नजिकको नाता बुझ्न पनि,
कहिलेकाहीँ टाँढा जानुपर्ने रहेछ,
मायाको गहिराई बुझ्न पनि,
कहिलेकाहीँ माया गुमाउनु पर्नेरहेछ
सघैँ सही हुनुभन्दा,
कहिलेकाहीँ खुशी हुनु पनि महत्वपूर्ण रहेछ।
साल बदलिएसँगै
क्यालेन्डर फेरेजस्तै
भाग्यलाई दोष दिनुभन्दा
मेहेनत गर्न पनि जरूरी रहेछ।
कुराकानीमा आफ्नै लाग्छन्
तर आफू चुपचाप बसिरहँदा पनि
कहिलेकाहीँ सजिलै पराइ बनाइँदो रहेछ।
आफ्नो बयान सुन्दा,
आफैलाई चिन्न मन लाग्दोरहेछ
सँधै सबैको मुटुमा बस्नुभन्दा
कहिलेकाँही कसैको आँखामा खड्किन
पनि आन्नद लाग्दो रहेछ।
बेपर्वाह हुँदै जाँदा,
सबैलाई आफ्नो पर्वाह हुँदो रहेछ,
कहिलेकाँही अरुभन्दा फरक बन्न खोज्दा
‘पागल’को उपाधि पाइने रहेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।