• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २३, २०८२ Sat, Mar 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

संघ र स्थानीय तहबीच विवाद : संघले कर्मचारी खटाउने‚ स्थानीयले फर्काउने

64x64
प्रजु पन्त शुक्रबार, साउन ९, २०७७  २१:३१
1140x725

काठमाडौं-२०७६ जेठ अन्तिममा काठमाडौंकाे कागेश्वरी मनोहरा नगरपालिकाले ४ प्राविधिक कर्मचारी आवश्यक परेको भन्दै विज्ञापन गर्‍यो। संघीय मामिला तथा प्रशासन मन्त्रालयले एक वर्षसम्म कर्मचारी पठाएन।

लामो समयसम्म कर्मचारी नपाएपछि नगरपालिकाले करारबाट र केही समायोजन भएर आएका प्राविधिक कर्मचारी नियुक्ति गर्‍यो। यही असारमा बल्ल मन्त्रालयले ४ कर्मचारी नगरपालिकामा पठायो। नगरपालिकाले आवश्यक कर्मचारी पूर्ति भइसकेको भन्दै ती कर्मचारीलाई हाजिर गर्न दिएन।

मन्त्रालयले स्थानीय तहले कर्मचारी फर्काउने कानुनी आधार नभएको भन्दै कुनै हालतमा कर्मचारीलाई त्यहीँ काम गर्न पत्र काट्यो। ‘एक वर्षसम्म मन्त्रालयले कर्मचारी पठाएन। काममा नै प्रभाव पर्न थालेपछि हामीले केही करार र केही समायोजन भएर आएका कर्मचारी खटाइसकेका थियौं,’ कागेश्वरी मनोहरा नगरपालिकाका प्रशासकीय अधिकृत सीता अधिकारीले भनिन्‚ ‘मन्त्रालयले जसरी पनि उहाँहरूलाई कामै गराउनुपर्ने कडा चिट्ठी काटेपछि उहाँहरूलाई काममा खटाइसकेका छौं।’

यसैगरी,यही साउन १ गते सिन्धुलीको फिक्कल गाउँपालिका कार्यालयले कामको नतिजा सन्तोषजनक नभएको भन्दै इन्जिनियर विष्णुप्रसाद कँडेललाई फिर्ता पठाइएको पत्र थम्यायो। साथै, कँडेलको तलब भुक्तानी नगर्न लेखा शाखालाई निर्देशन पनि दियो। 

त्यसको जवाफमा संघीय मन्त्रालयले सोध्यो–कुन कानुनअन्तर्गत फिर्ता पठाइएको हो?’ सँगै कँडेललाई मन्त्रालयमा फिर्ता पठाउन नमिल्ने भएकाले सोही गाउँपालिकामै काम गराउन निर्देशन दियो। 

मन्त्रालयले गाउँपालिकालाई लेखेको पत्रमा भनिएको छ, ‘कर्मचारीलाई अयोग्यसमेत घोषणा गरी प्राकृतिक न्यायको न्यूनतम सिद्धान्तको समेत पालना नगरी यस मन्त्रालयमा फिर्ता गरेको देखिएकाले निजलाई कुन कानुनअन्तर्गत र के कस्तो प्रक्रिया अवलम्बन गरी अयोग्य घोषणा गरिएको हो?’

Ncell 2
Ncell 2

यी त उदाहरणमात्रै हुन्। ११ वटा स्थानीय तहले संघले पठाएका कर्मचारी फिर्ता गरेकाे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार काठमाडौंको कागेश्वरी मनोहरा, सप्तरीको डाक्नेश्वरी, डडेल्धुराको परशुराम, भक्तपुर सानोठिमी र अछामको पञ्चदेवल, सिन्धुलीको फिक्कल, उदयपुरको रौतामाई र धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाले पनि संघले पठाएका कर्मचारी फिर्ता गरेका छन्।

‘स्थानीय तहले कर्मचारी फिर्ता पठाउने अधिकारै नभएको काम गरेका छन्,’ मन्त्रालयका प्रवक्ता अधिकारीले भने, ‘५ रुपैयाँको टिकट टाँसेर कर्मचारी नियुक्ति गर्ने, लोकसेवा आयोग पास गरेका कर्मचारीलाई अयोग्य भनेर फिर्ता पठाउने? गर्नै नमिल्ने काम हो।’

संघीयता लागू भएसँगै एकपटकका लागि संघीय सरकारले स्थानीय तहको आवश्यकताअनुसार कर्मचारी नियुक्ति गर्न पाउँछ। त्यसपछि भने स्थानीय तहले आवश्यक कर्मचारीको माग गरी प्रदेश लोकसेवा आयोगमा पठाउने र प्रदेश लोकसेवा आयोगले आवश्यक प्रक्रिया पुरा गरी कर्मचारी स्थानीय तहमा पठाउँछ। स्थानीय र प्रदेश सरकार गठन भएको दुई वर्ष पुगिसक्दा पनि एउटै प्रदेशमा पनि लोकसेवा आयोग गठन हुन सकेको छैन।

मन्त्रालयले स्थानीय तहले आफूखुसी गर्न नपाउने र सघंले खटाएका कर्मचारीलाई काम गर्न दिनुपर्ने बताइरहँदा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्यञ्जु भने संघले स्थानीय तहलाई हस्तक्षेप गरेको आराेप लगाउँछन्। ‘संघले स्थानीय तहमा हस्तक्षेप गरिरहेको छ,' संघका अध्यक्ष अशोक ब्यञ्जुले भने, ‘नगरपालिकामा ४० वटा लेखापाल छैनन्‚ २८ वटा हाकिम छैनन् त्योचाहिँ नहेर्ने अनि कर्मचारी समायोजन नगर्ने, स्थानीय तहले करारमा राख्न पाउने कर्मचारीमा आँखा लगाएर हुन्छ?’

अहिलेका मन्त्रीहरू जगंबहादुर हुन्? : अशोक ब्यञ्जु 

संघले स्थानीय तहमा कर्मचारी नपठाएर काम गर्न अप्ठयारो पारिरहेको छ। ४० वटा नगरपालिकामा लेखापाल र २८ नगरपालिकामा हाकिम छैनन्। कहिले कर्मचारी पठाउँछ संघले? संघले कर्मचारी पठाएको तर स्थानीय तहले हाजिर गर्न नदिएको कुरा छ‚ संघले आफैं कर्मचारी पठाउने हो कि स्थानीय तहले दरबन्दी सिर्जना गर्ने हो? हामीले दरबन्दी नै सिर्जना नगरी मन्त्रालयले पठाएको कर्मचारी स्वीकार्दैनौं।

सचिव‚ मन्त्रीले पठाएको मान्छे हामीले स्वीकार्नुपर्ने? अहिलेका मन्त्री जगंबहादुरजस्ता हुन्? संघीयताको मर्म बुझ्नुपर्दैन? स्थानीय तहले कानुन पालना गर्नुपर्ने तर संघले पालना गर्नु नपर्ने हो? दरबन्दी नभएर रोकिएको हो। करारमा नियुक्ति गर्ने उनीहरूको भनाइ छ‚ प्राविधिकतर्फका केही कर्मचारी त स्थानीय तहले नियुक्ति गर्न पाउँछ त‚ कि त्यो पनि गर्न नदिने हो? मन्त्रालयले आफन्त भर्ना गरेको बिनाआधारको कुरा गरेको छ यदि त्यसो हो भने प्रमाणसहित बोलोस् हामी २४ घण्टाभित्र कारबाही गर्छौं।

संविधानले सहकार्य साझेदारी र समन्वयको आधारमा काम गर्ने भनेको छ‚ सोही आधारमा काम हुनुपर्छ। केही सवालमा स्थानीय तहको पनि कमजोरी भएका होलान् तर स्थानीय तहलाई मात्रै दोष लगाएर हुन्न। 

५ रुपैयाँको टिकट टाँसेर आफन्तलाई जागिर खुवाउन पाइदैन : बसन्त अधिकारी 

अहिले प्रदेश लोकसेवा गठन नहुँदासम्म संघले नै कर्मचारी पठाउने कानुनी व्यवस्था हो। त्यही व्यवस्थाअनुसार नै संघले सम्बन्धित निकायमा समायोजन गरेर कर्मचारी पठाएका छौं। समायोजन ऐन‚ २०७५ अनुसार जहाँ-जहाँ रिक्त हुन्छ‚ त्यहाँ स्थानीय तहले लोकसेवा आयोगमा फारम भरेर पठाउँछ।

आयोगले सोहीअनुसार प्रक्रिया पुर्‍याएर फेरि फिर्ता पठाउँछ। अहिले तत्काल प्रदेश लोकसेवा आयोग छैन। ५ रुपैयाँको टिकट टाँसेर आफन्तीलाई जागिर खुवाउन पाउँदैन स्थानीय तहले। कतिपय स्थानीय तहले समायोजन भएर गएका कर्मचारीलाई कार्यसम्पादन नराम्रो भएको भनी मन्त्रालय पठाएको छ। कार्यसम्पादन चित्त नबुझे कारबाही गर्ने हो कि संघमा फिर्ता पठाउने हो? कुन कानुनमा यस्तो छ? फिर्ता पठाउने आधार के हो?

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७  २१:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतको आदेश सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलास उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । शुक्रबार, फागुन २२, २०८२
यस्तो रहनेछ देशभरको मौसम पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ । यी प्रदेशका तराई क्षेत्रको मौसम भने मुख्यतया सफा... शुक्रबार, फागुन २२, २०८२
नेपाललाई बधाई दिँदै भारतले भन्यो- नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक छौं गत वर्षको असाधारण र चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा भारतले प्रधानमन्त्री सुशीला कार्की, नेप... बिहीबार, फागुन २१, २०८२
ताजा समाचारसबै
शंकर पोखरेललाई हराउँदै रास्वपाका विपिन आचार्य विजयी शनिबार, फागुन २३, २०८२
तनहुँ-१ मा रास्वपाका वाग्लेकाे दाेस्राे जित शनिबार, फागुन २३, २०८२
पार्टीका नेता कार्यकर्तालाई रास्वपाको निर्देशन- अनावश्यक टिकाटिप्पणी र अवाञ्छित कार्य गतिविधि नगर्नू शनिबार, फागुन २३, २०८२
विजयी भएपछि रवि लामिछानेले भने: नागरिकसँग गरेका बाचाअनुसार सम्हालिएर अगाडि बढ्छाैँ शनिबार, फागुन २३, २०८२
गुल्मी–२ मा एमाले नेता गोकर्ण विष्टलाई पराजित गर्दै रास्वपाका गोविन्द पन्थी विजयी शनिबार, फागुन २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सर्लाही-४ मा अमरेशको अग्रता शुक्रबार, फागुन २२, २०८२
इलाम-२ : माटोका उम्मेदवारले सुहाङलाई उछिने शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्