काठमाडाैं- आज दिउँसाे देशका विभिन्न स्थानमा भारी वर्षाकाे सम्भावना रहेकाे छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हाे।
महाशाखाले शनिबार बिहान जारी गरेकाे बुलेटिनमा हाल नेपालभर मनसुनी वायुको प्रभाव रहेकाे उल्लेख छ। साथै मनसुनी न्युनचापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर अवस्थित रहेकाे छ।
देशका केही स्थानमा भारी वर्षाकाे सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेकाे छ।
यस्ताे छ आगामी तीन दिनकाे माैसम पूर्वानुमान :
यसअघि जल तथा मौसम विज्ञान विभागले शुक्रबार पत्रकार सम्मेलन गरेर आगामी सोमबारदेखि ५ दिन देशभर भारी वर्षाको सम्भावना रहेको जानकारी गराएकाे थियाे।
मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भू-भाग कमजाेर भएकाले अब पर्ने पानीले पहिरोको सम्भावना बढेको विभागले जनाएकाे छ। गृहमन्त्रालयमा भएको कार्यक्रममा भूगर्भविद् शिव बास्कोटाले जमिन चिरा परेको र रुखहरु ढल्किएको ठाउँमा पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।