काठमाडौंँ- संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले देशभरीका धार्मिकस्थलहरुको जग्गा अतिक्रमण भए/नभएको यकिन गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार सेको समितिको बैठकले पशुपतिनाथ, चाँगुनाराण, लुम्बिनी, जानकी मन्दिर लगायत देशभरका धार्मिक स्थलहरुको जग्गा अतिक्रमण भए/नभएको यकिन गर्न सरकारलाई निर्देशन दिएको हो।
धार्मिकस्थलहरुको जग्गा अतिक्रमण भएको पाइएमा योजनाअनुसार सम्बन्धित निकायको जिम्मा लगाउने कार्य अगाडी बढाउन पनि समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई समितिको निर्देशन छ।
समिति सभापति पवित्रा निरौलाले परम्परागत सीप र कलालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न विद्यालय र विश्वविद्यालयको पाठ्यक्रम विकास गर्दै दक्ष र व्यवहारिक कालिगढ उत्पादन गर्ने योजना बनाउन पनि निर्देशन दिएइको बताइन्।
समितिले पुरातात्विक महत्वका सम्पदा, प्राचिन स्मारक र अभिलेखहरुको संरक्षणमा खोज गरी गुरुयोजना निर्माण गर्न पनि निर्देशन दिएको छ। पुरातत्व विभागसँग सहकार्य गर्दै युनेस्कोको मापदण्ड अनुसार कम अघि बढाउन पनि निर्देशन दिएको छ।
यस्तै संघ, प्रदेश र स्थानीय तहको समन्वयमा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण गर्दै समयअनुकुल ढंगले विकास गर्न पनि समितिले निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।