• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नजिकिए ओली–देउवा

64x64
लिलु डुम्रे आइतबार, असार २१, २०७७  १६:४६
1140x725
फाइल तस्बिर

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकको निरन्तरता रहेकै बेला असार १७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्‍को बैठक बोलाए। अकस्मात् रूपमा बोलाइएको बैठकले अप्रत्यासित निर्णय गर्‍यो। संसद् बजेट अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्‍बाट निर्णय गरियो।

सरकारले अप्रत्यासित रुपमा अन्त्य गरेको संसद्ले नेकपाभित्र र बाहिर क्रिया-प्रतिक्रिया उत्पन्न भए। प्रधानमन्त्री ओली पक्षले संसद् अन्त्यलाई जायज रुपमा अर्थ्याए। ओलीविरोधी खेमाका नेता कार्यकर्ता तथा प्रमुख प्रतिपक्षी दलले हठात् रूपमा संसद् अधिवेशन अन्त्य गरेको भन्दै आपत्ति जनाए। नेकपा पार्टी अध्यक्ष प्रचण्डले समेत स्थायी कमिटी बोलाएकै समयमा मन्त्रिमण्डलको बैठक बोलाउनु र संसद् अन्त्य गर्ने निर्णयप्रति असन्तुष्टि जनाए।

संसद् अन्त्य गर्ने निर्णयप्रति सत्तापक्षबाटै विरोध सुरु भएपछि कांग्रेसले प्रारम्भिक रुपमा विरोध जनायो। संसद् अन्त्य गर्ने निर्णय गरेकै दिन (गत बुधबार) कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उक्त निर्णयका लागि प्रमुख प्रतिपक्षसँग परामर्श नगरिएको दाबी गरे। ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससंग न त कुनै परामर्श गरिएको छ न त पूर्व सूचना दिइएको थियो,’ उनले भने। संसद् अन्त्य गर्ने निर्णय विरुद्ध चौतर्फी विरोध भएपछि सोही दिन प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईले संसद् अधिवेशन अन्त्यको सिफारिस गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति देउवासँग समेत परामर्श गरेको दाबी गरे।

प्रधानमन्त्री र कांग्रेस सभापति देउवाबीच संवाद भएको कुरालाई नकार्न अवस्थामा कांग्रेस पुग्यो। वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन्, ‘संवैधानिक निकायका नियुक्तिका बारेमा छलफल गरेको सुनेको हुँ।’ नेकपाको आन्तरिक द्वन्द्वका कारण संसद् स्थगित भएको कांग्रेसले जनाएको थियो। सभापतिले नै प्रधानमन्त्रीसँग भेटेको कुरा बाहिरिएपछि केन्द्रीय समितिको बैठकले देउवासँग जानकारी माग्ने भएको छ।

आइतबार बस्ने केन्द्रीय समितिको बैठकमा आन्तरिक विषय, सरकारका पछिल्ला,निर्णय र सभापतिको प्रधानमन्त्रीसँगको भेटका विषयमा छलफल हुने भएको छ। केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘महाधिवेशनको नयाँ कार्यतालिकाको बारेमा छलफल हुन्छ। सभापति र प्रधानमन्त्रीबीच भएको कुराकानीको जानकारी माग्छौं।’

Ncell 2
Ncell 2
nimb
nimb

संसद्मा छलफलका लागि संसदीय समितिबाट पारित विधेयकहरु थिए। साथै, कोरोना संक्रमण र नियन्त्रणका छलफलका लागि संकल्प प्रस्ताव पनि सदनमा दर्ता भएका थिए। प्रतिनिधिसभाको बैठक पूर्व निर्धारित समय अनुसार सोमबारका लागि तोकिएको थियो। सदनमा ‘बिजेनस’ नभएर सदन अन्त्य गर्ने सरकारको तर्कमा दमसमेत थिएन। सदनलाई ‘बिजनेस’ हुँदाहुँदै अकस्मात् बैठक रोक्न प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दलको सहायता खोजेका थिए। देउवाले स्वीकृति जनाइदिए। अघिल्लो दिन देउवाबाट सदन रोक्न बल पाएका प्रधानमन्त्रीले बुधबार अकस्मात् मन्त्रिपरिषद डाकेर सदन अन्त्य गरे। देउवासँग कुरा भएर नै सदन रोकिएको कुरा बाहिरिएपछि प्रतिपक्षसँग परामर्श नभएको बताउँदै आएका कांग्रेस नेताहरु समेत मत्थर भए। 

मंगलबार डेढ घन्टाभन्दा समय ओली–प्रचण्ड वार्तामा संवैधानिक निकायका नियुक्तिको विषय मात्रै केन्द्रित भएर नसकिएको नेताहरु बताउँछन्। भेटको उपक्रम त्यहाँभन्दा पनि माथि उठेर आइतबारसम्म आइपुगेको छ। ओलीको सन्देश दूत बनेर आइतबार बिहानै नेकपाका दलका नेता सुवास नेम्बाङ देउवालाई भेट्न बुढानीलकण्ठ हानिए। पार्टीको गहिंरिदो संकटमा प्रतिपक्ष दलको साथ खोजेका ओलीको सन्देश नेम्बाङले देउवालाई सुनाए। पार्टी फुटको अवस्था आइहालेमा सरकार निर्माणमा देउवाको भूमिका ओलीले खोजेका थिए।

प्रधानमन्त्रीको सन्देश लिएर नेम्बाङ बुढानीलकण्ठ पुगेको विषयलाई पार्टीका पदाधिकारीले लुकाउने प्रयास समेत गरे। नाम उल्लेख गर्न नचाहने एक नेताले भने, ‘नेकपाभित्र विवाद छ। आफ्नो दलभित्र विवाद साम्य गर्न नसकेको नेकपाले सभापतिलाई हरियो झण्डा देखाएको छ।’ देउवा निकट सहमहामन्त्री डा प्रकाशशरण महत भन्छन्, ‘नेकपाको विवादमा कांग्रेसले चासो राख्दैन। फुट नै भए पनि आफ्नै कारणले हुने हो।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

पार्टी संकट गहिँरिदै गएपछि प्रधानमन्त्री ओलीका विश्वासपात्र नेम्बाङले देउवालाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। पार्टी भित्रको विवादका विषयमा वार्ता नभएको नेम्बाङको दाबी छ। ‘तपाईंलाई यो विषय जसले सुनाएको छ, उसैलाई सोध्नुहोला,’ नेम्बाङले भने।

ओलीको कार्यशैलीप्रति कडा प्रतिवाद गर्दै आएको प्रमुख प्रतिपक्ष दलका सभापति पछिल्लो समय प्रधानमन्त्री ओलीसँग नजिँकिदै गएका छन्। ओली सरकारका कटु आलोचक देउवाले नेकपाको विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्रीसँग निकटता बढाउँदा सत्ता परिवर्तनको आशंका समेत उब्जिएको छ। विगत एकसातामा देखिएको बालुवाटार–बुढानीलकण्ठ निकटताले आशंकालाई बल पुर्‍याएको छ।

प्रमुख प्रतिपक्ष दलको नेता भएपनि कांग्रेस सभापति देउवा सत्तासँग भागबन्डाको हिस्सेदारी खोज्दै आएको आरोप लाग्ने गरेको छ। सत्ताविरोधी चरित्र देखाएपनि देउवाले विगतमा भागबण्डामा सहभागी भने बनाउँदै आएका थिए। विश्वविद्यालयका उपकुलपतिमा हिस्सा प्राप्त गरेका देउवाले द्वन्द्वकालीन आयोगमा समेत कांग्रेस निकटलाई स्थान सुरक्षित बनाएका थिए।

प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
ग्लोबल गभर्नेन्स् फोरममा सहभागी हुन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युज विराटनगर किङ्समा बिहीबार, कात्तिक ५, २०८३
लुम्बिनीले भित्रायाे अमेरिकी अलराउन्डर शाङ्ली भान बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्