाउने र प्रदेश लोकसेवा आयोगले आवश्यक प्रक्रिया पुरा गरी कर्मचारी स्थानीय तहमा पठाउँछ। स्थानीय र प्रदेश सरकार गठन भएको दुई वर्ष पुगिसक्दा पनि एउटै प्रदेशमा पनि लोकसेवा आयोग गठन हुन सकेको छैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मन्त्रालयले स्थानीय तहले आफूखुसी गर्न नपाउने र सघंले खटाएका कर्मचारीलाई काम गर्न दिनुपर्ने बताइरहँदा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्यञ्जु भने संघले स्थानीय तहलाई हस्तक्षेप गरेको आराेप लगाउँछन्। ‘संघले स्थानीय तहमा हस्तक्षेप गरिरहेको छ,' संघका अध्यक्ष अशोक ब्यञ्जुले भने, ‘नगरपालिकामा ४० वटा लेखापाल छैनन्‚ २८ वटा हाकिम छैनन् त्योचाहिँ नहेर्ने अनि कर्मचारी समायोजन नगर्ने, स्थानीय तहले करारमा राख्न पाउने कर्मचारीमा आँखा लगाएर हुन्छ?’

अहिलेका मन्त्रीहरू जगंबहादुर हुन्? : अशोक ब्यञ्जु 

संघले स्थानीय तहमा कर्मचारी नपठाएर काम गर्न अप्ठयारो पारिरहेको छ। ४० वटा नगरपालिकामा लेखापाल र २८ नगरपालिकामा हाकिम छैनन्। कहिले कर्मचारी पठाउँछ संघले? संघले कर्मचारी पठाएको तर स्थानीय तहले हाजिर गर्न नदिएको कुरा छ‚ संघले आफैं कर्मचारी पठाउने हो कि स्थानीय तहले दरबन्दी सिर्जना गर्ने हो? हामीले दरबन्दी नै सिर्जना नगरी मन्त्रालयले पठाएको कर्मचारी स्वीकार्दैनौं।

सचिव‚ मन्त्रीले पठाएको मान्छे हामीले स्वीकार्नुपर्ने? अहिलेका मन्त्री जगंबहादुरजस्ता हुन्? संघीयताको मर्म बुझ्नुपर्दैन? स्थानीय तहले कानुन पालना गर्नुपर्ने तर संघले पालना गर्नु नपर्ने हो? दरबन्दी नभएर रोकिएको हो। करारमा नियुक्ति गर्ने उनीहरूको भनाइ छ‚ प्राविधिकतर्फका केही कर्मचारी त स्थानीय तहले नियुक्ति गर्न पाउँछ त‚ कि त्यो पनि गर्न नदिने हो? मन्त्रालयले आफन्त भर्ना गरेको बिनाआधारको कुरा गरेको छ यदि त्यसो हो भने प्रमाणसहित बोलोस् हामी २४ घण्टाभित्र कारबाही गर्छौं।

संविधानले सहकार्य साझेदारी र समन्वयको आधारमा काम गर्ने भनेको छ‚ सोही आधारमा काम हुनुपर्छ। केही सवालमा स्थानीय तहको पनि कमजोरी भएका होलान् तर स्थानीय तहलाई मात्रै दोष लगाएर हुन्न। 

५ रुपैयाँको टिकट टाँसेर आफन्तलाई जागिर खुवाउन पाइदैन : बसन्त अधिकारी 

अहिले प्रदेश लोकसेवा गठन नहुँदासम्म संघले नै कर्मचारी पठाउने कानुनी व्यवस्था हो। त्यही व्यवस्थाअनुसार नै संघले सम्बन्धित निकायमा समायोजन गरेर कर्मचारी पठाएका छौं। समायोजन ऐन‚ २०७५ अनुसार जहाँ-जहाँ रिक्त हुन्छ‚ त्यहाँ स्थानीय तहले लोकसेवा आयोगमा फारम भरेर पठाउँछ।

आयोगले सोहीअनुसार प्रक्रिया पुर्‍याएर फेरि फिर्ता पठाउँछ। अहिले तत्काल प्रदेश लोकसेवा आयोग छैन। ५ रुपैयाँको टिकट टाँसेर आफन्तीलाई जागिर खुवाउन पाउँदैन स्थानीय तहले। कतिपय स्थानीय तहले समायोजन भएर गएका कर्मचारीलाई कार्यसम्पादन नराम्रो भएको भनी मन्त्रालय पठाएको छ। कार्यसम्पादन चित्त नबुझे कारबाही गर्ने हो कि संघमा फिर्ता पठाउने हो? कुन कानुनमा यस्तो छ? फिर्ता पठाउने आधार के हो?

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७  २१:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको कोलाहल र... शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जालमा लेख्दै आगामी बुधबारदेखि आइतबारसम्म हुने वर्षाका क्रममा केही स्थानमा २०० मिलिमिटरभन्दा बढी प... शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्