• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

स्वदेश फर्कनुअघि यहाँ आएर के गर्ने भन्ने जानकारी युवाहरुलाई हुनुपर्छ 

गणेश गुरुङ मंगलबार, असार ३०, २०७७  १२:४६
1140x725

विदेशबाट जहाज चढ्नु पहिले स्वदेश फर्किएर के गर्ने भन्ने जानकारी युवाहरुलाई हुनुपर्छ जो मान्छे गरिब छन्, जसले टिकट किन्न सकेका छैनन्, उनीहरु अझै विदेशमै अलपत्र छन्। जबकि हामीले नै सुरुमा चीनबाट आउने, धेरै पढेका र व्यापारीहरुलाई निःशु्ल्क ल्यायौं। अहिले पनि पैसा तिर्न सक्नेहरु आउन सकेका छन्। नसक्नेहरु अलपत्र छन्।

यतिबेला वैदेशिक रोजगार कल्याणकारी कोषमा योगदान गरेर वैदेशिक रोजगारीमा जानेलाई मात्रै उद्धार गर्ने हो कि अलपत्र अन्य नागरिकहरुलाई पनि उद्धार गर्ने हो भन्ने प्रश्न उठेको छ।

कामदारले श्रम स्वीकृति लिने बेलामा कल्याणकारी कोषमा रकम राख्न लगाइन्छ। तर यस्तो आपतकालीन अवस्थामा सरकार पन्छिन मिल्छ कि मिल्दैन? यो संकटको घडीमा सरकारको दायित्व रहन्छ कि रहँदैन भन्ने सैद्धान्तिक पक्षमा बहस सिर्जना भएको छ। 

विप्रेषणलाई हामी अर्थतन्त्रको एउटा महत्वपूर्ण पक्षका रुपमा बहस गर्छौँ। तर कामदारको हकहित र उद्धारका लागि बेवास्ता गरिरहेका छौँ। 

अर्को कुरा पुनर्एकीकरणको छ।  विदेशबाट फर्किएकालाई कसरी पुनर्एकीकरण गर्ने भन्ने विषय वैदेशिक रोजगार बोर्डको एउटा महत्वपूर्ण काम हो। तर पनि विभिन्न कारणवश यो काम भइरहेको थिएन। यसमाथि सबैभन्दा बढी लापरबाही पनि गरिएको छ। 

हजारौँ युवाहरु भारतबाहेक तेस्रो मुलुकबाट स्वदेश फर्किसकेका छन्। भारतबाट ५ लाखभन्दा बढी मानिसहरु फर्किसकेका छन्। उनीहरुलाई पुनर्एकीकरण गर्ने विषय महत्वपूर्ण हो। तर, हामी बेवास्ता गरिरहेका छौँ।  युएन वुमेनले अलिअलि पैसा दिएको बेलामा यसमा थोरै काम भएको थियो। तर अहिले हामी बाध्यकारी अवस्थामा आइपुगेका छौँ। 

पुनर्एकीकरण सामाजिक-आर्थिक एकीकरण हो। कामदारका लागि हो भने तिनीहरुको सहभागिता कुन तहमा छ? उनीहरुका विशेषता के-के छन्? पृष्ठभूमि के हो? विदेश जानु अगाडि के गर्थे? अबको सीप के छ भन्ने कुरा जबसम्म बुझ्न सक्दैनौँ, तबसम्म युवाहरुलाई सफल रुपमा पुनर्एकीकरण गर्न सक्दैनौँ। 

अब आउने पुनर्एकीकरण कार्यविधिमा नेपालका हरेक भूभागमा के-के व्यवसाय सञ्चालन सम्भाव्यता छ भन्ने स्कीमहरु बनाइदिनुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

स्वरोजगारमा पनि खड्किएको छ। यसमा जहिले पनि असफल भइरहनुमा कामदारलाई के व्यवसाय गर्दा लाभ हुन्छ वा मुनाफा छ भन्ने कुराको ज्ञान नहुनु हो। विदेशमा गएर फर्किएका युवाहरु पनि म यस्तो काम गर्छु, यसको बजार छ, यसबाट यति लाभांश आउँछ भन्न सक्ने अवस्थामा हुँदैनन्। यसकारण अब आउने पुनर्एकीकरण कार्यविधिमा नेपालका हरेक भूभागमा के-के व्यवसाय सञ्चालन सम्भाव्यता छ भन्ने स्कीमहरु बनाइदिनुपर्छ। कति लगानी गरेर कस्तो व्यवसाय सञ्चालन गर्‍यो भने मुनाफा कति हुन्छ भनेर स्कीम बनाइदियो भने अलमलमा परेका युवालाई सहज हुन्छ।

राष्ट्रिय योजना आयोगका अनुसार करिब ५ लाख युवा विदेशबाट रोजगारी गुमाएर फर्कँदैछन्। उनीहरु सबैसँग स्वरोजगार बन्ने क्षमता रहँदैन। हामीले तत्काल स्वरोजगार बन्न नसक्ने अवस्थाका श्रमिकहरुलाई जागिरको व्यवस्था गर्नुप¥यो। केही पुँजी लिएर आउने, आफैँ व्यवसाय गर्छु भन्नेलाई उसको रोजाइअनुसारको अवसर दिन सक्ने अवस्था कायम गर्नुपर्‍यो। 

यदि हामीले युवाहरुलाई पुनर्एकीकरण नै गर्ने हो भने ह्याण्डहोल्डिङको काम गर्न आवश्यक छ। उनीहरुलाई बजारसम्म पु¥याएर स्वरोजगारी र त्यसबाट मुनाफा गर्ने तरिका सिकाउनुपर्ने हुन्छ। 

जो युवाहरु मलेसिया र खाडीमा छन् उनीहरुलाई रोगले मर्छु कि भोकले भन्ने चिन्ता छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जबसम्म ह्याण्डहोल्डिङ सिस्टम लागू हुँदैन तबसम्म युवाहरुलाई स्वरोजगारमा लाग्न असहज हुन्छ। स्वरोजगार सुरु गरिहाले पनि व्यवसाय असफल हुने अवस्था सिर्जना हुन्छ।  त्यसकारण  पुनर्एकीकरण कार्यक्रममा ह्याण्डहोल्डिङको व्यवस्था राख्न आवश्यक छ।

अहिले स्वदेश आइसकेका या आउन चाहिरहेका कामदारमा दुई वटा कुराको मानसिक त्रास छ। एउटा रोग, अर्को भोक। जो युवाहरु मलेसिया र खाडीमा छन् उनीहरुलाई रोगले मर्छु कि भोकले भन्ने चिन्ता छ। यसै त पैसा कमाउन गएका छोराछोरी रित्तै फर्कँदा परिवारमा अर्को अवस्था सिर्जना हुन्छ। जसले गर्दा रोग, भोकसँगै असहज परिस्थितिको सामना गर्नुपर्ने हुँदा उसलाई मानसिक चिन्ता पर्छ। कतिपयले क्याम्पमै आत्महत्या गरेका खबर पनि हामीले सुनिरहेका छौँ। डिप्रेसनका कुराहरु छन्। घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा गएका महिलाहरु अझ जटिल अवस्थामा छन् । 

यी सबै एकै ठाउँमा समेट्नका लागि अहिले तत्कालै एउटा एप बनाउन जरुरी छ। त्यो एपमा मोबाइलबाट उसको सबै पृष्ठभूमि भर्न सक्ने व्यवस्था होस्। त्यो सबै सरोकारवालाले हेर्न मिल्ने हुनुपर्छ। कामदार, रोजगारदाता र लगानीकर्ताका लागि उक्त एप झोलुंगे पुल बन्नुपर्‍यो। 

विदेशबाट जहाज चढ्नु पहिले युवाहरुले स्वदेशमा गएर केही गर्छु भन्ने सपना बुन्न सक्ने वातावरण तयार गर्न सक्नुपर्छ। उसले अब म जहाज चढेर स्वदेश फर्कन्छु, एकदिन गएर होल्डिङ सेन्टरमा बस्छु, त्यसपछि १४ दिन क्वारेन्टाइनमा बस्छु, घर पुगेर एक दिन बस्छु, त्योपछि म यो आयोजनामा काम सुरु गर्छु, आफ्नै बारीमा तरकारी रोप्छु वा स्वरोजगार बन्छु भन्ने सपना लिएर ऊ फर्कन पायो भने रोग, भोक, मानसिक चिन्ता सबै हटेर जान्छ । 

त्यसकारण एप बनाउन आवश्यक छ। त्यो बनाउन त्यति धेरै गाह्रो पनि छैन। सोही एपमार्फत् आवश्यकताअनुसार केही हदसम्म मनोसामाजिक परामर्श उपलब्ध गराउन सक्छौँ । 

अर्को कुरा वैदेशिक रोजगार कल्याणकारी कोषको पैसा कुनै अनुदान होइन, न सरकारको पैसा हो। यो त तिनै श्रमिकहरुको पसिनाबाट जम्मा भएको पैसा हो। गरिबहरुको पैसा हो। त्यसैले यो पैसा प्रयोग गर्दा विशेष होसियारी र विशेष सावधानीपूर्वक तलबभत्ता नेपाल सरकारबाट बेहोर्ने गरी हामीले काम गर्न जरुरी छ। दिगोपन कति रहन्छ भन्ने हेर्न जरुरी छ। विदेशबाट फर्किएकाहरुलाई कृषिमा राम्रो सम्भावना छ। तर कृषिमा संरचनागत समस्याहरु पनि छन्।

कृषिबाट खुद मुनाफा भएन भने फेरि वैदेशिक रोजगारीमा फर्कन बाध्य हुनुपर्ने अवस्था आउँछ। यसकारण कृषिमा संरचनागत सुधार नआएसम्म युवा पलायन रोकिँदैन।

हाम्रा श्रमिकहरु त्यही कृषिमा जिविकोपार्जन गर्न नसकेर विदेशिन बाध्य हुनुपरेको हो। कृषिमा भूमिको स्वामित्व र वितरणमा समस्या छ। भण्डारण, बीउ, उत्पादनलगायत समस्या छ। बाध्यकारी अवस्थामा ऊ बस्ला किन भने ऊसँग विकल्प छैन। उसलाई कृषिबाट खुद मुनाफा भएन भने फेरि वैदेशिक रोजगारीमा फर्कन बाध्य हुनुपर्ने अवस्था आउँछ। यसकारण कृषिमा संरचनागत सुधार नआएसम्म युवा पलायन रोकिँदैन।

गएको वर्ष हेर्ने हो भने तरकारी, फलफूल र मासुमात्रै ४३ अर्ब रुपैयाँको भित्र्याएका छौँ। हाम्रोभन्दा भारत र चीनको लागत कम पर्न आउँछ। उनीहरुसँग प्रतिस्पर्धा गर्ने क्षमता हामीमा जबसम्म विकास हुँदैन तबसम्म हाम्रो कृषि निर्वाहमुखी नै हुन्छ ।

नेपालमा ५ देखि ७ लाख भारतीयहरु काम गर्थे। कोरोनाका कारण धेरैजसो स्वदेश फर्किएका छन्। अहिले त्यो ठाउँ खाली छ। हामीले विदेशमा रोजगारी गुमाएर ५ लाख युवा फर्कन्छन् भन्दैछौँ, अहिले त्यति नै ठाउँ खाली छ। अब उनीहरुलाई रोजगार र स्वरोजगार उपलब्ध गराउन सक्छौँ कि सक्दैनौँ?

त्यहाँ रोजगार र स्वरोजगार सिर्जना गर्न केही मनोवैज्ञानिक समस्याहरु छन्। जस्तै म किन गाढामा तरकारी बेचेर हिड्ने, म किन कपाल काट्न बस्ने? म किन घरको सरसफाइ गर्ने? जस्ता मनोवैज्ञानिक समस्या छन्। त्यसकारण यस्तो मनोवैज्ञानिक समस्या हटाउन सरकारले छुट्टै कार्यक्रम ल्याउन पर्छ। यसो गर्‍यो भने भारत जाने हाम्रो रेमिट्यान्स पनि रोकिन्छ। 

(आप्रवासन विज्ञ डा.गणेश गुरुङले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा राखेको धारणाको सम्पादित अंश)
 

प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  १२:४६
  • #ganeshgurung

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्