काठमाडौं- सञ्चार माध्यमहरूले नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग जोडेर जनार्दन शर्माका विषयमा भ्रामक प्रचार गरेको बताइएको छ।
बिहीबार अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा शर्मालाई जोडेर विभिन्न सञ्चार माध्यमले प्रकाशित गरेका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
वैचारिक बहस पार्टीको जिवन्त विशेषता भएको बताउँदै मिडियामार्फत शर्मालाई आरोप लगाइनु दुष्प्रचार र निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ। पार्टी एकतादेखि नै शर्मा प्रचण्डलाई सहयोग गर्दै आएकाले भ्रामक प्रचारमा नलाग्न अपिल समेत गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।