• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

१५ हजार फिटमाथि चीन-भारत सैनिक ट्र्यापका लद्दाखी

जेफरी गैटलमैन बुधबार, असार ३१, २०७७  १५:०५
1140x725

भारत-चीनबीच सीमा विवाद रहेको हिमाली क्षेत्रमा आफ्नो निगरानी बढाउन चीनले शुरुवाती चरणमा टेलिफोनका टावर, नयाँ सडक र जासुरी क्यामेरा जडान गर्‍यो। त्यसपछि चीन–भारतका सैनिक एकअर्काको क्षेत्रमा परेड खेल्ने, एकअर्कालाई धकेला धकेल गर्ने र अन्त्यमा हातपातको स्थितिमा पुग्यो। 

त्यसको करीब तीन वर्ष पहिला चिनियाँ सैनिकले फलामे बार उक्त क्षेत्रमा ल्याएको भारतीय सैनिकले देखेका थिए। त्यो फलामे बारलाई हतियार उपकरणका रुपमा प्रयोग गर्दै चिनियाँहरू भारतीय सैनिकसँग हातपातको अवस्थासम्म पुगेका थिए। 

‘वास्तवमा चीन यसरी नै चल्छ,’  भारतका लागि भारत-तिब्बत सीमा सुरक्षामा खटिएर हालै निवृत्त भएका तत्कालीन भारतीय सैनिक अफिसर जेपी यादव भन्छन्, ‘उनीहरुको सबै व्यवस्था एकदम सुनियोजित हुन्छ।’

चीन–भारतबीच हिंस्रक झडप भएको एक हप्तापछि हजारौँको संख्यामा चिनियाँ र भारतीय सैनिकलाई पृथ्वीकै विकट मानिनेमध्येको एक ठाउँमा रहेको यो विवादस्पद स्थानमा खटाइएको छ। स्याटलाइट फोटोहरुमा देखिएका दृश्यमा चीनले यो क्षेत्रमा नयाँ संरचना निर्माण गर्दैछ, जसमा हिउँबाट जोगिनका लागि नयाँ टेन्ट, भण्डारण गृह र हातहतियार राख्ने स्थान छन्। 

चीन र भारत दुवै देशले एकअर्कालाई सीमा विवाद बल्झाएको आरोप लगाउँछन्। तर, चीन र भारतका सेनाबीच झडप भएको क्षेत्र लद्दाखका स्थानीय र काम गर्न बसेका मानिसका अनुसार भारतीय क्षेत्रमा चीनले वर्षौंदेखि भौतिक संरचना निर्माण गर्दै आएको छ। 

हिमालयको पनि उच्च भागमा पर्ने यो क्षेत्रमा प्राकृतिक स्रोत साधनको कमी छ भने मानिसको बसोबास पनि पातलो छ। करीब १५ हजार फिटको उचाइमा रहेको यो क्षेत्रमा सास फेर्न पनि गाह्रो हुन्छ। रणनीतिक हिसाबमा भने यो स्थान ज्यादै महत्वपूर्ण स्थानमा छ। प्राकृतिक स्रोत साधन र मानिसको बसोबासका हिसाबले खासै महत्वपूर्ण नरहे पनि यो स्थानको भूभाग एक इन्चसम्म पनि छोड्ने पक्षमा चीन र भारत दुवै देशका सरकार देखिँदैनन्। दुर्भाग्यको कुरा यो क्षेत्रलाई निर्णायक हिसाबमा दुवै देशले आफ्नो पूर्ण नक्सामा समावेश गर्न सकेका छैनन्। 

दुई देशबीचको घानमा परेका लद्दाखी जनता भने कमजोर समूदाय हो। संख्यामा पनि उनीहरू कम नै छन्। करिब एक लाखको हाराहारीमा मात्र उनीहरूको संख्या छ। उनीहरु सांस्कृतिक हिसाबमा तिब्बेती धर्म मान्छन्। तर उनीहरू आफूलाई भारतीय मूलको भएको बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘अझैपनि हामीले नबोले साह्रै ढिलो हुनेछ,' लद्दाखमा बसेर राजनीति गर्दै आएका रिगंजिन स्पालबार भन्छन्, ‘चिनियाँहरूले हाम्रो भूमि अतिक्रमण गरेका छन्। यो विषयलाई सञ्चारमाध्यमले पनि सही ढंगले प्रशारण गरिरहेका छैनन्। उनीहरू सरकारले जे देखाउन खोजेको छ, त्यहीमात्रै देखाइरहेका छन्।’

स्पालबारजस्तै लद्दाखका अन्य गन्यमान्य व्यक्ति वर्षौंदेखि आफूहरुले यस क्षेत्रमा चीनले अतिक्रमण गरेको बताउँदै आएको दाबी गर्छन्। आफूहरुले अतिक्रमणका विषयमा आवाज उठाए पनि भारतीय सेनाले भने यो विषयमा खासै पहलकदमी लिन नसकेको उनीहरुको गुनासो छ। यसरी चुप लाग्नुको पनि कारण भएको उनीहरु बताउँछन्। सरकार र सञ्चारमाध्यम यो विषयमा एक भएको बताउने उनीहरुका अनुसार एक शक्तिशाली देशले आफ्नो देशको सीमा बिस्तारै अतिक्रमण गरेको तथ्यलाई भारतीय सेनाले इन्कार गरेको छ। 

हामीले यस विषयमा बुझ्न खोज्दा भारतीय सेनाले कुनै प्रतिक्रिया दिन चाहेन। १४ जुनमा भएको सीमा झडपका क्रममा चीनतर्फका कुनै सैनिकको मृत्यु भयो या भएन भन्ने विषयमा चिनियाँ पक्षले खुलेर जानकारी दिएको छैन। लद्दाखलाई एसियाकै महत्वपूर्ण ‘फ्यास पोइन्ट’का रुपमा व्याख्या गर्न पश्चिमा देशका गुप्तचर भने झडपमा परी करीब दर्जन चिनियाँ सैनिकको मृत्यु भएको उल्लेख गर्छन्। 

सैनिकले लगाउने भुक्क परेको हरियो ज्याकेट र विमान चालकले लगाउनेजस्तो चस्मा लगाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुलाई महिनाको पहिलो साता लद्दाख पुगेका थिए। जहाँ उनीसँगै हिँडेका सैनिकका उच्च पदस्थ अधिकारी पनि थिए। 

Xtrem

Xtrem

सीमा विवादमा चीनको डटेर समाना गर्ने अभिप्रायसहित उनले भने, ‘साथीहरु’ उनले कसम खाए, ‘विस्तारवादी युग समाप्त भइसकेको छ।’

वर्षौंअघि दुई देशबीच सीमा विवादमा दुवै देशका सैनिकले एकअर्कामाथि गोली नचलाउने सहमति गरेका थिए। तर, चिनियाँहरूले यस मामिलामा कुन हदसम्म जाने भन्ने विषयलाई परीक्षण गरेजस्तो देखिन्छ। दुई देशबीच जुनमा भएको झडपका क्रममा भारतीय सेनाका कमान्डरले जनाएअनुसार चिनियाँ सैनिकले फलामको धारे हतियार प्रयोग गरेका थिए। उक्त झडपमा भारतका २० सैनिकको मृत्यु भएको थियो भने चीनतर्फ कति क्षति भयो यकिन जानकारी खुलाइएको छैन। 

यो झडपपछि धेरै विश्लेषक चीनले एसियाका दक्षिण चीन सागरमा निर्णायक कदम चाल्न थालेका बताउँछन्। खासगरी यस्तो प्रवृत्ति सन् २०१२ मा सी चिनफिङको उदयसँगै बढेको विश्लेषकहरूको मत छ। 

भारतीय प्रधानमन्त्री मोदीको नयाँ राष्ट्रवादले चिनियाँहरूलाई चिड्याएको हुन सक्छ। लद्दाखको विवादित क्षेत्र ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ मा चिनियाँ सैनिकले मात्रै होइन, भारतीय सैनिकले पनि बाटो निर्माण गरिरहेका छन्। योसँगै भारत सरकारका उच्च अधिकारीले हालै 'अक्साई चीन'लाई भारतीय भूभागमा समेट्ने वाचा गरेका छन्। यो उच्च हिमाली पठारलाई भारतीयहरू लद्दाखको भूभाग भएको दाबी गर्दै आएका छन् तर यो भूभाग चीनको नियन्त्रणमा रहेको छ भने चिनियाँहरू आफूहरूकै भूभाग पर्ने दाबी गरिरहेका छन्। 

चिनियाँ जनसैनिकका एक सेवानिवृत्त कर्नेल यू गाङ 'अक्साई चीन'लाई ‘रणनीतिक हिसाबमा ज्यादै महत्वपूर्ण स्थान’ भएको बताउँछन्। उनका अनुसार भारतले यदि यो स्थानलाई नियन्त्रणमा लियो भने उसले तिब्बत र सिङजियाङबीचको पारवाहन सेवालाई रोक्छ। यी दुवै स्थान वर्षौंदेखि चीनको संवेदनशील क्षेत्रका रूपमा रहेका छन्। 

भाषा, संस्कृति, इतिहास र धर्मकाका हिसाबले लद्दाख चीनसँग नजिक रहेपनि यहाँका बौद्धिक वर्ग एउटा कुरामा दृढ छन्- उनीहरु चिनियाँ नागरिक हुन चाहँदैनन्। ‘लद्दाखीहरु भारतीय भएको स्वीकार गर्छन्,’ लद्दाखका राजनीतिक विश्लेषक सोनाम जोल्डान भन्छन्। 

केही वर्षअघिसम्म पनि लद्दाखी र तिब्बेती घुमन्तेहरु खुलेयाम एकअर्काको क्षेत्रमा बाख्रा, भेडा, याक चराउन प्रवेश गर्थे। र, लाइन अफ एक्चुअल कन्ट्रोलमा सामानको विनिमय गर्थे। यस्तो विनिमयमा लद्दाखीहरू भारतीय सामानजस्तै बासमती चामल र तिब्बेती चिनियाँ समानजस्तै प्यास्टिकको थर्मस बिक्री गर्न पनि ल्याउँथे।

तर, जब चिनियाँहरुले उक्त क्षेत्र अतिक्रमण गरेर विनिमयको त्यो प्रचलन हराएको लद्दाखीहरू बताउँछन्। लद्दाख भू–रणनीतिक चापमा परेको यो नै पहिलो पटक भने होइन। 

भारतीय उपमहाद्वीपलाई उपनिवेशका रूमपा रुपमा शासन गर्दै आएको बेलायतले १९औँ शताब्दीको मध्यमा हिमाली क्षेत्रमा फैलिएको जम्मु-काश्मीरलाई एउटा सानो राज्यका रुपमा स्थापना गरेको थियो। बेलायतलाई रुसी साम्राज्यविरुद्ध जति ठूलो बफर राज्यको स्थापना गर्न सकियो भने सुरक्षित भइने मान्यताका साथ जम्मू-काश्मीर राज्यको स्थापना गरेको थियो। 

पस्मिनाको व्यापारका लागि प्रसिद्ध रहेको लद्दाखलाई बेलायती साम्राज्यले जम्मू-काश्मीरको भूभागका रुपमा हडप्न यहाँका महाराजलाई अनुमति दिएका थिए। एसियाको यो क्षेत्र काश्मिरी र लद्दाखमा पाइने लामो रौँ हुने चांगथंगी प्रजातिको बाख्राको ऊनबाट बन्ने पस्मिनाका लागि प्रख्यात छ। 

कयौँ सन्धिमा हस्ताक्षर गरिएपनि लद्दाख र चीनको सीमा समस्या स्पष्ट रुपमा टुंगिएको छैन। यो विवाद पहाडको उच्च भागमा केन्द्रित भएकाले थोरै मानिसमात्रै पनि गएका छन्/छैनन् भन्न सकिँदैन। 

‘अक्साई चीन तिब्बतको भूभाग हो, होइन, लद्दाखको भूभाग हो, होइन,' मध्य एसियाका इतिहास विज्ञ सादिज वाजिद भन्छन्, ‘बेलायती साम्राज्यकै समयदेखि यस विषयमा धेरै कथन रहेका छन्।’

भारतले सन् १९४७ मा स्वतन्त्रता हासिल गर्‍यो भने त्योसँगै पाकिस्तान पनि स्थापना भयो। यी दुई देशबीच जम्मू काश्मीरका विषयमा युद्ध जारी छ। एक सानो राज्यका रूपमा रहेको जम्मू-काश्मीरका विषयमा दुई देशबीचको युद्धले आत्तिएर भारतीय भूभाग हुन स्वीकार गरेसँगै लद्दाख भारतीयमा आएको भूभाग हो। 

सन् १९५० मा चीनले तिब्बतमाथि आक्रमण गरेपश्चात् नै अक्साई चीनको बाटो हुँदै तिब्बतलाई सिङजियाङसँग जोड्ने काम भएको थियो। यो क्षेत्र यति पिछडिएको थियो कि चीनले उक्त क्षेत्रमा बाटो बनाएको भारतले लामो समय पत्तो नै पाएन। जब भारतले यो विषयमा चाल पायो सन् १९६२ मा चीन भारतबीच युद्धको वातावरण बन्यो।  युद्धमा चीनसँग नराम्ररी पराजय भएको भारतले अक्साई चीनको करिब १४ हजार वर्ग किलोमिटर भूभाग गुमाउनुपर्‍यो। 

सन् १९७० सम्म आइपुग्दा स्थिति केही सामान्य बनिसकेको थियो। त्यसपश्चात् कथंकदाचित् चिनियाँ र भारतीय सेनाबीच सीमा क्षेत्रमा विवाद भएमा दुवैतर्फबाट बन्दुकको प्रयोग नगर्ने समझदारी भएको थियो। सीमा समस्या समाधानका लागि निरन्तर रुपमा वार्तामा बस्ने पनि त्यसबेला नै सहमति भएको थियो। 

यद्यपि, भारत र पाकिस्तानबीच टकरावपूर्ण अवस्था थियो। जम्मू-काश्मिरकै विषयमा भारतसँग पाकिस्तान र चीनको बारम्बार तनाव उत्पन्न भइरहेको छ। भारतजस्तै यी दुवै देश परमाणु हतियारसम्पन्न देश हुन्। 

सन् १९८० र १९९० को दशकमा चिनियाँ सैनिकसँगै सीमा सुरक्षामा खटिएका एक भारतीय सैनिक चीनसँग मैत्रीपूर्ण सम्बन्ध रहेको सम्झन्छन्। 

‘हामीहरू हात मिलाउथ्यौं। हामीहरु उनीहरुसँग फोटो खिच्थियौं,' भारतीय सेनाका सेवानिवृत्त अधिकारी सोनाम मुरुप सम्झन्छन्। 

चिनियाँ र भारतीय सैनिकबीचको यस्तो सम्बन्धलाई स्वागत गरियो। सीमा सुरक्षाका लागि खटाइएका सेनाहरू चिसो ठाउँमा पर्याप्त मात्रामा खाना र पानीको अभावमा हप्तौंसम्म बस्नुपर्दथ्यो। ‘करिब १५–१६ दिनको अन्तरमा एकपटकमात्रै मुख धुने’ गरेको सम्झिन्छन् मुरुप। 

चिनियाँ सैनिक र भारतीय सैनिकबीचको मित्रता पहिले नै समाप्त भइसकेको थियो। लद्दाखीहरुका अनुसार चिनियाँ सैनिकले डेमचोक पंगोङजस्ता सुन्दर ताल रहेको क्षेत्रमा भारतीयलाई प्रवेश निषेध गर्दा त्यहाँ ठूलो हलचल मच्चिएको छ। 

विवाद ननिम्तियोस् भन्न प्रोटोकल पालना गरिएको भारतीय सैनिकहरू बताउँछन्। ‘यो भारतीय सीमा क्षेत्र हो’ भन्ने ब्यानर चिनियाँ र अंग्रेजी भाषामा बनाएर फहराउने गरेपनि त्यसलाई चिनियाँ सेनाले वास्ता नगरेको आरोप लगाउँछन्। भारतीय सेनाले पनि हाल बासको लड्ठी, गुलेलीजस्ता घरेलु हतियार बोक्ने गरेको भारतीय सेना स्वीकार गर्छ। 

यस क्षेत्रको विकासका मामिलामा चीनले भारतलाई धेरै नै पछाडि छोडेको छ। जसका कारण रणनीतिक हिसाबमा चीनलाई धेरै सहज हुने भारतीय सेनाका अधिकारीहरु विश्वास गर्छन्। ‘उनीहरुसँग राम्रो व्यवस्था छ,' भारतीय पूर्व सीमा सुरक्षा अधिकारी यादव भन्छन्। 'चीनले सीमा नजिकबाट चल्ने राजमार्ग निर्माण गरेको छ। त्यस क्षेत्रमा पर्ने अक्सिजनको पुनःव्यवस्था पनि चिनियाँ सेनाको सवारीले गर्ने गर्छ।' 

‘चिनियाँ सेना खासै हिँड्दैनथे,’ यादव सम्झन्छन्। यसको अर्थ भारतीय सेना चिनियाँ सेनाको तुलनामा केही अनुकुल परिस्थितिमा छ। अझ महत्वपूर्ण कुरा उनी भन्छन्, ‘चिनियाँ सैनिकले लामो समयदेखि युद्धको अनुभव नै गरेको छैन। तर हाम्रो सेनाले काश्मीरमा प्रत्येक दिनजस्तो युद्ध लड्दै आएको छ।’

(द न्यूर्योक टाइम्समा प्रकाशित यो लेखमा नयाँ दिल्लीबाट हरि कुमार र समीर यार्सी, लेहबाट इक्बाल क्रिमानी र दक्षिण कोरियाको सियोलबाट स्टिवन ली मायर्सको सहयोगमा गैटलमैनले तयार पारेका हुन्। यो सामग्री परीक्षा सापकोटाले भावानुवाद गरेकी हुन्।)

प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  १५:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशि... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्