• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १५, २०८२ Thu, Jan 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

पैसा हुने जति स्वदेश फर्किए, अलपत्रको उद्धार गर्नुको सट्टा उडान रोक्दै सरकार

64x64
नेपाल लाइभ शनिबार, असार २७, २०७७  २१:२४
1140x725

काठमाडौं– सरकारले असार २८ (आइतबार) देखि विदेशमा अलपत्र नागरिकहरुकाके उद्धार उडानमा रोक लगाउने भएको छ। पहिलो चरणको चार्टर उडान उद्धार सकिएकाले पुनः उद्धारका लागि थप व्यवस्थापन नहुँदासम्म उडान स्थगित गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालका प्रवक्ता रुद्र सिंह तामाङले बताए। 

‘विदेशबाट नेपालीहरु ल्याएर मात्रै पनि भएन, क्वारेन्टाइनदेखि सबै व्यवस्थापन मिलाउनुपर्छ। त्यसमाथि एयरलाइन्सहरुको उडान तालिका पनि तय गर्नुपर्छ यी सबै व्यवस्थापन नहुँदासम्मका लागि स्थगित गरिएको हो। रोकिएको भनेर अब विदेशबाट नेपालीहरु ल्याउँदै नल्याउने होइन’ प्रवक्ता तामाङले नेपाल लाइभसँग भने। 

विदेशबाट नागरिकहरुको उद्धार थालेसँगै कोरोना संक्रमण बढ्दै गएको र कोरोना परीक्षणलगायत सबै व्यवस्थापन मिलाएर दोस्रो चरणको उद्धार उडान तालिका तय गरिने उनको भनाइ छ। 

सरकारले पहिलो चरणमा समस्यामा परेका २४ हजार नेपालीहरु स्वदेश फर्काउने गरी गत जेठ २३ गतेदेखि उद्धार उडान थालेको थियो। समस्या परेका नेपालीहरुको उद्धारका सरकारी लापरबाहीका कारण समस्यामा परेका नेपालीहरुले तेब्बर गुणासम्म बढी भाडा तिर्न बाध्य थिए। महंगो भाडा तिरेरै  चार्टर उडानमार्फत शनिबारसम्म २६ हजार ३ सय ९६ नेपाली स्वदेश फर्किएका छन्। 

तर स्वदेश फर्किएकाहरुमध्ये अधिकांश जहाज शुल्क रोजगारदाताले बेहोरिदिएका र आफूसँग पैसा भएकाहरु छन्। रोजगारदाताले जहाज शुल्क नव्यहोरिदिएका तथा आफूसँग पैसा नहुनेहरु महिनौँदेखि विदेशमा अलपत्र अवस्थामा छन्। 

Ncell 2
Ncell 2

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई आफ्नो खर्चमा स्वदेश फर्कन नसक्ने अवस्था भएमा वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत स्वदेश फर्काउनुपर्ने कानुनी प्रावधान हुँदाहुँदै कोषको रकम प्रयोग गरी श्रमिकहरु ल्याउन सरकारले आनाकानी गरिरहेको छ। 

कल्याणकारी कोषको रकममार्फत अलपत्र अवस्थामा रहेका श्रमिकहरुको उद्धार गर्न सर्वोच्च अदालतले समेत आदेश जारी गर्दा पनि सरकारले आदेशको अवज्ञा गरिरहेको छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा अलपत्र आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने श्रमिकहरुलाई कोषको रकममार्फत स्वदेश फर्काउन आवश्यक कार्यविधि तयार गरी मन्त्रीपरिषदमा पेश गरिसकेको छ। तर सो कार्यविधि पटक पटक बसेको मन्त्रीपरिषद् बैठकले पनि पारित गर्न सकेको छैन। खान, बस्न समेत समस्या भएका नागरिकहरुलाई उद्धार गर्नुको सट्टा व्यवस्थापनमा कठिन भएको भन्दै सरकारले उद्धार उडान नै स्थगितको तयारी गरेको हो। 

उद्धारको पर्खाइमा नेपाली 
जोर्डनमा अलपत्र नेपालीहरु ४ महिनादेखि उद्धारको पर्खाइमा छन्। तर सरकारले जोर्डनबाट एउटा पनि उद्धार उडान नगरी चार्टर उडान स्थगित गरेको छ। 
‘मलगायतका साथीहरु काम गुमाएर ४ महिनादेखि अलपत्र अवस्थामा छौं। यहाँ दूतावास पनि छैन। सम्पर्क गर्ने माध्यम पनि छैन। अरु देशबाट उद्धार भइरहँदा हाम्रो उद्धार कहिले हुन्छ?’ जोर्डनबाट पुकार घोरासैनी प्रश्न गर्छन्। 

आफूहरुले कमाएको पैसा पनि सकिएकाले सरकारले उद्धारको पहल गर्नुपर्ने उनको भनाइ छ। त्यस्तै साउदीमा रोजगारीका लागि १० महिना अगाडि मात्रै न्यू वर्ल्ड ओभर्सिस् म्यानपावरमार्फत पुगेका एक युवा (पासपोर्ट नम्बर- १०४०२८५५) साउदीमा अलपत्र अवस्थामा छन्। कामका लागि उनी गएको कम्पनीले उनलाई आप्रवासी कामदारको परिचय पत्र (अकामा) पनि बनाइदिएको छैन। 

ती युवा भन्छन्, ‘कम्पनीले ५ महिनादेखि तलब पनि दिएको छैन। खान पनि समस्या भएको छ। सरकारले तत्काल उद्धार गर्नुपर्‍यो।’ उनीहरुजस्ता हजारौं युवाहरु स्वदेश फर्कन जहाज भाडा समेत नभएर अलपत्र अवस्थामा छन्। मलेसिया र खाडीका ६ वटा मुलुकबाट मात्रै समस्या परेका ५० हजारभन्दा बढी नेपालीहरुले स्वदेश फर्कनका लागि आवेदन दिएका छन्। 

कुन देशबाट कति फर्किए? 
अफगानिस्तानबाट १८, अस्ट्रेलियाबाट ४८३, ओमानबाट ४९२, कतारबाट २,८८४, म्यानमारबाट २६, कुवेतबाट ५,२४३, जापानबाट ४९२, थाइल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट ४७६, बंगलादेशबाट ८४१, मलेसियाबाट ३,०५३, माल्दिभ्सबाट ७०९, श्रीलंकाबाट ५, युएईबाट ५,५२७, साउदीबाट ४,०३०, सिंगापुरबाट १४६, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ५६७, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७, चीनबाट १०५ र तुर्किस्तानबाट ३३  गरी शनिबारसम्म जम्मा २६ हजार ३ सय ९६,नेपालीहरु  स्वदेश फर्किएका हुन्।

प्रकाशित मिति: शनिबार, असार २७, २०७७  २१:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको ओलीको दाबी
बाबु–छोराको झगडा छुट्याउने क्रममा झाँक्रीको मृत्यु
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण बुधबार, माघ १४, २०८२
जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको ओलीको दाबी बुधबार, माघ १४, २०८२
बाबु–छोराको झगडा छुट्याउने क्रममा झाँक्रीको मृत्यु बुधबार, माघ १४, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
ट्वान्टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्