काठमाडौं- नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘वान टू वान’ संवादका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ भर्खरै बालुवाटार पुगेका छन्। पार्टीभित्रको विवाद मिलाउन ओली-प्रचण्ड विगत तीन दिनदेखि निरन्तर संवाद गर्दै आएका छन्।
गत आइतबार प्रधानमन्त्री ओलीले संवादमा महासचिव विष्णु पौडेल र शंकर पोखरेललाई राखेका थिए भने अर्का अध्यक्ष प्रचण्डले ऊर्जा मन्त्री एवं स्थायी कमिटी सदस्य वर्षमान पुन र जनार्दन शर्मालाई राखेका थिए।
संवादमा अरु नेताहरुलाई राख्दा विवादको विषयवस्तु गिजोलिने भन्दै दुई अध्यक्षले मात्रै संवाद सुरु गरेका थिए। ओली-प्रचण्डले सोमबार र मंगलबार वान टू वान वार्तासमेत गरेका थिए।
बुधबार समेत ओली-प्रचण्डमात्रै बसेर पार्टीभित्रको विवाद मिलाउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। दुई अध्यक्षको संवादमा सहमतिका लागि प्रधानमन्त्री ओली लचिलो हुँदै गएको प्रचण्ड निकट एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।