एजेन्सी-जनावरबाट मानिसमा सर्ने रोग (जुनोटिक डिजीज) झन्–झन् बढ्दै गएको र वन्यजन्तु तथा वातावरण संरक्षणमा चासो नदिने हो भने त्यो अझै बढ्ने राष्ट्रसंघका विज्ञहरूले चेतावनी दिएका छन्।
कोभिड(१९ जस्ता रोग सुरु हुनुमा जनावरका मासुको बढ्दो माग, अनुचित कृषि अभ्यास तथा जलवायु परिवर्तन कारक रहेको उनीहरूले बताएका छन्।
राष्ट्रसंघको वातावरण कार्यक्रम तथा अन्तर्राष्ट्रिय पशुसेवा अनुसन्धान निकायले मानव, जनावर तथा वातावरणीय स्वास्थ्यबीच तादात्म्य हुनुपर्ने बताएको छ।
जुनोटिक रोगबाट हरेक वर्ष २० लाख मानिसको ज्यान जाने गरेको छ। इबोला, वेस्ट नाइल फिभर,, सार्स र कोभिड–१९ सबै जनावरबाट सरेका रोग हुन्। यी रोग आफैँ जनावरबाट मानिसमा सर्दैन। जनावरको मासुको माग, बदलिँदो कृषि अभ्यास तथा जलवायु परिवर्तन यिनका कारक भएको राष्ट्रसंघीय रिपोर्टले जनाएको छ।
कोभिड(१९ को महामारीले आगामी दुई वर्षभित्र विश्व अर्थतन्त्रमा ९० खर्ब डलरको नोक्सानी पुर्यायउने अनुमान पनि गरिएको छ।
राष्ट्रसंघीय निकायले तयार पारेको रिपोर्टले त्यस्तो रोग सर्नुमा प्रकृतिलाई असर गर्ने मानवीय गतिविधिलाई प्रमुख कारक मानेको छ। भूक्षय, वन्यजन्तुको दुरुपयोग, स्रोतको जथाभावी दोहन तथा जलवायु परिवर्तनका कारण मानव र जनावरबीचको अन्तरसम्बन्ध परिवर्तित भएको रिपोर्टमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।