• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना संक्रमितलाई यी ६ वर्गमा विभाजन गरे नियन्त्रण सहज हुन्छ : अध्ययन

64x64
नेपाल लाइभ शनिबार, साउन ३, २०७७  २०:३३
1140x725

एजेन्सी- कोरोना भाइरसका लक्षणहरू व्यक्ति नै पिच्छे फरकफरक पाइएको भनिँदै आएको आएको अवस्थामा अनुसन्धाताहरूले गरेको एक अध्ययनमा भने विभिन्न ६ वर्गमा यसका लक्षणलाई विभाजन गर्न सकिने उल्लेख छ। कस्ता लक्षण भएका संक्रमितलाई भेन्टिलेटरमा राख्ने र कस्तो लक्षण भएका संक्रमितलाई कृत्रिम श्वासप्रश्वासको सामान्य व्यवस्था गर्ने भन्ने विषयमा पहिले नै थाहा पाउन सकिन्छ भन्ने विषयलाई दृष्टिगत गरी अध्ययन गरिएको अनुसन्धाताहरूको भनाइ छ। 

यो अध्ययनले कस्ता संक्रमितलाई अस्पताल भर्ना गर्ने‚ कस्ता संक्रमितलाई श्वासप्रश्वासमा सहजता ल्याउन विभिन्न मेसिनहरूको प्रयोग गर्ने भन्ने विषयमा स्वास्थ्यकर्मीहरूले पहिले नै थाहा पाउन सक्ने अनुसन्धाताहरूको दाबी छ। 

सामान्य लक्षण देखिँदा नै उचित उपाय अपनाए गम्भीर लक्षण नदेखिने र परिवार तथा नर्सको सहयोगमा संक्रमण थप फैलनबाट नियन्त्रण गर्न सकिने विज्ञहरू बताउँछन्। मानिसमा आफूलाई कस्तो प्रकारको लक्षण देखापरेको भन्ने थाहा हुनासाथ अस्पताल भर्ना हुने भएकाले कोरोनाको नियन्त्रणमा यसले महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको दाबी छ।  कोभिड-१९ संक्रमण भएको व्यक्ति सामान्यतया १३ दिनसम्ममा अस्पताल जानुपर्ने विशेषज्ञहरूले बताउँदै आएका छन्।

‘यदि लक्षणको प्रकृति थाहा भएमा यसलाई निको पार्नका लागि हामी आफैं भरसम्भव प्रयास गर्छौं। यसले गर्दा अस्पतालमा भरिएका बेड खाली गर्न सहयोग हुन्छ,’ एक अनुसन्धाताले भने। 

मेडआरसिभमा प्रकाशित भएको यो अध्ययन मोबाइल एप्लिकेसनको माध्यमबाट गरिएको हो‚ जसमा ४० लाखभन्दा बढी मानिसको सहभागी भएका छन्। तीमध्ये १ हजार ६ सय ५३ जना कोरोना संक्रमित प्रयोगकर्ताहरूबाट तथ्यांक संकलन गरिएको अनुसन्धाताहरू बताउँछन्। यी कोरोना संक्रमितमध्ये ३ सय ८३ जना अस्पताल गएका थिए भने १ सय ७ जनालाई कृत्रिम अक्सिजन र भेन्टिलेटरमा राखिएको थियो।

किंस कलेज लन्डनका वरिष्ठ अनुसन्धाता क्लैर स्टिभ्सका अनुसार वृद्धवृद्धा र पहिले नै रोग भएका व्यक्तिमा संक्रमण भइसकेपछि सुरूको अवस्थामा प्रायः उस्तै प्रकृतिको लक्षण देखिएको छ।

ती लक्षणका ६ प्रकारहरू यस्ता छन्:
समूह-१ :
यो समूहका संक्रमितलाई श्वासप्रश्वासको समस्या‚ लगातार खोकी लागिरहने‚ मांसपेशी दुख्नेजस्ता लक्षणहरू देखापर्ने गर्छन्। यस्ता लक्षण भएकामध्ये करीब १.५ प्रतिशत संक्रमितलाई कृत्रिम श्वासप्रश्वासको आवश्यकता भएको पाइएको छ। यीमध्ये १६ प्रतिशत संक्रमितलाई अस्पताल जानुपर्ने अवस्था सिर्जना भएको छ। अनुसन्धान गरिएका कूल संक्रमितमध्ये ४ सय ६२ जनामा यस्तो लक्षण पाइएको थियो।

समूह- २ : यो समूहका संक्रमितलाई श्वासप्रश्वासको समस्या‚ खान मन नलाग्ने र ज्वरो आउनेजस्ता लक्षणहरू देखापर्ने गर्छन्। अनुसन्धानका क्रममा यो समूहका कूल संक्रमितमध्ये ४.४ प्रतिशतलाई कृत्रिम श्वासप्रश्वासको आवश्यकता भएको पाइएको थियो भने १७.५ प्रतिशत संक्रमित एक वा दुईपटक अस्पताल गएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

समूह- ३ : यो समूहका संक्रमितलाई पेटसम्बन्धी समस्या जस्तै: पेट दुख्ने‚ पखाला लाग्नेजस्ता लक्षणहरू देखापर्ने गर्छन्। यीमध्ये ३.७ प्रतिशत संक्रमितलाई कृत्रिम श्वासप्रश्वासको आवश्यकता परेको पाइएको छ भने २४ प्रतिशत संक्रमितहरू उपचारका लागि सामान्यतया एकपटक अस्पताल गएका थिए।

समूह-४ : यो समूहका संक्रमितलाई सुरू सुरूमा धेरै नै टाउको दुख्ने‚ लगातार छाती दुख्ने र खोकी लाग्नेजस्ता लक्षणहरू देखापर्ने गर्छन्। यो समूहका संक्रमितमध्ये ८.६ प्रतिशत संक्रमितहरूलाई कृत्रिम श्वासप्रश्वासको आवश्यकता परेको पाइएको थियो भने २३.६ प्रतिशत संक्रमितलाई एकपटक र सोभन्दा बढी अस्पताल जानुपर्ने अवस्था सिर्जना भएको पाइएको थियो।

समूह- ५ : यो समूहका संक्रमितलाई अत्यधिक टाउको दुख्ने‚ खाना नरूच्नेजस्ता लक्षणहरू देखापर्छन्। यीमध्ये ९.९ प्रतिशत संक्रमितलाई कृत्रिम श्वासप्रश्वासको आवश्यकता भएको पाइएको छ भने २४ प्रतिशत संक्रमितलाई एक वा धेरै पटक अस्पताल जानुपर्ने अवस्था सिर्जना भएको थियो।

समूह- ६ : यो समूहका संक्रमितहरूमा श्वासप्रश्वासको गतिमा फरक आउनु‚ लामो सास फेर्न नस्कनु‚ छाती दुख्नुजस्ता लक्षण देखिएको छ। यीमध्ये करीब २०  प्रतिशत संक्रमितहरूलाई कृत्रिम श्वासप्रश्वासको आवश्यकता भएको पाइएको थियो भने ४५.५ प्रतिशत संक्रमितहरू एक वा सोभन्दा बढी पटक अस्पताल गएको पाइएको थियो। यस्तै लक्षण बाँकीका १६७ संक्रमितमा पनि देखिएको थियो।

Xtrem

Xtrem

अध्ययन टिमका अनुसार पहिलो दुई समूहलाई कोभिड-१९ को ‘सामान्य’ लक्षणको रूपमा लिइएको छ। करीब १ हजार ४७ अन्य एप्लिकेसन प्रयोगकर्ताको रेस्पोन्सलाई आधार मान्दा पनि यस्तै परिणाम आएको अनुसन्धानकर्ताको दाबी छ। टाउको दुख्ने‚ स्वाद/गन्ध थाहा नपाउनेजस्ता लक्षणमाथिका लगभग सबै समूहमा देखिएको थियो।

लक्षणको पूर्वजानकारीले कोभिड-१९ को बारेमा हुनसक्ने सम्भावित घटनालाई मध्येनजर गर्दै नियन्त्रणका सुरक्षित उपाय अपनाउनका लागि सहयोग पुग्ने अनुसन्धाताहरूको दाबी छ। यो अध्ययनले कस्ता प्रकृतिका संक्रमितलाई अस्पताल जानुपर्ने र कस्ता लक्षण भएका मानिसलाई कृत्रिम श्वासप्रश्वासको आवश्यकता हुने भन्ने विषयमा पहिले नै एक किसिमले सुसूचित गराउने विज्ञहरू बताउँछन्।

‘आर्टिफिसियल इन्टेलिजेन्स इन हेल्थकेयर’ विषयका विज्ञ‚ यूनिभर्सिटी अफ बर्मिंगमका प्रोफेसर एलेस्टर डेनिस्टनले यसबाट गम्भीर प्रकृतिको रोगको जोखिम थाहा नहुने दाबी गरे। उनले यस्तो अध्ययनले करोडौं मानिसको लक्षणको बारेमा यकीन गर्न नसक्ने बताउँछन्। तर उनले यो अध्ययन प्रयोगात्मक भएको समेत बताएका छन्।

यूनिभर्सिटी अफ लेसिस्टरका रेस्पिरेटरी रिसर्चर  ब्रिटिस लंग फाउन्डेसनका प्रोफेसर लुइस वाइनले यो अध्ययनले मानिसमा सचेतना फैलाउने बताए।

प्रकाशित मिति: शनिबार, साउन ३, २०७७  २०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्