• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

फुटेको १९ महिनापछि एकताको अनौपचारिक संवादमा विवेकशील र साझा

64x64
वीरेन्द्र ओली मंगलबार, असार ३०, २०७७  ०८:२८
1140x725

काठमाडौं- औपचारिक रुपमा विभाजित भएको १९ महिनापछि पुनः एकताका लागि विवेकशील नेपाली दल र साझा पार्टी अनौपचारिक संवादमा जुटेका छन्। २७ पुस ०७५ मा विभाजित भएका दुवै पार्टीले केही महिनाअघि देखि नै विचार मिल्नेसँग एकता गर्ने निर्णय गरेका थिए।

साझा पार्टीको ०७६ फागुन १५ देखि १७ सम्म लुम्बिनीमा बसेको पार्टी अगुवाहरुको भेलाले पार्टीमा विचार र सिद्धान्त मिल्नेहरुसँग एकता गर्ने निर्णय गरेको थियो। लगत्तै विवकेशीलको गत वैशाख २१ गतेदेखि २८ गतेसम्म बसेको संघीय समिति बैठकले संवाद समिति गठन गरेको थियो। बैठकबाटै विचार मिल्ने व्यक्ति र समूहसँग संवाद गर्न निर्देश सिलवालको संयोजकत्वमा रमेश पौडेल र रञ्जु दर्शनालाई जिम्मेवारी दिएको हो।

साझा पार्टीले पनि लुम्बिनी भेलाको निर्णय कार्यान्वयन गर्न समीक्षा बाँस्कोटाको संयोकत्वमा संगठन प्रमुख केशव दाहाल र केन्द्रीय सदस्य किरणकृष्ण श्रेष्ठ रहेको संवाद समिति गठन गरेको छ।

दुवै पार्टी विगतमा एकै ठाउँमा रहेको र उस्तै विशेषता बोकेको कारणले दुई बीच एकता हुने चर्चा भने चुलिएको छ।

दुवै पार्टीले संवाद समिति बनाएपछि अनौपचारिक संवाद अघि बढेको साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले बताए। ‘हामीले विवेकशील मात्रै होइन, विचार मिल्ने व्यक्ति र समूहसँग समेत एकता गर्ने भनेका छौं’, पाठकले भने, ‘अहिले विवेकशीलसँग संवाद जारी छ। अरु व्यक्ति, समूह र पार्टीसँग एकता गर्न छलफल गरिरहेका छौं। समय आएपछि एकताका विषयमा खोल्दै जान्छौं।’

विवेकशील र साझा पार्टीसँग एकताका विषय सकारात्मक ढंगले अघि बढेको पाठकले बताए। पार्टी फुटे लगत्तै विवेकशील साझा पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकले एकता गर्नुपर्ने बताएका थिए। तर, विभाजनकै घाउ नमेटिएको र त्यतिबेलाको आरोप प्रत्यारोप नसेलाएको अवस्थामा एकताले पूर्णता पाउन अझै सकस देखिन्छ।

संवाद समितिमा छलफल चल्दै
विवेकशील नेपाली दल र साझा पार्टीबीच एकताका लागि संवाद अघि बढेको छ। गत वैशाखमा विवेकशीलले विभिन्न व्यक्ति र समूहसँग एकता गर्न निर्देश सिलवालको संयोजकत्वमा संवाद समिति बनाएको थियो। जसको सदस्यमा रञ्जु दर्शना, रमेश पौडेल छन्। 

यस्तै साझा पार्टीले विचार मिल्ने पार्टीसँग एकता गर्न समीक्षा बास्कोटाको संयोकत्वमा संगठन प्रमुख केशव दाहाल र केन्द्रीय सदस्य किरणकृष्ण श्रेष्ठलाई गत चैतमा जिम्मेवारी दिएको थियो। 

Ncell 2
Ncell 2

विवेकशील र साझा पार्टीबीच एकता गर्न अनौपचारिक रुपमा संवाद अघि बढाए पनि औपचारिक संवाद हुन नसकेको विवेकशील दलका तर्फका संवाद समितिका संयोजक निर्देश सिलवालले बताए। दुवै पार्टीबीच एकता गर्न सकारात्मक वातावरण बन्दै गएको छ। दुवै पार्टीका विचार, सिद्धान्त, दर्शन र पार्टीले उठाउने एजेण्डामा एक मत भए एकता छिट्टै हुने सिलवालले बताए। ‘हामीले यसअघि हतारहतार एकता गर्‍यौं। बीचमा पार्टीमा मनमुटाव भएपछि विभाजन भयो’, सिलवालले भने, ‘अब एकता गर्ने भएपछि सबै विषयमा मसिनो गरी छलफल गरेर मात्रै एकता गर्छौं।’

विगतमा पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो नहुँदा विभाजनको शिकार भएको बताउँदै सिलवालले दोहोर्‍याएर त्यस्तो गल्ती नगर्ने बताए।

साझाबाट बाहिरिए मुमाराम र सूर्यराज
आफूहरुले राखेको प्रस्ताव अस्वीकृत भएपछि साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्य तथा मुमाराम खनालले पार्टी छाडेका छन्। संयोजक बाहेक सबै संरचना भंग गरेर अघि बढ्नुपर्ने आचार्यको प्रस्ताव आइतबारको केन्द्रीय कमिटी बैठकले अस्वीकार गरेपछि उनीहरुले पार्टी छोडेका हुन्।

‘पार्टीको संयोजक राखेर अन्य सबै संरचना भंग गरौं। र, ठाउँठाउँमा अन्तरक्रिया गरेर साझा पार्टी निर्माण गरौं भनेर प्रस्ताव राख्नुभएको थियो’, साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले भने, ‘तर पार्टीका अधिकतम केन्द्रीय सदस्यको भने अहिलकै संरचना कायम राखौं र विचार, सिद्धान्त मिल्ने दल, समूह, अभियान र व्यक्तिसँग एकता र सहकार्य गर्दै वैकल्पिक धारलाई जस्तो छ, त्यसैगरी अघि बढाऔं भन्ने राय रह्यो।’

आफ्नो प्रस्तावलाई केन्द्रीय कमिटीले स्वीकार नगरेपछि प्रवक्ता आचार्यले आफूले पार्टीको सम्पूर्ण जिम्मेवारी त्याग्ने, पार्टी संरचनाभन्दा बाहिर रहने र वैकल्पिक पार्टी निर्माणले पार्टीभन्दा बाहिर रहेर सहयोग गर्ने प्रस्ताव राखेका थिए। ‘उहाँको प्रस्तावलाई पार्टीले स्वीकार गर्‍यो’, पाठकले भने।

खनालले भने आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको पाठकले बताए।

पत्रकारिता र सामाजिक अभियान्ताबाट जन्मेका पार्टी
०६४ को संविधानसभा निर्वाचनपछि राजनीति अस्थिर बन्यो। तोकिएको समयमा संविधान बनेन। जनतामा निराशा बढ्दै गयो। यही समयमा सामाजिक अभियान्ता लगायत स्वतन्त्र युवाहरू सामाजिक सञ्जालमार्फत संगठित भए। उज्ज्वल थापा, सन्तोष प्रधान, पुष्कर बम, गोबिन्द बम लगायत सामाजिक सञ्जालबाटै जोडिएका थिए। उनीहरू दोस्रो संविधासभामा उम्मेदवारी दिने निर्णयमा पुगे। तर, निर्वाचन आयोगमा दल दर्ता नभएकाले स्वतन्त्र उम्मेदवार घोषणा गरे।

कुकुर चिह्न लिएर काठमाडौं १ बाट गोविन्द नारायण, ४ बाट सन्तोष प्रधान, ५ बाट उज्ज्वल थापा र ८ बाट पुष्कर बमले उम्मेदवारी दिए। चुनाव चिह्नकै कारण पार्टीको चर्चा भयो। ‘चुनाव चिह्न के लिने भन्ने विषयमा पार्टीभित्र व्यापक छलफल भयो,’ नेता रमेश पौडेल भन्छन्, ‘अन्तमा सांकेतिक रूपमा कुकुर चिह्न लिन सहमत भयौं। चुनावमा सहभागिताले धेरैमाझ पार्टी चिनियो।’

२९ जेठ ०७१ मा विवेकशील पार्टी दर्ता भयो।

यता रवीन्द्र मिश्र पत्रकारिता छाडेर वैकल्पिक शक्ति स्थापनाका लागि भन्दै राजनीतिमा होमिए। १८ फागुन ०७३ मा साझा पार्टी घोषणा गरे। वैकल्पिक राजनीतिको वकालत गर्ने दुवै पार्टीमा एकताको बहस चल्यो। स्थानीय तहको निर्वाचन तालमेल गरेर लडे। नजिते पनि सकारात्मक चर्चामै रहे।

०७४ मा संघीय निर्वाचनअघि दुई पार्टी एक भए। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष सिट प्राप्त गर्न नसके पनि प्रदेश सभातर्फ समानुपातिकबाट तीन सांसद चुनिए।

वैकल्पिक शक्तिको बहस गर्ने बाबुराम, प्रयोग गर्ने अरु 
नेपालमा वैकल्पिक राजनीतिक शक्तिको बहस तत्कालीन एकीकृत माओवादीका नेता डा बाबुराम भट्टराईले सुरु गरेका थिए। ०७२ असोजमा पार्टी नै छाडेर वैकल्पिक शक्ति गठनको बहसमा लागे। ३० जेठ ०७३ मा नयाँ शक्ति नेपाल पार्टी घोषणा गरे। तर, ०७४ सालको निर्वाचनमा नयाँ शक्तिले पनि राम्रो नतिजा प्राप्त गर्न सकेन। निर्वाचनबाट हतास भएका बाबुरामले ०७६ वैशाख २३ मा फोरमसँग एकता गरेर समाजवादी पार्टी बनाए।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच पनि गत वैशाख १० गते एकता भई जनता समाजवादी पार्टी बन्यो। वैकल्पिक शक्ति निर्माण गर्ने भनेर बहस गर्ने बाबुराम भए पनि प्रयोगमा विवेकशील र साझा पार्टीले गरेका छन्। ती दुवै दलले आफूलाई वामपन्थी र प्रजातान्त्रिक दुवै नभई वैकिल्पक शक्ति भएको दाबी गर्दै आएका छन्।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  ०८:२८
  • #विवेकशील
  • #साझा_पार्टी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० मध्ये ६ वटा निर्वाचन क्षेत्रमा आफ्न... आइतबार, माघ ४, २०८२
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने राप्रपा प्रवेश गरेसँगै नेपालले झापा क्षेत्र नम्बर २  बाट उम्मेदवारी दिने भएका छन् । भोलि सोमबार राप्रपा केन्द्रीय कार्यालयमा नेपालले... आइतबार, माघ ४, २०८२
हर्क साम्पाङले पनि दिए राजीनामा आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट उम्मेद्वार बन्ने तयारीमा रहेका साम्पाङले आइतबार राजीनामा दिएका हु... आइतबार, माघ ४, २०८२
ताजा समाचारसबै
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार आइतबार, माघ ४, २०८२
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने आइतबार, माघ ४, २०८२
हर्क साम्पाङले पनि दिए राजीनामा आइतबार, माघ ४, २०८२
रुपन्देही– २ मा विष्णुप्रसाद पौडेल उम्मेदवार आइतबार, माघ ४, २०८२
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्