काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले प्रवृत्ति फेर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीलाई आग्रह गरेका छन्।
आइतबार ट्विट गर्दै नेता थापाले प्रवृत्ति फेर्न र धन्दा छोड्न आग्रह गरेका हुन्। जनताले ५ वर्षसम्म नेकपालाई सरकार चलाउन र नेपाली कांग्रेसलाई प्रतिपक्षीमा बस्न जनादेश दिएको समेत उनले स्मरण गराएका छन्।
'जनताले ५ वर्ष नेकपालाई सरकार चलाउन र कांग्रेसलाई सबल प्रतिपक्षीय भुमिकामा रहने म्यान्डेट दिएका हुन्,' उनले ट्विटमा लेखेका छन्, 'यसमा हामी स्पष्ट छौं। कांग्रेससँगको सामीप्यता देखाएर नेकपा भित्रको गुटको विवादमा एक अर्कालाई तर्साउने धन्दामा लाग्नु मतादेशको अवमूल्यन हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।