• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नजिकिए ओली–देउवा

64x64
लिलु डुम्रे आइतबार, असार २१, २०७७  १६:४६
1140x725
फाइल तस्बिर

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकको निरन्तरता रहेकै बेला असार १७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्‍को बैठक बोलाए। अकस्मात् रूपमा बोलाइएको बैठकले अप्रत्यासित निर्णय गर्‍यो। संसद् बजेट अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्‍बाट निर्णय गरियो।

सरकारले अप्रत्यासित रुपमा अन्त्य गरेको संसद्ले नेकपाभित्र र बाहिर क्रिया-प्रतिक्रिया उत्पन्न भए। प्रधानमन्त्री ओली पक्षले संसद् अन्त्यलाई जायज रुपमा अर्थ्याए। ओलीविरोधी खेमाका नेता कार्यकर्ता तथा प्रमुख प्रतिपक्षी दलले हठात् रूपमा संसद् अधिवेशन अन्त्य गरेको भन्दै आपत्ति जनाए। नेकपा पार्टी अध्यक्ष प्रचण्डले समेत स्थायी कमिटी बोलाएकै समयमा मन्त्रिमण्डलको बैठक बोलाउनु र संसद् अन्त्य गर्ने निर्णयप्रति असन्तुष्टि जनाए।

संसद् अन्त्य गर्ने निर्णयप्रति सत्तापक्षबाटै विरोध सुरु भएपछि कांग्रेसले प्रारम्भिक रुपमा विरोध जनायो। संसद् अन्त्य गर्ने निर्णय गरेकै दिन (गत बुधबार) कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उक्त निर्णयका लागि प्रमुख प्रतिपक्षसँग परामर्श नगरिएको दाबी गरे। ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससंग न त कुनै परामर्श गरिएको छ न त पूर्व सूचना दिइएको थियो,’ उनले भने। संसद् अन्त्य गर्ने निर्णय विरुद्ध चौतर्फी विरोध भएपछि सोही दिन प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईले संसद् अधिवेशन अन्त्यको सिफारिस गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति देउवासँग समेत परामर्श गरेको दाबी गरे।

प्रधानमन्त्री र कांग्रेस सभापति देउवाबीच संवाद भएको कुरालाई नकार्न अवस्थामा कांग्रेस पुग्यो। वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन्, ‘संवैधानिक निकायका नियुक्तिका बारेमा छलफल गरेको सुनेको हुँ।’ नेकपाको आन्तरिक द्वन्द्वका कारण संसद् स्थगित भएको कांग्रेसले जनाएको थियो। सभापतिले नै प्रधानमन्त्रीसँग भेटेको कुरा बाहिरिएपछि केन्द्रीय समितिको बैठकले देउवासँग जानकारी माग्ने भएको छ।

आइतबार बस्ने केन्द्रीय समितिको बैठकमा आन्तरिक विषय, सरकारका पछिल्ला,निर्णय र सभापतिको प्रधानमन्त्रीसँगको भेटका विषयमा छलफल हुने भएको छ। केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘महाधिवेशनको नयाँ कार्यतालिकाको बारेमा छलफल हुन्छ। सभापति र प्रधानमन्त्रीबीच भएको कुराकानीको जानकारी माग्छौं।’

Ncell 2
Ncell 2
nimb
nimb

संसद्मा छलफलका लागि संसदीय समितिबाट पारित विधेयकहरु थिए। साथै, कोरोना संक्रमण र नियन्त्रणका छलफलका लागि संकल्प प्रस्ताव पनि सदनमा दर्ता भएका थिए। प्रतिनिधिसभाको बैठक पूर्व निर्धारित समय अनुसार सोमबारका लागि तोकिएको थियो। सदनमा ‘बिजेनस’ नभएर सदन अन्त्य गर्ने सरकारको तर्कमा दमसमेत थिएन। सदनलाई ‘बिजनेस’ हुँदाहुँदै अकस्मात् बैठक रोक्न प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दलको सहायता खोजेका थिए। देउवाले स्वीकृति जनाइदिए। अघिल्लो दिन देउवाबाट सदन रोक्न बल पाएका प्रधानमन्त्रीले बुधबार अकस्मात् मन्त्रिपरिषद डाकेर सदन अन्त्य गरे। देउवासँग कुरा भएर नै सदन रोकिएको कुरा बाहिरिएपछि प्रतिपक्षसँग परामर्श नभएको बताउँदै आएका कांग्रेस नेताहरु समेत मत्थर भए। 

मंगलबार डेढ घन्टाभन्दा समय ओली–प्रचण्ड वार्तामा संवैधानिक निकायका नियुक्तिको विषय मात्रै केन्द्रित भएर नसकिएको नेताहरु बताउँछन्। भेटको उपक्रम त्यहाँभन्दा पनि माथि उठेर आइतबारसम्म आइपुगेको छ। ओलीको सन्देश दूत बनेर आइतबार बिहानै नेकपाका दलका नेता सुवास नेम्बाङ देउवालाई भेट्न बुढानीलकण्ठ हानिए। पार्टीको गहिंरिदो संकटमा प्रतिपक्ष दलको साथ खोजेका ओलीको सन्देश नेम्बाङले देउवालाई सुनाए। पार्टी फुटको अवस्था आइहालेमा सरकार निर्माणमा देउवाको भूमिका ओलीले खोजेका थिए।

प्रधानमन्त्रीको सन्देश लिएर नेम्बाङ बुढानीलकण्ठ पुगेको विषयलाई पार्टीका पदाधिकारीले लुकाउने प्रयास समेत गरे। नाम उल्लेख गर्न नचाहने एक नेताले भने, ‘नेकपाभित्र विवाद छ। आफ्नो दलभित्र विवाद साम्य गर्न नसकेको नेकपाले सभापतिलाई हरियो झण्डा देखाएको छ।’ देउवा निकट सहमहामन्त्री डा प्रकाशशरण महत भन्छन्, ‘नेकपाको विवादमा कांग्रेसले चासो राख्दैन। फुट नै भए पनि आफ्नै कारणले हुने हो।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

पार्टी संकट गहिँरिदै गएपछि प्रधानमन्त्री ओलीका विश्वासपात्र नेम्बाङले देउवालाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। पार्टी भित्रको विवादका विषयमा वार्ता नभएको नेम्बाङको दाबी छ। ‘तपाईंलाई यो विषय जसले सुनाएको छ, उसैलाई सोध्नुहोला,’ नेम्बाङले भने।

ओलीको कार्यशैलीप्रति कडा प्रतिवाद गर्दै आएको प्रमुख प्रतिपक्ष दलका सभापति पछिल्लो समय प्रधानमन्त्री ओलीसँग नजिँकिदै गएका छन्। ओली सरकारका कटु आलोचक देउवाले नेकपाको विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्रीसँग निकटता बढाउँदा सत्ता परिवर्तनको आशंका समेत उब्जिएको छ। विगत एकसातामा देखिएको बालुवाटार–बुढानीलकण्ठ निकटताले आशंकालाई बल पुर्‍याएको छ।

प्रमुख प्रतिपक्ष दलको नेता भएपनि कांग्रेस सभापति देउवा सत्तासँग भागबन्डाको हिस्सेदारी खोज्दै आएको आरोप लाग्ने गरेको छ। सत्ताविरोधी चरित्र देखाएपनि देउवाले विगतमा भागबण्डामा सहभागी भने बनाउँदै आएका थिए। विश्वविद्यालयका उपकुलपतिमा हिस्सा प्राप्त गरेका देउवाले द्वन्द्वकालीन आयोगमा समेत कांग्रेस निकटलाई स्थान सुरक्षित बनाएका थिए।

प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ वातावरणमैत्री उत्पादन प्रणाली र जलवायु परिवर्तनका चुनौती सामना गर्न आवश्यक सहकार्यबारे छलफल हुने सम्मेलनमा भाग लिएर सांसद रानामगर बि... मंगलबार, असोज २७, २०८३
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने उपमहासचिव लेखराज भट्ट तथा सचिवद्वय भानुभक्त ढकाल र महेश बस्नेतसहितका नेताहरू सहभागी बैठकमा भेलाको व्यवस्थापन, सहभागिता र तयारीका विष... मंगलबार, असोज २७, २०८३
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल सनातन धर्म संस्कृति संगठन काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले आगामी... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ मंगलबार, असोज २७, २०८३
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने मंगलबार, असोज २७, २०८३
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्