• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

फुटेको १९ महिनापछि एकताको अनौपचारिक संवादमा विवेकशील र साझा

64x64
वीरेन्द्र ओली मंगलबार, असार ३०, २०७७  ०८:२८
1140x725

काठमाडौं- औपचारिक रुपमा विभाजित भएको १९ महिनापछि पुनः एकताका लागि विवेकशील नेपाली दल र साझा पार्टी अनौपचारिक संवादमा जुटेका छन्। २७ पुस ०७५ मा विभाजित भएका दुवै पार्टीले केही महिनाअघि देखि नै विचार मिल्नेसँग एकता गर्ने निर्णय गरेका थिए।

साझा पार्टीको ०७६ फागुन १५ देखि १७ सम्म लुम्बिनीमा बसेको पार्टी अगुवाहरुको भेलाले पार्टीमा विचार र सिद्धान्त मिल्नेहरुसँग एकता गर्ने निर्णय गरेको थियो। लगत्तै विवकेशीलको गत वैशाख २१ गतेदेखि २८ गतेसम्म बसेको संघीय समिति बैठकले संवाद समिति गठन गरेको थियो। बैठकबाटै विचार मिल्ने व्यक्ति र समूहसँग संवाद गर्न निर्देश सिलवालको संयोजकत्वमा रमेश पौडेल र रञ्जु दर्शनालाई जिम्मेवारी दिएको हो।

साझा पार्टीले पनि लुम्बिनी भेलाको निर्णय कार्यान्वयन गर्न समीक्षा बाँस्कोटाको संयोकत्वमा संगठन प्रमुख केशव दाहाल र केन्द्रीय सदस्य किरणकृष्ण श्रेष्ठ रहेको संवाद समिति गठन गरेको छ।

दुवै पार्टी विगतमा एकै ठाउँमा रहेको र उस्तै विशेषता बोकेको कारणले दुई बीच एकता हुने चर्चा भने चुलिएको छ।

दुवै पार्टीले संवाद समिति बनाएपछि अनौपचारिक संवाद अघि बढेको साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले बताए। ‘हामीले विवेकशील मात्रै होइन, विचार मिल्ने व्यक्ति र समूहसँग समेत एकता गर्ने भनेका छौं’, पाठकले भने, ‘अहिले विवेकशीलसँग संवाद जारी छ। अरु व्यक्ति, समूह र पार्टीसँग एकता गर्न छलफल गरिरहेका छौं। समय आएपछि एकताका विषयमा खोल्दै जान्छौं।’

विवेकशील र साझा पार्टीसँग एकताका विषय सकारात्मक ढंगले अघि बढेको पाठकले बताए। पार्टी फुटे लगत्तै विवेकशील साझा पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकले एकता गर्नुपर्ने बताएका थिए। तर, विभाजनकै घाउ नमेटिएको र त्यतिबेलाको आरोप प्रत्यारोप नसेलाएको अवस्थामा एकताले पूर्णता पाउन अझै सकस देखिन्छ।

संवाद समितिमा छलफल चल्दै
विवेकशील नेपाली दल र साझा पार्टीबीच एकताका लागि संवाद अघि बढेको छ। गत वैशाखमा विवेकशीलले विभिन्न व्यक्ति र समूहसँग एकता गर्न निर्देश सिलवालको संयोजकत्वमा संवाद समिति बनाएको थियो। जसको सदस्यमा रञ्जु दर्शना, रमेश पौडेल छन्। 

यस्तै साझा पार्टीले विचार मिल्ने पार्टीसँग एकता गर्न समीक्षा बास्कोटाको संयोकत्वमा संगठन प्रमुख केशव दाहाल र केन्द्रीय सदस्य किरणकृष्ण श्रेष्ठलाई गत चैतमा जिम्मेवारी दिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

विवेकशील र साझा पार्टीबीच एकता गर्न अनौपचारिक रुपमा संवाद अघि बढाए पनि औपचारिक संवाद हुन नसकेको विवेकशील दलका तर्फका संवाद समितिका संयोजक निर्देश सिलवालले बताए। दुवै पार्टीबीच एकता गर्न सकारात्मक वातावरण बन्दै गएको छ। दुवै पार्टीका विचार, सिद्धान्त, दर्शन र पार्टीले उठाउने एजेण्डामा एक मत भए एकता छिट्टै हुने सिलवालले बताए। ‘हामीले यसअघि हतारहतार एकता गर्‍यौं। बीचमा पार्टीमा मनमुटाव भएपछि विभाजन भयो’, सिलवालले भने, ‘अब एकता गर्ने भएपछि सबै विषयमा मसिनो गरी छलफल गरेर मात्रै एकता गर्छौं।’

विगतमा पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो नहुँदा विभाजनको शिकार भएको बताउँदै सिलवालले दोहोर्‍याएर त्यस्तो गल्ती नगर्ने बताए।

साझाबाट बाहिरिए मुमाराम र सूर्यराज
आफूहरुले राखेको प्रस्ताव अस्वीकृत भएपछि साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्य तथा मुमाराम खनालले पार्टी छाडेका छन्। संयोजक बाहेक सबै संरचना भंग गरेर अघि बढ्नुपर्ने आचार्यको प्रस्ताव आइतबारको केन्द्रीय कमिटी बैठकले अस्वीकार गरेपछि उनीहरुले पार्टी छोडेका हुन्।

‘पार्टीको संयोजक राखेर अन्य सबै संरचना भंग गरौं। र, ठाउँठाउँमा अन्तरक्रिया गरेर साझा पार्टी निर्माण गरौं भनेर प्रस्ताव राख्नुभएको थियो’, साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले भने, ‘तर पार्टीका अधिकतम केन्द्रीय सदस्यको भने अहिलकै संरचना कायम राखौं र विचार, सिद्धान्त मिल्ने दल, समूह, अभियान र व्यक्तिसँग एकता र सहकार्य गर्दै वैकल्पिक धारलाई जस्तो छ, त्यसैगरी अघि बढाऔं भन्ने राय रह्यो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आफ्नो प्रस्तावलाई केन्द्रीय कमिटीले स्वीकार नगरेपछि प्रवक्ता आचार्यले आफूले पार्टीको सम्पूर्ण जिम्मेवारी त्याग्ने, पार्टी संरचनाभन्दा बाहिर रहने र वैकल्पिक पार्टी निर्माणले पार्टीभन्दा बाहिर रहेर सहयोग गर्ने प्रस्ताव राखेका थिए। ‘उहाँको प्रस्तावलाई पार्टीले स्वीकार गर्‍यो’, पाठकले भने।

खनालले भने आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको पाठकले बताए।

पत्रकारिता र सामाजिक अभियान्ताबाट जन्मेका पार्टी
०६४ को संविधानसभा निर्वाचनपछि राजनीति अस्थिर बन्यो। तोकिएको समयमा संविधान बनेन। जनतामा निराशा बढ्दै गयो। यही समयमा सामाजिक अभियान्ता लगायत स्वतन्त्र युवाहरू सामाजिक सञ्जालमार्फत संगठित भए। उज्ज्वल थापा, सन्तोष प्रधान, पुष्कर बम, गोबिन्द बम लगायत सामाजिक सञ्जालबाटै जोडिएका थिए। उनीहरू दोस्रो संविधासभामा उम्मेदवारी दिने निर्णयमा पुगे। तर, निर्वाचन आयोगमा दल दर्ता नभएकाले स्वतन्त्र उम्मेदवार घोषणा गरे।

कुकुर चिह्न लिएर काठमाडौं १ बाट गोविन्द नारायण, ४ बाट सन्तोष प्रधान, ५ बाट उज्ज्वल थापा र ८ बाट पुष्कर बमले उम्मेदवारी दिए। चुनाव चिह्नकै कारण पार्टीको चर्चा भयो। ‘चुनाव चिह्न के लिने भन्ने विषयमा पार्टीभित्र व्यापक छलफल भयो,’ नेता रमेश पौडेल भन्छन्, ‘अन्तमा सांकेतिक रूपमा कुकुर चिह्न लिन सहमत भयौं। चुनावमा सहभागिताले धेरैमाझ पार्टी चिनियो।’

२९ जेठ ०७१ मा विवेकशील पार्टी दर्ता भयो।

यता रवीन्द्र मिश्र पत्रकारिता छाडेर वैकल्पिक शक्ति स्थापनाका लागि भन्दै राजनीतिमा होमिए। १८ फागुन ०७३ मा साझा पार्टी घोषणा गरे। वैकल्पिक राजनीतिको वकालत गर्ने दुवै पार्टीमा एकताको बहस चल्यो। स्थानीय तहको निर्वाचन तालमेल गरेर लडे। नजिते पनि सकारात्मक चर्चामै रहे।

०७४ मा संघीय निर्वाचनअघि दुई पार्टी एक भए। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष सिट प्राप्त गर्न नसके पनि प्रदेश सभातर्फ समानुपातिकबाट तीन सांसद चुनिए।

वैकल्पिक शक्तिको बहस गर्ने बाबुराम, प्रयोग गर्ने अरु 
नेपालमा वैकल्पिक राजनीतिक शक्तिको बहस तत्कालीन एकीकृत माओवादीका नेता डा बाबुराम भट्टराईले सुरु गरेका थिए। ०७२ असोजमा पार्टी नै छाडेर वैकल्पिक शक्ति गठनको बहसमा लागे। ३० जेठ ०७३ मा नयाँ शक्ति नेपाल पार्टी घोषणा गरे। तर, ०७४ सालको निर्वाचनमा नयाँ शक्तिले पनि राम्रो नतिजा प्राप्त गर्न सकेन। निर्वाचनबाट हतास भएका बाबुरामले ०७६ वैशाख २३ मा फोरमसँग एकता गरेर समाजवादी पार्टी बनाए।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच पनि गत वैशाख १० गते एकता भई जनता समाजवादी पार्टी बन्यो। वैकल्पिक शक्ति निर्माण गर्ने भनेर बहस गर्ने बाबुराम भए पनि प्रयोगमा विवेकशील र साझा पार्टीले गरेका छन्। ती दुवै दलले आफूलाई वामपन्थी र प्रजातान्त्रिक दुवै नभई वैकिल्पक शक्ति भएको दाबी गर्दै आएका छन्।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  ०८:२८
  • #विवेकशील
  • #साझा_पार्टी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सपथ भने दशैं लगत्तै हुने बताइएको छ । शुक्रबार, असोज ३०, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोगको बैठक सुरु भएको हो। शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु शुक्रबार, असोज ३०, २०८३
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्