• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

पैसा हुने जति स्वदेश फर्किए, अलपत्रको उद्धार गर्नुको सट्टा उडान रोक्दै सरकार

64x64
नेपाल लाइभ शनिबार, असार २७, २०७७  २१:२४
1140x725

काठमाडौं– सरकारले असार २८ (आइतबार) देखि विदेशमा अलपत्र नागरिकहरुकाके उद्धार उडानमा रोक लगाउने भएको छ। पहिलो चरणको चार्टर उडान उद्धार सकिएकाले पुनः उद्धारका लागि थप व्यवस्थापन नहुँदासम्म उडान स्थगित गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालका प्रवक्ता रुद्र सिंह तामाङले बताए। 

‘विदेशबाट नेपालीहरु ल्याएर मात्रै पनि भएन, क्वारेन्टाइनदेखि सबै व्यवस्थापन मिलाउनुपर्छ। त्यसमाथि एयरलाइन्सहरुको उडान तालिका पनि तय गर्नुपर्छ यी सबै व्यवस्थापन नहुँदासम्मका लागि स्थगित गरिएको हो। रोकिएको भनेर अब विदेशबाट नेपालीहरु ल्याउँदै नल्याउने होइन’ प्रवक्ता तामाङले नेपाल लाइभसँग भने। 

विदेशबाट नागरिकहरुको उद्धार थालेसँगै कोरोना संक्रमण बढ्दै गएको र कोरोना परीक्षणलगायत सबै व्यवस्थापन मिलाएर दोस्रो चरणको उद्धार उडान तालिका तय गरिने उनको भनाइ छ। 

सरकारले पहिलो चरणमा समस्यामा परेका २४ हजार नेपालीहरु स्वदेश फर्काउने गरी गत जेठ २३ गतेदेखि उद्धार उडान थालेको थियो। समस्या परेका नेपालीहरुको उद्धारका सरकारी लापरबाहीका कारण समस्यामा परेका नेपालीहरुले तेब्बर गुणासम्म बढी भाडा तिर्न बाध्य थिए। महंगो भाडा तिरेरै  चार्टर उडानमार्फत शनिबारसम्म २६ हजार ३ सय ९६ नेपाली स्वदेश फर्किएका छन्। 

तर स्वदेश फर्किएकाहरुमध्ये अधिकांश जहाज शुल्क रोजगारदाताले बेहोरिदिएका र आफूसँग पैसा भएकाहरु छन्। रोजगारदाताले जहाज शुल्क नव्यहोरिदिएका तथा आफूसँग पैसा नहुनेहरु महिनौँदेखि विदेशमा अलपत्र अवस्थामा छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई आफ्नो खर्चमा स्वदेश फर्कन नसक्ने अवस्था भएमा वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत स्वदेश फर्काउनुपर्ने कानुनी प्रावधान हुँदाहुँदै कोषको रकम प्रयोग गरी श्रमिकहरु ल्याउन सरकारले आनाकानी गरिरहेको छ। 

कल्याणकारी कोषको रकममार्फत अलपत्र अवस्थामा रहेका श्रमिकहरुको उद्धार गर्न सर्वोच्च अदालतले समेत आदेश जारी गर्दा पनि सरकारले आदेशको अवज्ञा गरिरहेको छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा अलपत्र आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने श्रमिकहरुलाई कोषको रकममार्फत स्वदेश फर्काउन आवश्यक कार्यविधि तयार गरी मन्त्रीपरिषदमा पेश गरिसकेको छ। तर सो कार्यविधि पटक पटक बसेको मन्त्रीपरिषद् बैठकले पनि पारित गर्न सकेको छैन। खान, बस्न समेत समस्या भएका नागरिकहरुलाई उद्धार गर्नुको सट्टा व्यवस्थापनमा कठिन भएको भन्दै सरकारले उद्धार उडान नै स्थगितको तयारी गरेको हो। 

Xtrem
Xtrem

उद्धारको पर्खाइमा नेपाली 
जोर्डनमा अलपत्र नेपालीहरु ४ महिनादेखि उद्धारको पर्खाइमा छन्। तर सरकारले जोर्डनबाट एउटा पनि उद्धार उडान नगरी चार्टर उडान स्थगित गरेको छ। 
‘मलगायतका साथीहरु काम गुमाएर ४ महिनादेखि अलपत्र अवस्थामा छौं। यहाँ दूतावास पनि छैन। सम्पर्क गर्ने माध्यम पनि छैन। अरु देशबाट उद्धार भइरहँदा हाम्रो उद्धार कहिले हुन्छ?’ जोर्डनबाट पुकार घोरासैनी प्रश्न गर्छन्। 

आफूहरुले कमाएको पैसा पनि सकिएकाले सरकारले उद्धारको पहल गर्नुपर्ने उनको भनाइ छ। त्यस्तै साउदीमा रोजगारीका लागि १० महिना अगाडि मात्रै न्यू वर्ल्ड ओभर्सिस् म्यानपावरमार्फत पुगेका एक युवा (पासपोर्ट नम्बर- १०४०२८५५) साउदीमा अलपत्र अवस्थामा छन्। कामका लागि उनी गएको कम्पनीले उनलाई आप्रवासी कामदारको परिचय पत्र (अकामा) पनि बनाइदिएको छैन। 

ती युवा भन्छन्, ‘कम्पनीले ५ महिनादेखि तलब पनि दिएको छैन। खान पनि समस्या भएको छ। सरकारले तत्काल उद्धार गर्नुपर्‍यो।’ उनीहरुजस्ता हजारौं युवाहरु स्वदेश फर्कन जहाज भाडा समेत नभएर अलपत्र अवस्थामा छन्। मलेसिया र खाडीका ६ वटा मुलुकबाट मात्रै समस्या परेका ५० हजारभन्दा बढी नेपालीहरुले स्वदेश फर्कनका लागि आवेदन दिएका छन्। 

कुन देशबाट कति फर्किए? 
अफगानिस्तानबाट १८, अस्ट्रेलियाबाट ४८३, ओमानबाट ४९२, कतारबाट २,८८४, म्यानमारबाट २६, कुवेतबाट ५,२४३, जापानबाट ४९२, थाइल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट ४७६, बंगलादेशबाट ८४१, मलेसियाबाट ३,०५३, माल्दिभ्सबाट ७०९, श्रीलंकाबाट ५, युएईबाट ५,५२७, साउदीबाट ४,०३०, सिंगापुरबाट १४६, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ५६७, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७, चीनबाट १०५ र तुर्किस्तानबाट ३३  गरी शनिबारसम्म जम्मा २६ हजार ३ सय ९६,नेपालीहरु  स्वदेश फर्किएका हुन्।

प्रकाशित मिति: शनिबार, असार २७, २०७७  २१:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बेपत्ता व्यक्तिको मृत्यु घोषणा १२ वर्षबाट घटाएर ४५ दिन बनाउनेगरी अध्यादेश सिफारिस
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी
भूमि, वन र विपद्सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बेपत्ता व्यक्तिको मृत्यु घोषणा १२ वर्षबाट घटाएर ४५ दिन बनाउनेगरी अध्यादेश सिफारिस बुधबार, असोज २१, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
भूमि, वन र विपद्सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, असोज २१, २०८३
पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिद्वारा १९ बुँदे कार्यविधि र कार्यविधि सर्वसम्मतिले पारित बुधबार, असोज २१, २०८३
देउवाको योगदान सम्झिँदै गगनले भने: ‘मञ्चमा दाइहरू हुनुपर्थ्यो’ बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्