काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार बेलुका नेपाल टेलिभिजनमा ८ बजेको समाचार सकिएपछि सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीले कुन विषयमा सम्बोधन गर्ने भन्ने सार्वजनिक गरिएको छैन। तर देशभरि गइरहेको बाढी पहिरो र कोरोना संक्रमणको विषयलाई लिएर सम्बोधन गर्न सक्ने बताइएको छ।
पछिल्लो समय पार्टीभित्रको विवादका विषयमा पनि सम्बोधन गर्न सक्ने आँकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।